×

NMB BANK
NIC ASIA

नेपाल म्युजिक अवार्डका उत्कृष्ट पाँचले पाए प्रमाणपत्र

चैत ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, चैत्र- नेपाल म्युजिक अवार्डका उत्कृष्ट पाँचले पाए प्रमाणपत्र ‘नेपाल म्युजिक अवार्ड २०७५’ मा सर्वोत्कृष्ट पाँचको मनोनयनमा परेका विभिन्न २८ विधाका स्रष्टालाई मनोनय प्रमाणपत्र प्रदान गरिएको छ । पुरानोबानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा विशेष कार्यक्रमको आयोजना गरी आयोजक चाहना मिडिया प्रालिले सन् २०१७ भित्र उत्पादन भएका ३८ विधाका ‘टप फाइभ’ कलाकारलाई प्रमाणपत्र वितरण गरेको हो । रेडियो नेपालका कार्यकारी निर्देशन सुरेशकुमार कार्कीसहित अवार्ड आयोजक कमिटीका सल्लाहकारहरु हाइलाइट्स नेपालका निर्देशक भरबहादुर बस्नेत, यति कन्स्ट्रक्सन प्रालिका अध्यक्ष पुष्कल न्यौपाने, सीता एयरलाइन्सका वरिष्ठ सहायक महाप्रवन्धक घनश्याम आचार्यले मनोनयमा परेकालाई प्रमाणपत्र दिए । 

Muktinath Bank


यस्तै संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, रेडियो नेपालका उपनिर्देशकसमेत रहेका वरिष्ठ संगीतकार टिका भण्डारी, राष्ट्रिय लोक संचारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरी, राष्ट्रिय लोक संचारकर्मी नेपालका अ्रध्यक्ष हरिवल्लव नेपाल, वरिष्ठ लोक गायक इन्द्र जिसी, वरिष्ठ गायक कृष्ण देवकोटा, म्यूजिक डायरीका प्रधान सम्पादक तुलसी गिरीलगायतले ‘टप फाइभ’मा परेकालाई प्रमाणपत्र वितरण गरे ।  कार्यक्रमका प्रमुख अतिथि रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले म्युजिक अवार्ड निष्पक्ष र सफल हुने विश्वास व्यक्त गरे ।  यसका लागि कुनै किसिमको प्रभावमा नपरी काम गर्न उनले आयोजकलाई सुझाव दिए । रेडियो नेपालका उपनिर्देशक एवं वरिष्ठ संगीतकार टिका भण्डारीले स्रष्टाको सम्मान र प्रोत्साहनमा ‘जोखमपूर्ण’ कदम उठाएको भन्दै आयोजकको प्रशंशा गरे । रेडियो नेपालले आयोजना गरेको प्रथम अवार्ड र त्यसको प्रभावलाई स्मरण गराउँदै उनले नेपाल म्युजिक अवार्डमा पनि त्यस्तै हुनुपर्नेमा जोड दिए । संगीत उद्योग संघका अध्यक्ष सूर्य मगरले कलाकर्मीका पीडाबारे बोले । अवार्डदेखि रोयल्टीसम्ममा कतिपय कलाकार पीडित हुनुपरेको भन्दै उनले त्यस्तो गतिविधि हुन नहुनेमा जोड दिए । साथै कलाकारको हकहितलाई स्थापित गराउन सबैलाई एक हुन उनले आह्वान पनि गरे । त्यसअघि स्वागत मन्तव्य राख्ने क्रममा चाहाना मिडिया प्रालिका अध्यक्ष एवं अवार्ड आयोजक समितीका संयोजक सहदेव कोइरालाले अवार्डलाई निष्पक्ष, धाँधलीरहित र भव्य बनाउन कुनै कसर बाँकी नराख्ने बाचा गरे । नेपालमा पहिलो पटक फरक ढंगका प्रक्रिया अपनाएर गर्न लागिएको अवार्डलाई कुनै पनि हालतमा सफल बनाउने उनले दृढता व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 उनले गीत–संगीत क्षेत्रका विभिन्न स्रष्टाहरूलाई कुनै न कुनै क्षेत्रबाट प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले अवार्ड आयोजना गरेको बताए । कार्यक्रममा सर्वोत्कृष्ट पाँचमा परेका स्रष्टाहरू शंकर बीसी, करिश्मा ढकाल, श्रेयसी चेम्जोङ, सारिका केसी, बिमल अधिकारी, प्रकाश सपुतलगायतका कालाकारहरुले उपस्थित भएरै प्रमाणपत्र ग्रहण गरे । आगामी बैशाख १५ गते हुन लागेको अवार्डका लागि आवेदन परेका १४ सयमध्येबाट ‘टप फाइभ’मा पर्ने गीतसंगीत तथा कलाकर्मीहरुको सूचि गत फागुन १५ गते सार्वजनिक गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

चाहाना मिडियाले नेपालमा हुने अवार्डमा पहिलो पटक अनलाईन प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था मिलाएको थियो । जसमा अनलाइनमार्फत करिब ११ सय तथा अन्य माध्यमबाट तीनसय बढीले आवेदन दिएका थिए । तीमध्ये ३८ विधाका ‘टप फाइभ’ छानी जुरीले आयोजकलाई सूचि उपलब्ध गराएसँगै १ सय ९० जनाको नामावली सार्वजनिक गरिएको थियो ।

Vianet communication
Laxmi Bank

‘नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान’ गर्ने उद्देश्यले गरिएको यस अवार्डमा ३८ विधाका कलाकारसँगै राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड, वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेलाई लोकसाहित्य सम्मान तथा प्राज्ञ हरिदेवी कोइरालाई विशेष सम्मान गर्ने कार्यक्रम छ । नयाँ र पुरानालाई एकै ठाउँमा प्रतिष्पर्धा गराउँदा नयाँ कलाकार क्षमता भएर पनि ओझेल पर्ने र केही गरी अवार्ड पाइहाले पनि अवार्डमा सहभागि पुराना कलाकार खिन्न हुने यथार्थलाई मध्यनजर गर्दै आयोजकले नयाँ र पुराना कलाकारका लागि अवार्ड वर्गीकरण गरेको छ । त्यसअनुसार कम्तिमा पाँच वर्ष सांगीतिक क्षेत्रमा काम गरेकालाई उत्कृष्ट र पाँच वर्षभन्दा कम समयदेखि यस क्षेत्रमा क्रियाशील संगीतकर्मीलाई ‘सर्वोत्कृष्ट नवप्रतिभा अवार्ड’ प्रदान गर्ने व्यवस्था गरिएको सह–संयोजक प्रदीप अधिकारीले जनाए । 
यो विधिबाट अवार्ड प्रदान गर्दा नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान हुने आयोजकको अपेक्षा छ । टप फाइभ जुरीकै निर्णय अनुसार छानिएपनि सर्वोत्कृष्ट छान्ने प्रक्रिया भने जुरीसँग ५० प्रतिशतमात्र हुने छ । त्यसबाहेक २० प्रतिशत एसएमएस, १० प्रतिशत आयोजक र २० प्रतिशत अनलाईन भोटिङ हुने छ । अनलाईन भोटिङ भने नेपालमा हुने अवार्डमा पहिलो पटक प्रयोगमा ल्याइएको हो । एसएमएस र अनलाईन भोटिङ कोड यसअघि नै खुला भइसकेको छ । कार्यक्रम १५ बैशाख २०७५ मा काठमाडौँको होटल अन्नपूर्णमा हुने छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x