×

NMB BANK
NIC ASIA

प्रदेश १ को प्रदेशसभा नियमावलीमा सर्वसम्मति, संशोधनसहित पारित

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बिराटनगर, ८ चैत– प्रदेश नम्वर १ को प्रदेशसभा नियमावली २०७४ आज (बिहीवार) पारित भएको छ । प्रदेशसभाको सातौं बैठकले २ सय ११ नियम र ७ अनुसूची भएको नियमावली सर्वसम्मतिले पारित गरेको हो । 

Sagarmatha Cement
Muktinath Bank

प्रदेशसभा सदस्य लिलावल्लभ अधिकारीको संयोजकत्वमा गठन भएको ११ सदस्यीय प्रदेशसभा नियमावली मस्यौदा समितिले तयार गरी सदनमा प्रस्ताव गरेको नियमावली संशोधनसहित पारित भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सदनमा पेश भएको नियमावली मस्यौदामाथि नेकपा एमालेकी सांसद उषाकला राईले संशोधन दर्ता गराएकी थिइन् । नियमावलीमा व्यवस्था गरिएको शुन्य समय र प्रश्नोत्तर समयको छुट्टा–छुट्टै प्रावधानले अलमल भएको भन्दै उनले स्पष्ट हुने गरी एउटा मात्र व्यवस्था गर्न संशोधन दर्ता गराएकी थिइन् । राईले दर्ता गराएको संशोधन प्रस्ताव सर्वसम्मतीले पारित भएपछि नियमावलीको अंग बनेको घोषणा गरिएको थियो । संशोधन पछि शुन्य समयको अवधि एक घण्टा ३० मिनेट कायम भएको छ । नियमावलीले विभिन्न सातवटा संसदीय समिति गठन हुने व्यवस्था गरेको छ ।  


Advertisment
Nabil box
Kumari

संसदको नियमित कार्य संचालनलाई व्यवस्थित गर्न झन्झटिलो विधिहरुलाई सकेसम्म समावेश नगरी छोटो र प्रभावकारी हुने गरी मौलिकरुपमा तयार पारिएको मस्यौदा समितिका संयोजक लिलावल्लभ अधिकारीले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

अधिकारीले प्रस्तताव गरेको नियमावली मस्यौदामाथि १३ जना सांसदहरुले टिप्पणी गरेका थिए । प्रदेशसभा नियमावलीमाथि बिचार गरियोस् भन्ने प्रस्तावमा टिप्पणी गर्दै नेकपा एमालेका सांसद रामबहादुर राईले गलत क्रियाकलाप गर्ने सांसदलाई निलम्वन गर्ने समयमा एकरुपता हुनुपर्ने बताए । 

यसैगरी सांसद सर्वध्वज साँवाले बैठक समयमा शुरु गर्ने र जिम्मेवार बन्ने विषय पनि नियमावलीमा व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेसका सांसद तथा सचेतक केदार कार्कीले सहमतिको संस्कारबाट अघि बढ्न र दम्भ नराख्न आग्रह गरे । उनले नियमावली सांसदको आचारसंहिता भएकोले सबैले पालना गर्ने र समस्या आए परिमार्जन गरेर अघि बढ्ने विधिमा जानु पर्ने बताए । कांग्रेसका अर्का सांसद सुयर्माराज राईले प्रदेश नम्वर १ लाई समुन्नत र सुसंस्कृत बनाउन आफ्नोपन र मौलिकतालाई ख्यालमा राखेर मस्यौदा तयार पारेकोले समर्थन रहेको जनाए । 

छलफलमा नेकपा एमालेका सांसदहरु उषाकला राई, निरन राई, हिराकुमार थापा, यशोधा अधिकारी, नेकपा माओवादी केन्द्रका नारायणबहादुर मगर र सीता थेवे सहभागी भए । 

यसैगरी सघीय समाजवादी फोरमका तर्फबाट जयराम यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्दिरा राई र संघीय लिम्वुवान राष्ट्रिय मञ्चकी बिष्णु तुम्वाहाम्फेले नियमावली मस्यौदामाथि आफ्नो धारणा राखेका थिए । 
नियमावली पारित पछि चैत १४ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x