×

NMB BANK
NIC ASIA

एनसीसी बैंक घोटाला प्रकरण

राष्ट्र बैंकले लुकाएको केसमा सीआईबीको ‘स्ट्राइक’, नक्कली लालपूर्जा बनाएर डेढ अर्ब झ्वाम !

चैत २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ चैत– नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरे पश्चात मर्जरको फाइदा उठाउँदै तत्कालीन एपेक्स डेभेलपमेन्ट बैंकमा १ सय ५० करोड बढीको घोटाला भएको खुलेको छ । 

Muktinath Bank

तत्कालीन एपेक्स बैंकको काठमाडौंको दरवारमार्ग, भक्तपुरको लोकन्थली, सुनसरी इटहरी, सुर्खेत र बांकेको नेपालगन्ज शाखाबाट अनियमित रुपमा कर्जा प्रवाह गरी १ अर्ब ५० करोड ९३ लाख ३३ हजार ८ सय ८४ रुपैयाँ बराबरको घोटाला भएको खुलेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न ठाउँमा नक्कली जग्गाको पूर्जा बनाइ कर्जा प्रवाह गरेर घोटाला गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

उक्त घोटालामा संलग्न रहेको भन्दै सिआईबीले १३ जनालाई पक्राउ गरेको छ । 

Vianet communication
Laxmi Bank

पक्राउ पर्नेमा एपेक्स बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल, तत्कालीन कार्यकारी अधिकृत ऋषिराज भट्ट, बैंकका सञ्चालकहरु लगायत कर्मचारी छन् । 

हेर्नुहोस् पक्राउ परेकाहरुको सूची, 

नाम थर

पद

  1.  

विष्णु प्रसाद धिताल

तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष

  1.  

ईच्छा बहादुर गुरुङ

तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक

  1.  

सुवर्ण राज भण्डारी,

तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक

  1.  

मधुवन लाल श्रेष्ठ

तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक

  1.  

ऋषी राज भट्ट

तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत

  1.  

दुर्गा दत्त जोशी,

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक

  1.  

रामचन्द्र बसौला

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक

  1.  

बिकास श्रेष्ठ

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

  1.  

सागर नेउपाने

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख

  1.  

मान ब. राउत

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

  1.  

विनित मणि उपाध्याय

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायकमहाप्रबन्धक

  1.  

मोहन खरेल

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत

  1.  

सुदिप थापा

तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

पक्राउ परिएकामाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान थालिएको सिआईबीले जनाएको छ । 


विवादको नालीबेली

एनसीसी बैंक भित्रको विवादको सुरुवात एक दशकदेखि भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार २०६६ सालदेखि नै एनसीसी बैंकले केन्द्रीय बैंकले दिएका विभिन्न निर्देशनहरु  पालना नगरी अटेरी गर्ने गरेको थियो ।  

एनसीसी बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष निर्मल प्रधान र एनबी गु्रपसँगको विवादको जालोमा हालका लगानीकर्ता परेका छन् ।  २०६६ सालमा एनबी बैंक र एनसीसि बैंकमा भएको इन्साइडर लेण्डिङ घटाउन केन्द्रीय बैंकले एनबी समूहलाई दवाव दिएको थियो । क्यास (पूँजि) अभाव झेलिरहेका एनबी समुहका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठ वित्तीय व्यवस्थापन गर्न नसकेपछि निर्मल प्रधानसँग विभिन्न सर्तसहित पटक पटक ऋण लिन पुगे ।

एनसीसीकै शेयर होल्डर भएकाले धितोको उचित मुल्याङ्कन नगरी पटक पटक ऋण दिइयो । सोहीे ऋण पछि आएर समस्या बन्न पुग्यो ।

एनसीसी बैंकमा रहेको एनबी समूहको शेयर धितोमा राखेर लिएको ऋण चुक्ता गर्न नसकेपछि गत महिना बाँकी शेयर बेचेर एनबी गु्रप बाहिरिने घोषणा भएको छ । 

के थियो समस्या ?

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक व्यवस्थापन समितिभित्रको लामो समयदेखिको विवाद साम्य नभएपछि ३ वर्ष केन्द्रीय बैंकले हस्तक्षेप गर्यो । 

त्यतिबेला बैंकका मुख्य प्रवद्र्धकहरुबीच एकले अर्कालाई निषेध गर्ने, विश्वास नगर्ने र बोलचाल समेत नहुने अवस्था आए पछि लामो समयसम्म सञ्चालक समितिको बैठक बस्न सकेन । ठूला कर्जा लगानी, समस्यामा परेका कर्जा असुलीदेखि सञ्चालक समितिको निर्णयमा गर्नुपर्ने सबै काम ठप्प भयो । 

दुबै पक्ष एकले अर्कालाई दोषि भन्दै राष्ट्र बैंकको शरणमा पुगेपछि राष्ट्र बैंकले एनसीसी बैंकमा हस्तक्षेप गर्यो । 

विवाद बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले तत्कालीन सञ्चालक समिति भंग गरी वि.स. २०७० साल  फागुन २१ देखि २०७३ साल पुस १८ गतेम्म सञ्चालक समिति आफ्नो नियन्त्रणमा लियो । 

राष्ट्र बैंकले तत्कालीन बैंक तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको संयोजकत्वमा तीन सदस्सीय टोलीलाई एनसीसी बैंक सुधार गर्न जिम्मेवारी दियो । टोलीमा उपनिर्देशक रमेश आचार्य र कानून विभागका सहायक निर्देशक रमेश रेग्मी सदस्य थिए । बैंकको सञ्चालक समिति राष्ट्र बैंकले तोकेका तीन जना राष्ट्र बैंककै कर्मचारी एनसीसी बैंकको सञ्चालक बने ।

राष्ट्र बैंकको प्रत्यक्ष नियन्त्रणमा रहेको बेला राष्ट्र बैंकको नीतिअनुुरुप बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने उद्देश्यले विभिन्न चारवटा विकास बैंकहरु, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकलाई एनसीसीमा गाभियो । एनसीसी बैंकको तर्फबाट मर्जरको काम राष्ट्र बैंकका पदाधिकारीहरुको व्यवस्थापन समितिको स्वविवेकमा स्वतन्त्ररुपमा भएको र त्यसमा एनसीसी बैंकमा शेयरधनीहरुको कुनै संलग्नता रहेको थिएन । 

तर एउटा समस्याबाट गुज्रिरहेको बेंक फेरि अर्को समस्यामा फस्यो । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको खराब वित्तीय अवस्थाको नकारात्मक प्रभाव उक्त बैंकलाई प्राप्त गरेको एनसीसी बैंकमा पर्न आयो ।

राष्ट्र बैंकवालाको ‘गलत निर्णय’

एनसीसी बैंकसँग मर्जरमा जाने सम्झौता गर्नु अगाडि नै राष्ट्र बैंकले एपेक्स बैंकलाई अत्यधिक खराब कर्जा भएको बैंकको सूचीमा राखेको थियो । कानूनअनुसार अत्यधिक खराब कर्जा भएका बैंकले मर्जरमा जान पाउँदैनन् । 

तर राष्ट्र बैंकले सञ्चालनको जिम्मा लिएको बेला एपेक्स बैंक एनसीसीमा गाभिनु अर्को रहस्यपूर्ण घटना बन्न पुग्यो । एनसीसी बैंकलाई सुधार्छु भनेर तीन वर्षसम्म नेतृत्व लिएको राष्ट्र बैंकले त्यसको प्रतिवदेन नै सार्वजनिक गरेन । 

राष्ट्र बैंकका केही अधिकारीको पनि संलग्नता रहेकाले उक्त प्रतिवेदन सार्वजनिक नगरिएको २०७४ वैशाख १ गतेदेखि ‘एनसीसी बचाउ’ अभियान थालेका एनसीसी बैंकका एकजना कर्मचारीले बताए । उक्त घोटालामा राष्ट्र बैंककै अधिकारी संलग्न रहेको भन्दै एनसीसी बैंकका केही कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका थिए । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्दामाथि अनुसन्धान गरे–नगरेको बारे बताउन चाहेन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x