×

NMB BANK
NIC ASIA

दरवाङ नदी नियन्त्रण आयोजनाको काम शुरु

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी, ८ चैत- म्याग्दी नदीको कटानको चपेटामा परेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नदी नियन्त्रण आयोजनाको काम शुरु भएको छ । 

मालिका गाउँपालिकाले उपभोक्ता समितिमार्फत नदी कटान नियन्त्रणका लागि किनारमा पक्की पर्खाल निर्माण थालेकोे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । 

नदी नियन्त्रण योजनाका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले रु १५ लाख र ६ नं वडा कार्यालयले रु तीन लाख विनियोजन गरेको थियो । गाउँपालिका र वडाको रु १८ लाख अनुदान तथा उपभोक्ताको रु दुई लाख बराबरको श्रमदानमा आयोजना पुरा गर्ने लक्ष्य छ । 

म्याग्दीको पश्चिमी क्षेत्रको व्यापारिक केन्द्र र दोस्रो सदरमुकामको रुपमा चिनिने दरवाङबजार उत्तरतर्फबाट नदीले वर्षेनी गर्दै आएको कटानका कारण जोखिममा परेको छ । जनप्रिय माविको खेलमैदान क्षेत्रमा नदी किनारमा पक्की पर्खाल निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष गोपाल गौतमले जानकारी दिनुभयो । 

यस वर्ष विनियोजन भएको बजेटबाट ३८ मिटर लम्बाइको पर्खाल निर्माण गर्ने योजना छ । जगमा तीन मिटर चाक्लो पिसिसी ढलान गरेर पिरामिड शैलीमा कम्तीमा तीन मिटर चौडाइ र चार मिटर उचाइ भएको पर्खाल बनाइने भएको छ । 

पर्खाल निर्माणमा मजदूर परिचालन र जनश्रमदान गरेर नदी किनारको ढुङ्गा संकलन गरिएको छ । दुई सय ५० घरधुरी बजारवासीले प्रतिघर एक दिनका लागि श्रमदान गर्ने भएका छन् । दुई मिटरभन्दा बढी लम्बाइको पर्खाल बनाउनुपर्ने भएकाले बजेट पर्याप्त नहुँदा योजना अधुरो रहने देखिएको अध्यक्ष गौतमले बताउनुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x