×

NMB BANK
NIC ASIA

मुख्य समाचार : युरोपेली युनियनको प्रतिवेदनप्रति सरकारको आपत्ति, एसईई परीक्षा आजबाट शुरु

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ चैत–  पछिल्लो समय अनावश्यक खर्च कटौती गर्ने अभियानमा रहेको सरकारले सरकारी कोषबाट हुने अनावश्यक खर्च घटाउन प्रधानमन्त्रीको सचिवालयमा रहने कर्मचारी (सदस्य)को संख्या कटौती गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी ओलीको सचिवालयमा बढीमा २८ जना रहने निर्णय गरेको हो । 

Muktinath Bank

यसअघि प्रधानमन्त्रीको सचिवालयमा ४७ जना राख्न पाउने व्यवस्था थियो । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले प्रधानमन्त्रीको सचिवालयमा ४६ जनासम्म नियुक्त गर्नसक्ने निर्णय गरेको थियो । त्यसअघि प्रधानमन्त्रीको सचिवालयमा बढीमा २३ जनासम्म नियुक्त गर्न पाउने व्यवस्था थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीको निजी सचिवालयमा उपसचिव, शाखा अधिकृत, नायव सुब्बादेखि सहायक तहसम्मको पद सिर्जना गरी कार्यकर्ता भर्ना गरिँदै आएको थियो । प्रधानमन्त्रीको निजी सचिवालयका कर्मचारीलाई राज्यकोषबाट तलबदेखि भत्ता, इन्धन खर्च, सञ्चार खर्च लगायतका सुविधा दिइन्थ्यो । 


Advertisment
Nabil box
Kumari

बुधवार बसेको मन्त्रिपरिषद बैठकले सरकारलाई सुझाव दिन विभिन्न विषयका ५ ओटा समिति गठन गर्ने निर्णय समेत गरेको छ । सरकारलाई सुझाव दिन राजनीतिक समिति,  प्रशासन समिति, सामाजिक समिति, आर्थिक तथा पूर्वाधार समिति, विधेयक समिति गठन गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

Vianet communication
Laxmi Bank


सरकारले श्वेतपत्र जारी गर्ने– प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले श्वेतपत्र जारी गर्ने बताएका छन् । सातवटै प्रदेश सरकारका मुख्य मन्त्रीसँग विद्यमान अवस्थाको जानकारी लिने क्रममा प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयन गरेर समृद्धिको बाटोमा अगाडि बढ्ने विषयमा सरकारले स्पष्ट योजनासहित अगाडि बढ्ने जानकारी गराए । 
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकबारे जानकारी दिँदै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रवृत्तिगत एवं अन्य समस्याका कारण अलमल देखिएको तर चाँडै श्वेतपत्रमार्फत समस्याको समाधान गरिने बताए । 
प्रधानमन्त्री ओलीले कानून कस्तो बनाउने, संघीय संसद्बीचको समन्वय कसरी गर्ने हो भन्ने विषयमा प्रदेश आफैँले समन्वय गर्नुपर्ने भएकाले अलिअलि अलमल हुनु स्वाभाविक भएको र अप्ठ्यारालाई हल गरेर अगाडि बढ्ने बताए । 


सरकारको आपत्ति– परराष्ट्र मन्त्रालयले युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पर्यवेक्षणबारे दिएको अन्तिम प्रतिवेदनमाथि गम्भीर आपत्ति जनाएको छ । प्रतिवेदनका केही सुझावले नेपालको संविधान कार्यान्वयनमा कोशेढुंगा सावित भएको शान्तिपूर्ण, स्वच्छ र धाँधलीरहितरुपमा सम्पन्न निर्वाचनलाई नजरअन्दाज गर्नाका साथै अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको कार्यक्षेत्र र मान्यताविपरीत देखिएको मन्त्रालयले जनाएको छ । 
युनियनले ती निर्वाचनका कानूनमा खस क्षेत्रीलाई आरक्षण कोटामा नराख्नलगायत सुझावसहितको प्रतिवेदन मंगलबार सार्वजनिक गरेको थियो । मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगकोे अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको आचारसंहिता तथा नेपाल सरकार र सो युनियनबीच भएको सम्झौताविपरीत सो प्रतिवेदन आएको उल्लेख गरिएको छ । 

नेपालको संविधानलाई प्रत्यक्ष चुनौती दिइएको त्यसप्रकारको सुझाव फिर्ता लिन पनि मन्त्रालयले युनियनसँग आग्रह गरेको छ । सार्वभौम मुलुकका नेपालीले आफ्नो सामाजिक संरचना र समावेशीताको मर्मअनुसार तय गरेको राजनीतिक मुद्दामा सो आयोगबाट सुझाव दिइनु दुःखद् भएको पनि मन्त्रालयले जनाएको छ ।


एसइई परीक्षा आजबाट शुरु–  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार बिहान ८ बजेदेखि हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जानकारी दिएको छ ।
देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु हुन लागेको परीक्षाका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी बुधबार नै परीक्षा केन्द्रमा पुगेका छन् । परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन् ।


आठ नेपाली कामदारको उद्धार– ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार गरी नेपाल फर्काइएको छ । मस्कट (ओमान) स्थित नेपाली राजदूतावासले ती कामदारलाई उद्धार गरी नेपाल पठाएको विज्ञप्तिमार्फत जनाएको हो । उद्धार गरिएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर विक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र राना रहेका छन् । 

राजधानीमा आगलागी– काठमाडौँ महानगरपालिका कार्यालय छेउमा रहेको सालीमार होटल तथा रेष्टुरेन्टमा बुधबार साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन् । आगलागीमा परेर निसासिएका उदयपुरकी कल्पना मगर र दाङका जयराम डगौराको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
घाइते मगर उक्त रेष्टुरेन्टकी कामदार हुन् भने डगौरा सुरक्षा गार्ड भएको जनाइएको छ । विद्युत चुहिएर आगलागी भएको शंका गरिएको छ । अनुप अग्रवाल समूहको सञ्चालनमा रहेको उक्त रेष्टुरेन्टमा भएको आगो निभाउन १० वटा दमकललाई करीब दुई घण्टा लागेको थियो । साँझ ६ः०० बजे लागेको आगो ८ः०० बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

डीपीएल तालिका सार्वजानिक– धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल–२ को खेल तालिका सार्वजनिक भएको छ । आउँदो चैत १७ गतेदेखि आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स्बीच प्रतिश्पर्धा हुने छ । 
विश्वकप छनोट खेलेर राष्ट्रिय टोलीका सदस्यहरु फर्किएसँगै सहभागी टोलीहरुले प्रतियोगिताका लागि विशेष तयारी थालिसकेको जानकारी गराएका छन् । धनगढी क्रिकेटको आयोजनामा हुन लागेको यस प्रतियोगितामा स्वेदेशी तथा विदेशी खेलाडी अनुबन्धित छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x