रेशम चौधरीलाई गृहमन्त्रीले जुस पिलाएपछि कांग्रेस प्रवक्ताको टिप्पणी ‘विष पिएझैं लाग्यो’

चैत ७, २०७४

काठमाडौं ७ चैत– कैलालीको टीकापुर घटनाका आरोपि रेशम चौधरीलाई गृहमन्त्री रामबहादुर थापाले जुस पिलाएको घटनाप्रति नेपाली कांग्रेसले कडा प्रतिक्रिया जनाएको छ । सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आक्रोश पोखेका हुन् । 

‘विष पिएझैं लाग्यो हामीलाई, उनलाई जुस पियाउंदै गर्दा, ती छोरीको मार्मिक पत्र पढ्नुभयो प्रमज्यु ?’ गृहमन्त्री थापाले चौधरीलाई जुस पिलाएको तश्वीर सहित शर्माले लेखेका छन, ‘दुई तिहाईको खोजीमा न्याय र विवेकको आंखामा पट्टि माओवादको कोण कि जबज पनि उल्टिगंगा बग्न थाल्यो ? ती साना बालक जो मारिए उनको तस्वीर बोकेकी माताको मन कल्पनामा कोर्न के संभव छ ?’


ADVERTISEMENT

वीर अस्पतालमा उपचाररत चौधरीलाई मन्त्री थापाले केही दिन पहिले जुस पिलाएर अनसन तोडाएका थिए । 

*
 

चैत ७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस