×

NMB BANK
NIC ASIA

सञ्चय काेषका सञ्चयकर्ताले गम्भीर राेग लागे उपचार सेवा पाउने

चैत १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १ चैत– कर्मचारी सञ्चय कोषले गम्भीर रोग लागेका सञ्चयकर्तालाई ‘सञ्चयकर्ता स्वास्थ्य सहयोग योजना’ लागू गर्ने भएको छ । 

Muktinath Bank

कोषबाट खर्च गर्ने गरी मतिष्काघात, अर्बुद रोग, मिर्गाैला डाइलासिस तथा प्रत्यारोपण, मुटुको शल्यक्रिया, हेपाटाइसिस, एचआइभी एड्स आदि रोग लागेका सञ्चयकर्तालाई सुविधा दिन लागिएको हो । कोषमा आज आयोजित पत्रकार सम्मेलनमा कावा प्रमुख प्रशासक दीपक रौनियारले भने, “सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन हामीले नयाँ कार्यक्रम ल्याउन लागेका हौँ ।” त्यस्तो सुविधामा के–कति रकम उपलब्ध गराइने भन्ने विषयमा केही समयभित्रै आवश्यक निर्णय गरिने कोषले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोषले काजकिरिया खर्चवापत रु ३० हजार, दुर्घटना क्षतिपूर्ति रु एक लाख २५ हजार, औषधोपचार सुविधामा रु २५ हजारदेखि रु ५० हजारसम्म र सुत्केरी तथा शिशु स्याहार खर्च रु सात हजार ५०० दुई पटकसम्म दिँदै आएको छ । कोषको नाफा रकमबाट सञ्चयकर्तालाई सामाजिक सुरक्षा प्रदान गरिएको र त्यसलाई थप वृद्धि गर्दै लैजाने योजनामा आफूहरु रहेको रौनियारले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

सञ्चयकर्ता कल्याणकारी कोषमा आर्थिक वर्ष २०७३/७४ मा रु २० करोड ८३ लाख अर्थात् खुद मुनाफाको ११ प्रतिशत रकम सञ्चयकर्ता कल्याणकारी कोषमा जम्मा गरिएको थियो । यस्तै आव २०७२/७३ मा रु १५ करोड ९९ लाख जम्मा भएको थियो । सोही कोष सामाजिक सुरक्षाका कार्यक्रममा खर्च गरिएको छ । कोषले आव २०७३/७४ मा रु एक अर्ब ८९ करोड तथा आव २०७२/७३ मा रु एक अर्ब ५८ करोड मुनाफा गरेको थियो । 

Vianet communication
Laxmi Bank

जलविद्युत्मा आक्रामक लगानी 

कोषले माथिल्लो तामाकोशी, साञ्जेन, रसुवागढी र मध्यभोटेकोशीमा हालसम्म रु २२ अर्ब लगानी गरिसकेको छ । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ भन्ने मान्यता स्थापना गर्न कोषले प्रयास गरेको र त्यो क्रमशः सफल हुँदै गएको कावा प्रमुख प्रशासक रौनियारको जिकिर छ । 

यस्तै कोषले सहायक कम्पनी स्थापना गरेर आफैँ जलविद्युत् आयोजना निर्माणमा समेत हात हालेको छ । बेतन कर्णाली जलविद्युत् कम्पनी लिमिटेडमार्फत कोषले ६८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण शुरु गरेको छ । 

नेपाल विद्युत् प्राधिकरणको एनइए इञ्जिनीयरिङ कम्पनीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)को काम गरिरहेको छ । एक वर्ष छ महिनामा डिपिआर तयार हुने र निर्माण शुरु गरिहाल्ने योजनामा कोष रहेको छ ।

सो आयोजनाको कूल लागत रु ७० अर्ब छ । कोषले आफ्नो भागमा परेको रु आठ अर्ब स्वपूँजी आगामी चार वर्षभित्र जुटाउनछ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी र नागरिक तथा स्थानीयवासीको समेत शेयर लगानी रहनेछ । 

वायु सेवामा लगानी 

कोषले नेपाल वायुसेवा निगमलाई जहाज खरिदका लागि हालसम्म रु १४ अर्ब लगानी गरिसकेको छ । निगमले यसअघि ल्याएका दुई जहाजका लागि मात्रै रु १० अर्ब लगानी गरेको छ । 

कोषको ऋण सहयोगमा निगमले दुई वर्ष पहिले ‘न्यारो बडी’ जहाज ल्याएर सञ्चालन गरिरहेको छ । यस्तै दोस्रो चरणमा निगमको ‘वाइड बडी’ जहाज खरिदका लागि रु चार अर्ब ५० करोड उपलब्ध गराइसकेको छ । निगमले पहिलो चरणमा लिएको रु १० अर्ब ऋणमध्ये हालसम्म रु ५० करोड सावाँ र ब्याज भुक्तानी गरिसकेको छ । 

एसएमएस लागू गरिँदै 

कोषमा आबद्ध सञ्चयकर्ताको सञ्चय कोष तथा सापटीसम्बन्धी कारोवारको सूचनामा मोबाइल फोनमा एसएमएसमार्फत जानकारी दिने प्रणाली शुरु गर्न लागेको छ । त्यस्तो प्रणाली आगामी वैशाख १ गतेदेखि लागू हुनेछ । कारोवार हुँदाकै बखत जानकारी गराउने उद्देश्यले उक्त प्रणाली लागू गर्न लागिएको हो । 

–रमेश लम्साल / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x