×

NMB BANK
NIC ASIA

साइत हेराएर सुचारु गरिएको विराटनगर जुटमिल फेरि बन्द, तीन महिनामा एक किलो पनि भएन उत्पादन

चैत ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर ७ चैत–  लामो समयदेखि बन्द रहेको विराटनगर जुटमिल पुनः  सञ्चालनको  सबै तयारी पुरा भएको भन्दै २०७४ सालको मंसिर ९ गते पण्डित पुरोहितहरुलाई शुभ साइत हेराइएको थियो । 

Muktinath Bank

पण्डितहरुले पनि जुटमिल पुनः सञ्चालनको लागि उत्तम साइत मंसिर १० गतेलाई निकाले  । विराटनगरवासी पुनः जुटमिल सञ्चालन हुने भयो भन्दै उत्साही भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको अस्थायी राजधानीमा पुन जुटमिल सञ्चालनले आर्थिक गतिविधिका साथसाथै बेरोजगारीहरुले रोजगारी पाउने अवस्था बन्ने छ भन्दै खुसी भएका थिए । तर, त्यो खुसी लामो समय टिक्न सकेन । 


Advertisment
Nabil box
Kumari

पण्डितहरुले उपर्युक्त साइत निकालिएको भनिएको भएपनि जुटमिल तीन महिनाबढी सञ्चालनमा आउन सकेन । 

Vianet communication
Laxmi Bank

विजुलीले गर्दा बन्द !

चैतको ६ गतेको मध्य दिउँसो विराटनगर जुटमिलमा हामी पुग्दा गेटमा कोही पनि थिएन । यताउति टहलिँदै गर्दा एकजना सुरक्षागार्ड निर्मला अधिकारी दौडिएर साईकलमा हस्याङ र फस्याङ गर्दै आईपुगिन् । 

उनी यसरी काम गर्न थालेको ५ बर्ष भयो । बन्द भएर संचालन गर्दा जसरी हल्लाखल्ला गरिएको थियो तर जुटमिल बन्द भएको १ महिनासम्म कसैले सुईँकोसम्म पाएनन् ।

अलिअलि केही न केही त काम हुँदै होला भनेर पुगेका हामीहरु यहाँको अबस्था देखेपछि छक्क प¥यौँ । 

सुनसान अनी उजाड जुटमिलमा कर्मचारी कोही पनि थिएनन् ।  

मुख्य प्रवेशद्वारबाट भित्र प्रवेश गर्दैगर्दा प्रशासन हेर्ने एक जना कर्मचारी तारानाथ तिम्सीना भेटिए । उनी केही मानिससँग गफिँदै थिए ।

जुटमिल बन्द भएपछि काम नभएर बसेको उनले हामीलाई भेट्ने बितिकै प्रतिक्रिया दिए । उनले भने, ‘कुचोले बढार्नु पर्नेमा हावाले वढा¥यो ।’ 

तत्काल बन्द गर्ने अबस्थामा पुगेको जु्टमिल विद्युत प्राधिकरणले महसुल नतिरेको भन्दै लाईन काटेपछि बन्द गर्नु पर्ने अबस्थामा पुगेको हो । 

गत मंसिर १० गते संचालनमा आएको जुटमिल ३ महिना पनि पुरा नहुँदै फागुन ३ गते  बन्द भयो । विद्युत प्राधिकरणबाट ४६ लाख बक्यौता तिर्न बाँकी रहेकोले त्यो रकम नतिरेपछि लाईन काटेको तिम्सिनाले बताए ।


कर्मचारीको तलबमा ५ लाख खर्च

विराटनगर जुटमिलमा २०३६ सालदेखि काम गर्दै आएका कर्मचारीहरु अहिले पनि कार्यरत नै छन् । एक पटक सेवा सुविधा लिएका अनि फेरि मिल संचालनपछि जिम्मेवारी लिन आएका कर्मचारी नै यो जुटमिलमा छन्  ।  

यही जुटमिलको संरक्षणमा रहेका कर्मचारीहरु अहिले पनि ३० जना छन् । उनीहरु बिगत १ वर्षदेखि तलव खान नपाएको बताउँछन् । 

जुटमिल संचालनको लागि ल्याईएका यी बाहेकका ८ जना कर्मचारी पनि नयाँ थपिएका छन्  । नयाँ थपिएका कर्मचारीले आठै जनाले तलव बुझि सकेका छन् तर बाँकी ३० जना कर्मचारीले तलव नपाएको तिम्सिनाले बताए । 

प्रति महिना यी कर्मचारीको तलवमा ५ लाख खर्च हुँदै आएको छ । यसरी खर्च हुने तलवको रकमको समेत जोहो गर्ने कुनै उपाय विराटनगर जुटमिल प्रशासनसँग छैन । मिल शुरु भएपछि प्रत्यक दिन ७५ जना कर्मचारीले काम गर्दै आएका थिए तर त्यो काम बालुवामा पानी सरह भयो । 

तीन महिना यति काम

विराटनगर जुट मिल संचालन शुरु भएको ३ महिनामा केही कामको उपलब्धि देखिएन । एक त जुट खेती गर्ने किसान घटेकोले भारतबाट जुटको कच्चा पद्धार्थ आयात गरेर संचालनमा ल्याईएको जुटमिलले आफ्नो उत्पादन भारतीय बजारमा पु¥याउने लक्ष्य पनि लिईएका थियो । तर मिल शुरु भएको ३ महिनाको अबधिमा एक किलो पनि जुट उत्पादन नभएको कर्मचारी विपिन कोईरालाले बताए । 

उत्पादन शुरु भएको तीन महिनामा विभिन्न प्रकृया पार गर्दै जब जुट उत्पादन हुन तयारी अवस्थामा थियो तेतिननै बेला जुट उत्पादन नै बन्द भयो । 

यस्तो छ प्रकृया

जुट उद्योगमा पहिला सफनरबाट जुट उत्पादनको काम शुरु हुन्छ । सफ्नरवाट जुटको कच्चा पद्धार्थ ब्रेकरमा पुग्छ । 

ब्रेकरपछि फिनिसर हुँदै ड्राईङमा पुग्छ । ड्राईङमा पुगेर २ सय सुता तयार भयो । त्यसपछि कोपमा पुग्ने बेलामा मिल नै बन्द भयो जसका कारण उत्पादनका लागि ठिक्क परेको जुट अलपत्र परेको हो । 

कोपबाट लुममा पुगेर बोरा तयार भएर बाहिर जाने गर्दछ । तर दुरदृष्टीका मिल संचालक नआउँदा जुटमिल अहिले उठ्नै नसक्ने गरी फेरि एक पटक बजारिएको छ । 


सुरक्षालाई समस्याश

सुरक्षा गार्डले दिउँसो त दौडधु्प गरेर काम त गर्दै आएका छन् नै रातको समय निक्कै चुनौतीपूर्ण छ । उनीहरुलाई न त एउटा लाईट दिईएको छ । नत जुटमिल भित्र बत्ति नै छ ।

बत्ति काटिएपछि जुटमिल सुरक्षामा समस्या देखिएको हो । बिजुली नहुँदा कहाँबाट के सामान बाहिरिने हो भन्ने चिन्ता जुटमिलमा सुरक्षा गार्डले गर्दै आए सुरक्षा गार्डका हवल्दार टेक बहादुर बानियाँ बताउँछन्  । उनले भने, ‘अहिलेसम्म भगवान पशुपतिनाथले गर्दा केही हुन दिएका छैनौ, कतिबेला के हुने हो थाहा छैन’ ५१ बिगाहामा फैलिएको जुटमिलको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ ।


जुटमिलको द्वार कुर्दै ठाकुर

विराटनगर महानगरपालिका रानी जाने बाटोमै पर्छ विराटनगर जुटमिल । जुटमलको मुलद्धारमा एकजना करिब ६० वर्षीय रामएकवाल ठाकुरको दैनिक एउटा छाता मुनि भेटिन्छन् । 

करिब १० वर्षकी नातिनीलाई साथमै लिएर उनी जुटमिलको मूलद्वार मा सुतेका थिए । 
यसरी जुटमिलको मु्लद्धारमा बस्नु ठाकुरको रहर भने हैन । 

कुनै समय विराटनगर जुटमिलका कर्मचारी र मजुदरको कपाल काट्ने काम गर्ने ठाकुर अहिले बेरोजगार जस्तै भएका छन् । 

जुटमिलभित्र कपाल काट्ने काम पाएका उनको कमाइ राम्रै थियो भने भित्रैबाट चामल कपडासमेत पाउँथे । जसका कारण उनको परिवार राम्रोसँग चलेको थियो । 

भित्र बसेर २२ वर्षसम्म लगातार कपाल काट्ने ठाकुर अहिले त्यही जुटमिलको मुलद्धारमा ग्राहक पर्खिएर बस्ने गरेका छन् ।  तर अहिले बिरलै मात्र उनका ग्राहक आउँछन् । आउनेहरु पनि पहिलेदेखि जान्दै आएकाहरु मात्र । 

ठाकुर भन्छन्, ‘२२ वर्ष जुटमिल भित्र थिएँ जुटमिल बन्द भएपछि सडकमा आईपुगेको छु’ उनको एउटै चिन्ता छ, पहिलाको जस्तो दिन नआउने भए ।’

जुटमिलको अवशानसँगै उनको  कपाल काट्ने पेशा विराटनगर जुटमिलको गेटमा आएर एउटा छातामा चलेको छ र अबको केही बर्षमा उहाँको पुस्तौदेखि चल्दै आएको पेशाको अन्त्य हुनेमा  उनलाई चिन्ता लागेको छ । उनी अझै पनि जुटमिल सञ्चालनमा आउने र आफ्नो व्यवसाय पनि फस्टाउने आशामा छन् । कहिले पूरा होला ठाकुरको आशा । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x