चोखोफनसंगै यौनवर्द्धक औषधि खुवाएर मध्यरातमा शिक्षक छात्राहरूको कोठामा छिरेपछि ...

चैत ७, २०७४

सुर्खेत, ७ चैत-चोखोफनसँगै यौन शक्तिवर्द्धक औषधि खुवाएर दुई छात्रालाई बलात्कारको प्रयास गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको पञ्चपुरी– १० जामुस्थित जनज्योति निमाविका शिक्षक युवराज शर्मालाई छात्राहरू सुतिरहेको ठाउँबाट रंगेहात नियन्त्रणमा लिई स्थानीयले प्रहरीको जिम्मा लगाएका हुन् ।


ADVERTISEMENT

उनी आइतवार राति चोखोफनसँगै यौन उत्तेजना बढाउने औषधि खुवाएर ती दुई छात्रा सुतेको ठाउँमा गएका थिए । मध्यरातको १२ बजे स्थानीयले नियन्त्रणमा लिएर उनलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

उनले साँझको समयमा चोखोफनसँगै बालिकाहरूलाई यौन शक्तिवर्द्धक औषधि खुवाएको पाइएको इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए ।

बालिकाका काकाले किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । आरोपीलाई थप अनुसन्धानका लागि बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेत चलान गरिएको छ ।

चैत ७, २०७४ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस