असोज ३, २०८०
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
काठमाडौँ, ४ चैत - चालीसको दशकपछिका गजल राजनीतिक–सामाजिक रूपान्तरणका लागि लेखिनथालेको तर यसलाई अझै व्यापकरूपमा सामाजिकीकरण र सांस्कृतिकीकरण गरिनुपर्नेमा जोड दिइएको छ ।
साहित्य सन्ध्याको नियमित मासिक ३८२ औँ शृङ्खला गजलको चर्चासहित शनिबार भएको कविगोष्ठीमा गजलगो ललिजन रावलले गजल प्राविधिक विषय हो तर गायन मात्र चाहिँ गजल होइन, जे लेख्यो त्यही गजल हुँदैन भन्नुभयो ।
“गजलमा बहर र काफिया मिलेको हुनुपर्दछ, काफियाविना गजल हुँदैन । गजल सैद्धान्तिक ज्ञानका साथ लेखिनुपर्दछ । प्रेमका लागि, पीडा अभिव्यक्तिका लागि, सामाजिक रूपान्तरणका लागि गजल लेखिन्छ । लेखनमा शिष्टता, शालीनता, हार्दिकता र कलात्मकतालाई ध्यान दिनु आवश्यक छ किनभने गजल अभिव्यक्तिको कौशल पनि हो”, उहाँले भन्नुभयो ।
गोष्ठीमा मधु पोखरेल, लीलाराज दाहाल, मुकुन्द न्यौपाने, डा खेम दाहाल, गोपाल नेपाल, रामचन्द्र खतिवडा, डा विदुर चालिसे, ललिता दोषी, गङ्गा पौडेल, अच्युत घिमिरे, अमृता स्मृति, चूडा निर्भीक, सानु पहाडी, डम्बर पहाडी, कणाद महर्षि, ढुण्डिराज पोखरेल, रामबहादुर पहाडी, होमराज श्रेष्ठ, रचना दाहाल, तारा गाउँले, सुनिल पौड्याल, खेम नेपाली, रविमान लम्जेललगायतले आआफ्ना कविता, गीत, गजल र एलाक (एक लाइन कविता)वाचन गर्नुभएको थियो ।
वाचित सिर्जनामाथि समालोचक प्रा डा यादवप्रकाश लामिछानेले टिप्पणी गर्दै अबका सिर्जनाले हामी कस्तो समाजवाद चाहन्छौँ भन्ने खुट्याउन सक्नुपर्छ भन्ने विचार राख्नुभयो । “हामी सबैको वैचारिक आन्दोलनको प्राप्ति गणतन्त्रमा हाम्रा सपना साकार हुनसकेका छैनन् तापनि आशावादी जीवनदृष्टि आवश्यक छ”, उहाँले भन्नुभयो ।
सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रवासमा रहेर नेपाली साहित्यको साधनामा समर्पित साहित्यकार इन्द्रबहादुर राई र स्वदेशमै नेपाली प्रगतिवादी साहित्यको उत्थानमा समर्पित पीताम्बर भण्डारीको हालै देहावसान भएकामा उहाँहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलल स्रष्टाले अहिले देखिएका सबैखाले समस्याप्रति सिर्जनाका माध्यमबाट खबरदारी गरिरहनुपर्दछ भन्नुभयो ।
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...