×

NMB BANK
NIC ASIA

सिंहदरबारमा राजदूतको दौडधूप, मन्त्रीहरूलाई प्रभावित पार्न होडबाजी !

चैत ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ चैत- मन्त्रिपरिषद् विस्तार भएर सरकारले लगभग पूर्णता पाएसँगै नेपालस्थित विभिन्न देशका राजदूतहरूले मन्त्रीहरूसंगको भेटलाई तीव्रता दिएका छन् । चीन, भारत र अमेरिकाका राजदूतले प्रधानमन्त्रीका अतिरिक्त मन्त्रीहरूलाई अलग्लै भेटिरहेका हुन् ।

Muktinath Bank

मन्त्रीहरूलाई भेट्नुपूर्व परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था भए पनि कतिपय राजदूतले परराष्ट्रको स्विकृती बेगर मन्त्रीहरूलाई भेट्दै हिँडेका हुन् । मन्त्रीलाई भेट्न उत्तर र दक्षिणका राजदूतको प्रतिस्पर्धा चलेको सिंहदरबारका एक अधिकारीले टिप्पणी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पूरी गएको ३ फागुनमा प्रधानमन्त्री केपी ओलीले शपथ लिएलगत्तै बालकोटस्थित ओली निवासमै पुगेर बधाई दिए । ओलीको जन्मदिनमा पनि उनी केक लिएर शुरुमै बालुवाटार पुगे । मन्त्री पूरीले रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटे र पोखरेलबाट भोजपुरे खुकुरी लिए । त्यसयता राजदूत पूरीले गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई समेत भेट्न भ्याए ।


Advertisment
Nabil box
Kumari

भारतीय राजदूतजस्तै नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले पनि भेटवार्तालाई तीव्र बनाएकी छन् । उनले प्रधानमन्त्री ओलीसहित रक्षामन्त्री पोखरेल, गृहमन्त्री थापा, पर्यटन मन्त्री अधिकारीलगायतसँग भेट गरिन् । मन्त्रीहरूसँगको भेटमा भएका कुराकानी भने बाहिर आउँदैनन् । ‘मन्त्रीलाई भेट्न राजदूतहरूको अतिरिक्त सक्रियताले उनीहरूले मन्त्रीलाई आफूअनुकुल चलाउन खोेजेको हुनसक्छ’ नेपाल सरकारका एक सचिवले भने ।  
नेपालमा चीन र भारतीय राजदूतको दौडाहाबीच नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टोप्लिजले पनि केही मन्त्रीहरूसँग भेटवार्ता गरेकी छिन् । अमेरिकी राजदूतले प्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्रीलाई भेट्न भ्याइसकेकी छिन् ।

Vianet communication
Laxmi Bank

मार्च १५ मा गृहमन्त्री थापासँग भएको भेटमा अमेरिकी राजदूतले अध्यागमन सुरक्षामा सहयोग गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले केहीसमय पहिले प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्ललाई पनि भेटिन् । 
नयाँ सरकार गठन भएपछि राजदूतले नयाँ मन्त्रीलाई भेट्ने चाहाना गर्ने गरेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले लोकान्तरलाई बताए । यसपटक पनि केही राजदूतले भने परराष्ट्र मन्त्रालयको च्यानल बाट नै मन्त्रीलाई भेटेका छन् ।

नेपालमा राजदूतहरूको अतिरिक्त सक्रियतालाई जानकारहरू कुटनीतिक मर्यादा विपरीत ठान्छन् । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्नु स्वभाविक भए पनि मन्त्रालय धाएर मन्त्रीलाई भेट्नु आपत्तीजनक भएको जानकारहरूको भनाइ छ ।

सरकारले कडाइ गर्नु पर्छ : गजुरेल

त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रका सहप्रध्यापक दीपक गजुरेल राजदूतहरूले मन्त्रीलाई छुट्टा–छुट्टै भेट्नु गलत भएको बताउँछन् । ‘राजदूतले हाम्रा मन्त्रीलाई भेट्दा परराष्ट्रमार्फत् अनुमति लिएर भेट्नुपर्छ र पराराष्ट्रले खटाएका अधिकारीको उपस्थितिमा मात्र भेट्न पाइन्छ,’ गजुरेलले लोकान्तरसँग भने, ‘भेट्ने एजेण्डा के हो भन्ने पहिलै जानकारी गराउनुपर्छ र भेटेपछि के कुरा भयो भन्ने पनि सार्वजनिक गर्नुपर्छ,’ यी चारवटा शर्त पूरा नभएमा कुटनीतिक मर्यादाको उल्लंघन भएको मानिने गजुरेलको तर्क छ । 

केन्द्रको अधिकारमा प्रदेशको हस्तक्षेप !

नेपालका लागि भारतीय राजदूत पूरीले केहीदिन पहिले प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटे । मुख्यमन्त्रीले विदेशी मुलुकका राजदूतसँग सिधै भेट्ने कि नभे्टने भन्ने अन्योल छ । 

विदेश मामिला केन्द्र सरकारको विषय हो, यस विषयमा प्रदेश सरकारको क्षेत्राधिकारबाहिरको कुरा हो । राजनीति शास्त्रका सहप्राध्याक एवं कुटनीतिक मामिलाका जानकार गजुलेल राजदूतले मुख्य मन्त्रीलाई भेट्ने कुरा आपत्तिजनक भएको बताउँछन् ।

‘विदेशी राजदूतले केन्द्र सरकारसँग कारोबाार गर्नुपर्छ, मुख्य मन्त्रीसँग भेट्न मिल्दैमिल्दैन,’ गजुरेलले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x