कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
धनगढी, ६ चैत- बोक्सी आरोपमा निर्घात कुटिएकी कैलाली घोडाघोडी नगरपालिका- ५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई आर्थिक सहयोग उपलब्ध भएको छ ।
धनगढीमा आज (मंगलवार) पत्रकार सम्मेलन गरी प्रदेश सांसद चुनकुमारी चौधरीसहित ४ जनाले ३६ हजार रुपैयाँ सहयोग गरेका छन् । हाल बेलायतमा बस्दै आएका रामप्रसाद राई, अनुराधा राई र सुस्मा राईले सांसद चौधरीमार्फत सहयोग गरेका हुन् ।
सांसद चौधरीले पीडित राधाको शिक्षा, स्वास्थ्यमा सहयोगको उदेश्यले सहयोग रकम हस्तान्तरण गरेको बताइन् । ‘अब राधा चौधरी मात्रै नभएर अब विश्वकै अभियान्ताको रुप्मा राधा चौधरीले काम गर्नुपर्छ, विश्वबाटै महिला हिंसा अन्त्यको अभियानमा लाग्नु पर्छ’, उनले भनिन् ।
त्यस्तै उनले आजदेखि ‘कुरीतिविरुद्ध साझा अभियान’को थालनी भएको समेत जानकारी दिइन् । अभियानमार्फत सबैखाले हिंसा न्यूनीकरणको लागि वकालत गर्ने, पीडितको परिपुरणको लागि पहल गर्ने तथा सरकारलाई दबाब दिने सांसद चौधरीले बताइन् ।
यसैबीच पत्रकार सम्मेलनमा राधा चौधरीले आफू गाउँ फर्किन चाहेको बताइन् । स्वास्थ्य अवस्था समान्य हुँदै गइरहेको बताउँदै उनले ढाड र आँखामा केही समस्या अझै देखिएको जनाइन् । साथै उनले गाउँमा बस्ने वातावरण बनाइदिनका लागि सबै पक्षसंग आग्रह गरिन् ।
फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवशका दिन गाउँकै तान्त्रिक भोले बाबा उर्फ रामबहादुर चौधरी र उनका सहयोगीद्वय स्मारिका चौधरी, किस्मती चौधरीलगायत बोक्सी आरोपमा राधालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटमा संलग्नविरुद्ध बोक्सी आरोप कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दायर गरिएको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...