×

NMB BANK
NIC ASIA

प्रदेश ५ः आर्थिक कार्यविधि सर्वसम्मतिले पारित

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ८ चैत - प्रदेश नं ५ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेश सरकारको आर्थिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । 

Muktinath Bank

प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक सभामुखले प्रदेशसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको हो । यो विधेयक पारित भएपछि अब सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही फागुन ४ गते बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्रीको हैसियतले मुख्यमन्त्री शंकर पोखरेलले संसद्मा प्रस्तुत गर्नुभएको सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयकमा प्रदेशसभा नियमावली २०७४ को नियम ११० बमोजिम कुनै पनि संशोधनसम्बन्धी सूचना नपरेको आजको बैठकको शुरुमै सभामुखले जानकारी गराउनुभएको थियो । 


Advertisment
Nabil box
Kumari

यसपछि उक्त आर्थिक विधेयकमा सभामुखले प्रदेशसभा नियमावलीको नियम ११६ बमोजिम आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक प्रदेश सरकारको अंग बनोस् भनी बैठकमा निर्णयार्थ प्रस्तुत हँुदा सर्वसम्मतले पारित भएकाले उक्त विधेयकको दफा २ देखि ६४ सम्म सम्पूर्ण विधेयकको अंग बनेको घोषणा गर्नुभयो । 

Vianet communication
Laxmi Bank

बैठकमा सभामुखले उक्त विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँदै ‘प्रदेश सञ्चित कोष वा सरकारी कोषको सञ्चालन, बजेट तर्जुमा, निकासा तथा खर्च गर्ने, लेखा राख्ने, प्रतिवेदन गर्ने, आन्तरिक लेखा परीक्षकको व्यवस्था मिलाउने, आन्तरिक तथा अन्तिम लेखा परीक्षण गर्ने गराउने, बेरुजु फछ्र्यौट तथा असुलउपर एवं तहशील गर्ने गराउने विषयमा मार्गदर्शन गरी प्रदेशको आर्थिक कार्यविधि नियमित गर्न गराउन बाञ्छनीय भएकाले नेपालको संविधानको धारा ५९ र २१३ बमोजिम प्रदेश नं ५ सरकारले यो ऐन बनाएको छ ।” 

बैठकमा सभामुखले विधेयकको नाम र प्रस्तावना विधेयकको अंग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतले पारित भएकाले प्रदेश सरकारको आर्थिक कार्यविधि ऐनको अंग बनेको घोषणा गर्नुभएको थियो । 

यसलगत्तै सभामुखले सरकारको तर्फबाट आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्न भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीलाई समय दिनुभएको थियो । मन्त्री चौधरीले विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव गर्नुभएपछि सर्वसम्मतरुपमा पारित गरेको छ । 

संघीय सरकारले यो आर्थिक वर्षमा प्रदेश सरकारलाई रु एक अर्ब दुई करोड बजेट उपलब्ध गराएको छ । संसद्बाट आर्थिक कार्यविधि पास भएपछि सरकारले त्यो बजेट व्यवस्थापन र परिचालन गर्न शुरु गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x