×

NMB BANK
NIC ASIA

योजना आयोग उपाध्यक्ष भन्छन्– प्रदेश नम्बर पाँचलाई नमूना प्रदेश बनाउन सकिन्छ

चैत ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ७ चैत– प्रदेश नम्बर पाँचलाई मुलुककै नमुना प्रदेशका रुपमा विकास गर्ने योजनाका साथ प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

उपाध्यक्षमा नियुक्त भएका डा. श्रेष्ठले पाँच नम्बर प्रदेशलाई मुलुकको नमुना बनाउन सकिने बताए । प्रदेश सरकारले उनलाई उपाध्यक्षमा नियुक्ती गरेलगत्तै  प्रतिक्रिया दिँदै डा.श्रेष्ठले भने–‘केही महत्वपूर्ण आयोजनाहरु छन् जसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले अर्घाखाँचीमा रहेको नौमुरे जलविद्युत आयोजना, तिनाउ–कालीगण्डकी डाइभर्सन र भेरी–बबई डाइभर्सनलाई प्राथमिकतामा राखेको बताए । उनले यो प्रदेशमा जलविद्युत्, वनसम्पदा, कृषिभूमि र पर्यटन विकासका प्रचुर सम्भवना रहेको भन्दै तिनैलाई प्राथमिकतामा राखेर योजनाबद्ध काम गरिने बताए । हिमाल, पहाड र तराई तीनै क्षेत्र मिलेको प्रदेशको रुपमा अथाह सम्भावना बोकेर रहेको भन्दै डा. श्रेष्ठले भने–‘केही योजनाहरु छन् जो प्राथमिकतामा छन् । चुनौतीहरु रहेपनि तिनलाई चिरेर सम्भावना साकार पार्न सकिन्छ ।’


Advertisment
Nabil box
Kumari

को हुन् डा. श्रेष्ठ ?

Vianet communication
Laxmi Bank

श्रेष्ठ बल्कोट अर्घाखाँचीमा २०२४ जेठ १० गते मध्यम परिवारमा जन्मिएका थिए । विसं. २०४२ सालमा महेन्द्र विद्यावोध माध्यमिक विद्यालयबाट एसएलसी पास गरे । त्यसपछि तराईमा झरे । उनले बुटवल बहुमुखी क्याम्पसबाट आइएस्सी प्रथम श्रेणीमा पास गरेका थिए । पाटन संयुक्त क्याम्पसबाट बीए प्रथम श्रेणीमा पास गरे ।

विसं. २०५२ सालमा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा प्रथम श्रेणीमा एम.ए.पास गरे । श्रेष्ठले विसं. २०६१ सालमा (सन् २००४ मा) अष्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट अर्थशास्त्र र वित्तमा मास्टर डिग्री पास गरेका थिए । यस्तै २०६९ मा अमेरिकाको न्यूयोर्कस्थित द न्यू स्कूलबाट मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेपछि उनी थप विषय विज्ञका रुपमा स्थापित भए । विसं. २०५४ साल मंसिरमा नेपाल राष्ट्र बैंक अधिकृत तृतीय पदमा प्रवेश गरेका उनी वि.स.२०७१ देखि नेपाल राष्ट्र बैंकको निर्देशक पदमा कार्यरत छन् । विभिन्न जर्नलहरुमा अनुसन्धानमुलक र राष्ट्रियस्तरका पत्रपत्रिकामा विचारमूलक लेखहरु प्रकाशित भएका छन् । 

नौमुरे जलविद्युत् आयोजना

प्यूठानसँग सीमा जोडिएको अर्घाखाँची जिल्लास्थित जलुकेमा प्युठानको झिमरुक र माण्डवी नदीको संगमस्थल एैरावतीदेखि दुई किलोमिटर दूरीमा रहेको नौमुरे जलविद्युत् आयोजना अहिलेसम्मको सस्तो र सम्भव रहेको आयोजना मानिन्छ । तर, यो आयोजना विगत ३० वर्षदेखि अलपत्र अवस्थामा छ । विसं.०४४ सालमा सरकारले खटाएको विशेषज्ञ टोलीले २ सय ४५ मेगावाट विद्युत् निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो । तर, त्यसयता नारा र कागजमा मात्रै सीमित यो आयोजना अहिले प्रदेश सरकार बनेलगत्तै योजना आयोगले प्राथमिकतामा पारेको छ ।

नौमुरेलाई बहुउदेश्यीय आयोजनाका रुपमा अगडि बढाउन सकिने उपाध्यक्ष डा. श्रेष्ठले बताए । विसं.०४४ सालमा भएको विस्तृत अध्ययन सर्वेक्षणले ९० मिटरको बाँध बाँधेर विद्युत् निकाल्न सकिने प्रतिवेदन तयार गरेको थियो । यसको लागत सन् २००७ को मूल्यमा ३२ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको थियो । तर, अहिलेको लागत अनुमान यो भन्दा धेरै छ । अहिलेसम्म भएका कामहरुको अध्यय्न गर्दै अरु नयाँ तरिकाले पनि कसरी फास्ट ट्रयाकमा काम गर्न सकिन्छ भनेर पनि योजना बनाइएको डा. श्रेष्ठले बताए । नौमुरेलाई जलासय युक्त बनाएर कपिलवस्तु हुँदै भारतको विहारमा पानी लैजाने सर्तमा आयोजना भारत सरकारले उपहारस्वरुप बनाइदिन तयार भएपनि त्यसको विरोध भएपछि नेपाल सरकारले २०७१ साउनमा काम आफैं अघि बढाउने निर्णय गरेको थियो । नौमुरे आयोजनामा सुख्खायाममा पनि २४५ मेगावाट विद्युत् निकाल्न सकिने क्षमता रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

तिनाउ–कालिगण्डकी डाइभर्सन

राष्ट्रिय प्राथमिकता र गौरवका आयोजना अन्तर्गत‘कालिगण्डकी–तिनाउ’डाइभर्सन एक महत्वपूर्ण परियोजना हो । एमाले उपमहासचिव विष्णुप्रसाद पौडेल जलस्रोत मन्त्री भएका बेलामा यो परियोजनाको परिकल्पना गरेका थिए । उनै नेता अर्थमन्त्री बनेका बेलामा यस्को विस्तृत अध्ययन सुरु भयो र आवश्यक बजेटको समेत जोहो भएको हो । प्रदेश नं. ५ अन्तर्गत तराईका तीन जिल्लाहरुमा सिंचाइसँगै विश्वकै नमुना पर्यटकीय क्षेत्र बनाउने बहुउद्देश्यीय परियोजनास्वरुप नेता पौडेलले यो पिरकल्पना गरेका थिए । माटो परीक्षण र अरु प्राविधिक परीक्षण अध्ययनका काम पूरा भएका छन् । प्राविधिकहरुले अध्ययनपछि कालिगण्डकी–तिनाउ डाइभर्सन परियोजना सम्भव रहेको प्रतिवेदन सरकारलाई यसअघि नै हस्तान्तरण गरिसकेका छन् ।

कुल ४० अर्ब रुपैयाँको लगानीमा यो आयोजना निर्माण गर्ने लक्ष्य हो । स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पा जिल्लाको रम्भादेवि गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा ड्याम बनाएर करिब ३० किमी लामो सुरुङमार्गमार्फत तिनाउमा पु¥याउने योजना छ । करिब ९ मिटर चौडा सुरुङमार्गबाट ९० दशमलव ६ क्युसेक पानी तिनाउ नदीमा पुर्‍याउन सकिने प्राविधिकहरुले बताउँदै आएका छन् । कालिगण्डकीलाई तिनाउमा डाइभर्सन गर्दा रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाको हजारौं हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ पुर्‍याउन सकिन्छ । यसबाट न्यूनतम एक सय मेघावाट विद्युत्  निकाल्न सकिने अनुमान छ । तर, यो काम अहिले अगाडि बढ्न सकेको छैन । योजना आयोगका उपाध्यक्ष डा.श्रेष्ठले यसलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताए ।

भेरी–बबई आयोजना

यो राष्ट्रिय गौरवको आयोजना हो । सुर्खेतको लेखफर्सास्थित चिप्लेमा बाँध बाँधेर भेरी नदीको पानीलाई चुरे पहाडभित्र १२ किलोमिटर लामो सुरुङ मार्गमार्फत बबई नदीमा मिसाएर सिँचाइ र विद्युत् उत्पादन गर्ने महत्वपूर्ण आयोजनाका रुपमा यो सुरु भएको हो । नेपालमै पहिलो पटक विशेष प्रविधियुक्त सुरुङ (टीबीएम) टनेल बोरिङ मेशिनको प्रयोगबाट सुरुङ निर्माणको आधारभूत काम सुरु भएपनि यो पूरा हुन सकेको छैन । 

१७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको यो बहुद्देश्यीय आयोजना निर्माण सम्पन्न भएपछि नियमित रुपमा ४८ मेगावाट विद्युत् उत्पादन हुनुका साथै बाँके र बर्दियाका ६० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने अनुमान छ । २०१५ मा भएको ठेक्का सम्झौता बमोजिम चिनियाँ निर्माण कम्पनीले सन् २०२० अप्रिल ३ मा सुरुङ निर्माणको काम सम्पन्न गर्ने समय तालिका आयोजनालाई उपलब्ध गराएको थियो । तर, यसअनुरुप काम अगाडि बढेको छैन् । प्रदेश तहको सरकार बनेपछि अहिले यो पनि प्राथमिकतामा परेको छ । योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले योसहित नौमुरे र कालिगण्डकी–तिनाउ डाइभर्सनलाई प्राथमिकतामा राखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x