×

NMB BANK
NIC ASIA

भारतीय दूताबासबाट त्रिपाठीलार्इ मन्त्री बनाउन फोन, ‌ओलीले टेरेनन्

चैत ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

आइसकेको मन्त्री पद आफैँ बाठो भएर गुमाएका छन्, हृदयेश त्रिपाठी । एमालेबाट चुनाव जितेका उनलाई केपी ओली पनि मन्त्री बनाउन चाहन्थे । तर, नचाहिने ठाउँबाट भन्न लगाउँदा हिस्स परेका छन् ।

Muktinath Bank

विद्या भण्डारीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित गर्न योगदान दिने सांसदका लागि आयोजित दिवा भोजमा हृदयेश र उनीसँगै एमालेको चुनाव चिह्नमा जितेका वृजेशकुमार गुप्ता पनि सामेल थिए । त्यहाँ भेटिएका वृजेश पनि आशावादी देखिन्थे केपी ओलीको क्याबिनेटमा हृदयेशले स्थान पाउनेमा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेस्रो पल्ट मन्त्रिपरिषद् विस्तार हुँदा हृदयेशलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइने चर्चा थियो र प्रधानमन्त्री ओली पनि यो विषयमा सकरात्मक थिए । तर, हृदयेशले आफूलाई शिक्षामन्त्री बनाइदिनुप¥यो भन्दै भारतीय दुतावासलाई गुहारेको समाचार आजको जनआस्था साप्ताहिकमा छ ।


Advertisment
Nabil box
Kumari

 दूतावासबाट प्रधानमन्त्रीलाई फोन गएसँगै उनलाई मन्त्री नबनाइएको चर्चा अहिले राजपाका नेताले गर्न थालेका छन् । गत २ गते नेपाल–भारत विकास मञ्चको एउटा कार्यक्रममा राजपाका नेताले यस्तो खुलासा गरेका हुन् । र, राजपा वृत्तमा चलेको पछिल्लो चर्चाअनुसार राजपालाई सत्ता आरोहण रोक्न उनै हृदयेश सक्रिय छन् । कारण उनी स्वास्थ्य मन्त्रालय ताकेर बसेका छन् । यदि, राजपालाई सत्तामा ल्याउनबाट रोक्न सकिए सो मन्त्रालय आफैले चलाउन पाइने भएका कारण हृदयेशले चलखेल गरेको राजपाका नेताको आरोप छ ।

Vianet communication
Laxmi Bank

यो विषयमा बुझ्न मंगलबार बिहान सम्पर्क गर्दा हृदयेशले ‘राजपालाई सत्तामा सामेल गराउनुपर्छ भनेर मुख्य भूमिका खेल्ने नै म हुँ । त्यहीअनुसार प्रयास भइरहेको र उनीहरूकै आन्तरिक किचलोका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको’ प्रतिक्रिया दिँदै यस्ता हावादारी कुराको पछाडि नलाग्न आग्रह गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x