×

NMB BANK
NIC ASIA

प्रमुख समाचार : लालबाबुको अभिव्यक्ति कानून विपरित, उपेन्द्रको बाटो हेर्दै प्रधानमन्त्री

चैत ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौं, ७ चैत– पहिलोपटक सामान्य प्रशासन मन्त्री बन्दा डिभी र पिआरधारी सरकारी कर्मचारीविरुद्ध चालेको कदमले सकरात्मक छाप छाडेका लालबाबु पण्डित पुनः सामान्य प्रशासन मन्त्रालय पुगेका छन् ।

Muktinath Bank

पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हाल्दा नै कर्मचारीलाई स्वैच्छिक अवकाश दिन अहिले शुरु गरिएको प्रक्रियालाई रोक्ने वा परिवर्तन गर्ने संकेत गरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय सञ्चारमाध्यममा प्रतिक्रिया दिँदा मन्त्री पण्डितले अशक्त, अपाङ्ग तथा शारीरिक र मानसिक रुपमा कमजोर रहेका कर्मचारीलाई मात्र स्वैच्छिक अवकाश दिइने बताउँदै आएका छन् ।


Advertisment
Nabil box
Kumari

मन्त्री पण्डितले आफ्नो पहिलो प्राथमिकता स्थानीय तह तथा प्रदेशमा कर्मचारी परिचालन गर्नु हुने बताएका छन् । प्रदेश र स्थानीय तहमा जान नमान्ने कर्मचारीलाई सोझै बर्खास्त गरिने पनि उनले चेतावनी दिएका छन् । 

Vianet communication
Laxmi Bank

तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उप–सचिव स्वैच्छिक अवकाशको प्रक्रिया रोक्न नसकिने बताउँछन् । ‘सरकारले नै कानून बनाएर अगाडि बढाएको प्रक्रिया मन्त्रीको निर्णयका भरमा रोकिँदैन’ ती उप–सचिवले भने, ‘सरकारले रोक्ने निर्णय गरेपनि अवकाशका लागि आवेदन दिएका कर्मचारीहरू अदालत जान सक्ने अवस्था हुन्छ । अदालतले पनि कानूनअनुसार नै फैसला गर्ने हो ।’

स्वैच्छिक अवकाश रोक्छु भनेर मन्त्री पण्डितले दिएको अभिव्यक्ति कानूनविपरीत रहेको ती उपसचिवको भनाइ छ । ‘कानूनअनुसार सबै प्रक्रिया अगाडि बढिरहेको कुरा मन्त्री ज्यूको जानकारीमा हुने नै भयो,’ उनी भन्छन्, ‘तर पनि उहाँले जुन प्रकारको अभिव्यक्ति दिइरहनु भइरहेको छ, त्यो कानूनविपरीत हो ।’

उपेन्द्रको बाटो हेर्दै ओली
सरकारलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले नाम नपठाएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । 

फोरमका लागि छुट्याइएको दुई मन्त्री र एक राज्यमन्त्रीमा सो दलबाट नाम प्राप्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई नियुक्त गर्ने प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । 

यही चैत २ गते भएको मन्त्रिपरिषद्को तेस्रो विस्तारमै सामेल हुने अपेक्षा गरिएको फोरमले संविधान संशोधनमा ठोस सहमति खोजेको र सो दलभित्र मन्त्री को हुने भन्नेमा विवाद देखिएका कारण त्यस दिन मन्त्री सिफारिश गरेको थिएन । तेस्रो विस्तार हुँदा राज्यमन्त्रीसहित २२ सदस्यीय मन्त्रिमण्डल बनेको थियो । संविधानअनुसार बढीमा २५ मन्त्री रहनेछन् । स्वास्थ्य र शहरी विकास मन्त्रालय फोरमलाई दिने तयारी देखिएको छ । 


सिंहदरबारमा राजदूतको दौडधूप

मन्त्रिपरिषद् विस्तार भएर सरकारले लगभग पूर्णता पाएसँगै नेपालस्थित विभिन्न देशका राजदूतहरूले मन्त्रीहरूसंगको भेटलाई तीव्रता दिएका छन् । चीन, भारत र अमेरिकाका राजदूतले प्रधानमन्त्रीका अतिरिक्त मन्त्रीहरूलाई अलग्लै भेटिरहेका हुन् ।

मन्त्रीहरूलाई भेट्नुपूर्व परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था भए पनि कतिपय राजदूतले परराष्ट्रको स्विकृती बेगर मन्त्रीहरूलाई भेट्दै हिँडेका हुन् । मन्त्रीलाई भेट्न उत्तर र दक्षिणका राजदूतको प्रतिस्पर्धा चलेको सिंहदरबारका एक अधिकारीले टिप्पणी गरे ।

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पूरी गएको ३ फागुनमा प्रधानमन्त्री केपी ओलीले शपथ लिएलगत्तै बालकोटस्थित ओली निवासमै पुगेर बधाई दिए । ओलीको जन्मदिनमा पनि उनी केक लिएर शुरुमै बालुवाटार पुगे । मन्त्री पूरीले रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटे र पोखरेलबाट भोजपुरे खुकुरी लिए । त्यसयता राजदूत पूरीले गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई समेत भेट्न भ्याए ।

भारतीय राजदूतजस्तै नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले पनि भेटवार्तालाई तीव्र बनाएकी छन् । उनले प्रधानमन्त्री ओलीसहित रक्षामन्त्री पोखरेल, गृहमन्त्री थापा, पर्यटन मन्त्री अधिकारीलगायतसँग भेट गरिन् । मन्त्रीहरूसँगको भेटमा भएका कुराकानी भने बाहिर आउँदैनन् । ‘मन्त्रीलाई भेट्न राजदूतहरूको अतिरिक्त सक्रियताले उनीहरूले मन्त्रीलाई आफूअनुकुल चलाउन खोेजेको हुनसक्छ’ नेपाल सरकारका एक सचिवले भने ।  
नेपालमा चीन र भारतीय राजदूतको दौडाहाबीच नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टोप्लिजले पनि केही मन्त्रीहरूसँग भेटवार्ता गरेकी छिन् । अमेरिकी राजदूतले प्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्रीलाई भेट्न भ्याइसकेकी छिन् ।

मार्च १५ मा गृहमन्त्री थापासँग भएको भेटमा अमेरिकी राजदूतले अध्यागमन सुरक्षामा सहयोग गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले केहीसमय पहिले प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्ललाई पनि भेटिन् । 
नयाँ सरकार गठन भएपछि राजदूतले नयाँ मन्त्रीलाई भेट्ने चाहाना गर्ने गरेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । यसपटक पनि केही राजदूतले भने परराष्ट्र मन्त्रालयको च्यानल बाट नै मन्त्रीलाई भेटेका छन् ।

नेपालमा राजदूतहरूको अतिरिक्त सक्रियतालाई जानकारहरू कुटनीतिक मर्यादा विपरीत ठान्छन् । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्नु स्वभाविक भए पनि मन्त्रालय धाएर मन्त्रीलाई भेट्नु आपत्तीजनक भएको जानकारहरूको भनाइ छ ।

काँग्रेस मुख्य सचेतकमा खाण
नेपाली काँग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ । 

पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गरेको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ ।

अख्तियारको चासो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सतर्कता केन्द्रसँग देशभरिका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको छ । 

आयोगले आर्थिक वर्ष २०७३÷७४ मा कार्यरत रहेका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको केन्द्रका सम्पत्ति विवरण शाखाका शाखा अधिकृत एकराज पोखरेलले जानकारी दिए । 

केन्द्रले बुझाएको सम्पत्ति विवरणअनुसार कर्मचारीको कम देखिएकाले आयोगले कूल दरबन्दी र कार्यरत संख्या मागेको उनले बताए । 

केन्द्रले निजामती, नेपाली सेना, नेपाल प्रहरी, शिक्षक र अन्य निकायमा कार्यरत रहेका कर्मचारीको सम्पत्ति विवरण संकलन गरेर आयोगलाई बुझाउने गरेको छ । केन्द्रले आयोगलाई बुझाएको सम्पत्ति विवरणअनुसार चार लाख ६८ हजार २७४ कूल दरबन्दी रहेको देखिएको छ । जसमध्ये चार लाख ४९ हजार १४० जना कर्मचारी तथा सार्वजनिक पदधारणा गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाएका छन् भने ४.२६ प्रतिशत अर्थात् १९ हजार १३४ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

प्रदेश नं २ को प्रदेशसभाको बैठक स्थगित
प्रदेश नं २ को मंगलबार बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ । संसद् सचिवायलयले सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित गरिएको जानकारी दिएका छन् । प्रदेशसभाको अर्को बैठक चैत १२ गते बोलाइएको छ । 

अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्कापट्टामा ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस नभएको बताएका छन्  ।

पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नती कार्यको मंगलबार सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उनले ठेक्कापट्टामा हुुँदै आएको ढिलासुस्ती र कमिसनखोरीका कारण देशको विकास निर्माण अस्तव्यस्त भएकाले अब त्यस्तालाई नछाड्निे प्रतिवद्धता व्यक्त गरे। 

अध्यक्ष प्रचण्डले भने– “सुशासनबिना बिकासको कल्पना गर्न सकिदैन्, सुशासन कायम गर्न भ्रष्टमाथि कडा कारबाही गर्नैपर्छ, त्यसका लागि सरकारले कडा कदम चाल्नेछ ।” 

राजनीतिक क्रान्ति पुरा भइसकेको बताउँदै उनले अब हामीले विकासको नयाँ क्रान्ति गर्दै पाँचदेखि १० वर्षभित्र नेपाललाई विश्वकै समृद्ध मुलुक बनाउने धारणा व्यक्त गरे ।
रोजगार नीति ल्याइने
श्रम तथा रोजगार मन्त्री गोकर्णराज विष्टले संविधानमा मौलिक हकका रुपमा रहेको रोजगारको हकको कार्यान्वयनका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक नीति ल्याइने बताएका छन् । 

मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको चुनावी घोषणापत्रका आधारमा रोजगार नीति ल्याउन पहल गर्ने बताए । 

मन्त्री विष्टले भने, “मुलुकमा लाखौँ युवा बेरोजगार छन्, सरकार मुकदर्शक भएर बस्न सक्दैन, स्वदेशमै रोजगार सिर्जनाका आधारहरू खोज्नु आवश्यक छ र यसका लागि दक्ष जनशक्तिको उत्पादनमा पनि लाग्नुपर्छ ।” 

वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भएपनि अनियमितता र ठगी गर्ने कार्यमा संलग्न भएको पाइएमा कडा कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले यस क्षेत्रमा हुने सिण्डिकेट तोड्न प्रभावकारी कदम चाल्ने बताए । 

एपेक्स प्रकरणका थप चारजना पक्राउ
एपेक्स डेभलपमेन्ट बैंकको रकम दुरुपयोग गरेको आरोपमा थप चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न मितिमा एपेक्सका ती उच्च अधिकारीलाई पक्राउ गरेको हो । 

कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै गत शुक्रबार ब्यूरोले तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको थियो । पछिल्लो पटक पक्राउ पर्नेहरुमा एपेक्सका सञ्चालक तथा नागरिक लगानी कोषका नौ तहका कर्मचारी छविरमण अधिकारीलाई बानेश्वरबाट पक्राउ गरेको छ ।  

त्यसैगरी कर्जामा काम गर्ने कर्जा प्रबन्धक प्रमोद भट्टराईसहित सजल बज्राचार्य र त्रिवेन्द्र श्रेष्ठलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए । 

उनीहरुलाई कमसल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको आरोप लगाइएको छ । उनीहरूले रु एक अर्ब ५० करोड ९६ लाख ३३ हजार निक्षेप दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको हो । 

बल्झियो अस्थायी शिक्षकको स्थायी प्रक्रिया
अस्थायी शिक्षकलाई स्थायी गराउन आन्तरिक परीक्षाको तयारीमा शिक्षक सेवा आयोग जुटिरहेका बेला असन्तुष्ट शिक्षकले पुनः आन्दोलन थालेका छन् । 

विगतको सहमति र रोजगारीको हकअनुसार कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी गराउने गरी विज्ञापन नगरिएको जनाउँदै अस्थायी शिक्षक संघर्ष समिति र पुनरुत्थान समूह नेपालले मंगलबारदेखि पुनः आन्दोलन थालेका हुन् । आयोगले शिक्षा ऐन, २०२८को नवौँ संशोधनबमोजिम आयोगले यही चैत २३ का लागि परीक्षा तोकी तयारीका अधिकांश काम पूरा गरेको छ । अस्थायी शिक्षकको दुई दशकअघिको विवाद र आन्दोलनका कारण विद्यालय शिक्षामा प्रतिकूल असर पारिरहेको छ । 

आयोगले नवौँ संशोधनको व्यवस्थामा टेकेर कूल दरबन्दीको ७५ प्रतिशतमा आन्तरिक परीक्षा गर्न लागे पनि आन्दोलनकारीले शिक्षा मन्त्रालयले अस्थायी शिक्षकको विद्यमान संख्याभन्दा कमलाई देखाएर परीक्षा खोेलेको आरोप लगाएका छन् । 
नेपाल शिक्षक महासंघ र संघर्ष समितिसँँग गत असार ९ मा भएको सहमति कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौँ संशोधन गर्न भदौ ३ मा तोकिएको परीक्षा स्थगन भएको थियो । आठौँ संशोधनले परीक्षा वा सुविधामध्ये एक रोज्नुपर्ने भनेकामा नवौँ संशोधनले परीक्षामा असफल हुनेलाई पनि सुविधा र औषधोपचार थप्ने तथा ७५ प्रतिशत दरबन्दीमा आन्तरिक परीक्षा लिने व्यवस्था गरेको छ । 

नारायणगढ–मुग्लिन सडक २४ किलोमिटर कालोपत्रे
राजधानी काठमाडौँसँग तराई जोड्ने लाइफलाइनका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ । कामले तीव्रता पाएसँगै ३३.२ मध्ये २४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय कामले तीव्रता पाएसँगै प्रगति बढ्दै गएको हो । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार कालोपत्रेको पहिलो तह २४.५ किलोमिटर सम्पन्न भएको छ । दोस्रो तह २०.५ किलोमिटर र तेस्रो तहको कालोपत्रे शुरुवात् गरिएको छ । 

खनालका अनुसार सो सडक ३३.२ किलोमिटर लामो छ ।  
 

एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा
एएफसी एसियन कप फुटबल प्रतियोगिताअन्तर्गत छनोट चरणको अन्तिम खेलका लागि मंगलबार २० सदस्यीय टोलीको घोषणा गरिएको छ । 

यही चैत १३ गते कतारको दोहामा हुने यमन विरुद्धको खेलका लागि अखिल नेपाल फुटबल संघले २० सदस्यीय टोलीको घोषणा गरेको हो । 

छनोट हुने खेलाडीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने छन् । त्यसैगरी विमल घर्ती मगर, नवयुग श्रेष्ठ, विशाल राई, रोहित चन्द र हेमन गुरुङ, हेमन्त थापा मगर र सुजन श्रेष्ठ छनोट भएका छन् । 

सुनिल बल, अन्जन विष्ट, सुमन लामा, दिनेश राजवंशी, विराज मर्हजन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, जर्ज प्रिन्स कार्की र अनन्त तामाङ टोलीमा अटाएका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा ग्योतोकु कोजी छन भने प्रशिक्षकमा राजुकाजी श्रेष्ठ तथा गोलकिपिङ प्रशिक्षकमा उज्जवल मानन्धर रहेका छन् । 

नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । समूह ‘एफ’मा नेपालसहति यमन, फिलिपिन्स र ताजकिस्तान छन । नेपाल २ अंकसहित अंक तालिकाको अन्तिम स्थानमा छ । 

इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या
सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ । 

भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गरेको समाचारमा जनाइएको छ । 

भारतीय संसद्मा विदेशमन्त्री सुषमा स्वराजले इराकमा तीन वर्षअघि निर्माणसम्बन्धी काममा कार्यरत ३९ जना भारतीय नागरिकको इस्लामिक स्ट्टेस (आइएस)ले हत्या गरेको पुष्टि भएको जानकारी दिएकी हुन् । 

इराकको मोसुल सहरको उत्तरपश्चिम भागमा पर्ने बादुशमोमा नगरको दुर्गम क्षेत्रमा एक सामूहिक चिहान फेला परेको र उक्त चिहान तिनै भारतीय नागरिकको रहेको पुष्टि भएको उनले बताइन् । 


आइएस जिहादी समूहले सन् २०१४ को अक्टोबारमा इराकको मोसुल सहरबाट ती ३९ जना भारतीय नागरिकलाई अपरहण गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x