×

NMB BANK
NIC ASIA

शरीरले पानी पाएन भने यसरी हुन्छ मृत्यु

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ चैत — प्रत्येक वर्ष २२ मार्च अर्थात् आजैको दिनमा विश्व पानी दिवस मनाइन्छ । 

पानीसम्बन्धी चुनौतीहरूका बारेमा मानिसमा जागरुकता बढोस् भने संयुक्त राष्ट्रसंघले यो दिवसको घोषणा गरेको हो । 

सामाजिक सञ्जालमा प्रायः सोधिइरहने प्रश्न हो : पानीविना मानिस कहिलेसम्म बाँच्न सक्छ ? 

अनेकौं लोकप्रिय लेखहरूको निष्कर्ष निकालेर गूगलले यसको उत्तर दिएको छ । एक मनुष्य पानी नपिइकन अधिकतम २० दिनसम्म बाँच्न सक्छ । तर वास्तविकता के हो भने पानीविना मानिस तीनचार दिनभन्दा बढी बाँच्न सक्दैन । 

जीवविज्ञानका प्राध्यापक –यान्डल के प्याकर चाहिँ यो प्रश्नको उत्तर यति सरल हुँदैन भन्छन् । उदाहरणका लागि, गर्मीका बेलामा कारभित्र बन्द भएको बच्चा र गर्मीमा खेलिरहेको खेलाडी पानी पाएन भने केही घन्टामै मर्छ । 

शरीरमा पानीको कमी हुँदा मानिस मर्छ । बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार, डिहाइड्रेसन भनेको त्यस्तो स्थिति हो जतिबेला तपाईंको शरीरले पानीको जति मात्र छोडिरहेको हुन्छ, त्यति नै अनुपातमा उसले पानी पाउँदैन । 

साना बच्चा र वृद्धहरूलाई डिहाइड्रसनको बढी खतरा हुन्छ । सही समयमा यसमाथि ध्यान नदिइएमा यसले ज्यानै लिन सक्छ । 

शरीरमा पानीको कमी हुँदा सबभन्दा पहिले मुख सुक्छ । प्यास लाग्न थाल्छ । यो नै डिहाइड्रेसनको पहिलो संकेत हो । 

त्यसपछि पिसाबको रंग पहेंलो हुन थाल्छ । त्यसमा दुर्गन्ध बढ्छ । चिकित्सकहरूका अनुसार, पानीको कमी हुँदा रगतमा चिनी र नूनको सन्तुलन बिग्रिएर यसो हुन्छ । 

केही घन्टापछि थकान अनुभव हुन्छ । बच्चाहरू रोए भने पनि उनीहरूको आँसु आउन बन्द हुन्छ । 

त्यसपछिका केही घन्टामा पिसाबको मात्रा एकदमै घट्छ । केही मानिसलाई चक्कर आउन थाल्छ र आँखाले थकान अनुभव गर्छ । 

दोस्रो दिन  शरीरले मुखमा अत्यधिक थुक बनाउने प्रयास गर्न थाल्छ । ओठ सुक्छ र आँखामा पीडा हुन्छ । 

बेस्सरी निद्रा लाग्छ । शरीरले जसरी भएपनि पानी बचाउने प्रयास गर्न थाल्छ । 

चिनीरोगी, मुटुरोगी र डायरियाको शिकार व्यक्तिमा यी सबै लक्षण योभन्दा छिटा. देखिन सक्छ । अत्यधिक रक्सी पिउने अनि ३८ डिग्री तापक्रममा बसेर काम गर्ने मानिसको स्थिति पनि छिट्टो बिग्रन्छ । 

दोस्रो दिन सकिँदासम्म पिसाबको अन्तराल आठ घन्टाभन्दा बढी हुन्छ । 

छालामा पानीको कमी प्रस्ट देखिन्छ । केही मानिसलाई चक्कर लाग्न थाल्छ ।

मानिसले आँखा देख्नै छोड्छन् । धमिलो देखिन थाल्छ । 

कमजोरी भएर उभिन पनि गाह्रो हुन्छ । हातगोडा चिसिन थाल्छन् । 

यो खतरनाक स्थिति हो । यसपछि मृत्यु पनि हुन सक्छ । उपचार उपलब्ध भयो भने पनि चिकित्सकहरूले रोगीलाई बचाउन सक्दैनन् । 

यसकारण छ पानी आवश्यक
हर्मोन बनाउनका लागि मस्तिष्कलाई पानी आवश्यक हुन्छ । 

शरीरले पानीबाट थुक बनाउँछ र त्यो पाचन प्रक्रियाका लागि आवश्यक हुन्छ । 

शरीरको तापक्रम पानीले निर्धारण गर्छ । 

शरीरका कोशिकाहरू पानीका कारण बढ्छन् र नयाँ कोशिका तयार पार्छन् । 

शरीरको फोहर बाहिर निकाल्न पानी नै आवश्यक हुन्छ । 

जोर्नीहरूका बीचको चिल्लोपन र छालाको आर्द्रता पनि पानीले नै दिलाउँछ । 

शरीरमा अक्सिजनको आवश्यक मात्रा बनाउन पनि पानी नै आवश्यक हुन्छ ।

बीबीसी हिन्दीबाट
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x