×

NMB BANK
NIC ASIA

लालबाबुको अडान : स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत हुँदैन

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ८ चैत - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार कर्मचारीको सेवा र सुविधा वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । 

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय मोरङमा आज आयोजित जिल्लास्थित कार्यालय प्रमुखको भेलामा उहाँले  कर्मचारी खटाएको स्थानमा गए  सेवा र सुविधा वृद्धि गरिने बताउनुभयो |


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री पण्डितले कुनै पनि कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत नहुने उल्लेख गर्दै मन्त्री र सचिवकोमा धाउँदैमा समायोजन नरोकिने स्पष्ट पार्नुभयो । 


Advertisment
Nabil box
Kumari

प्राविधिक कर्मचारी स्थलगत रुपमा कार्य नगरेकाले आज देशको यस्तो दुर्दशा भएको छ बताउँदै उहाँले कामको क्षेत्रसँग विषय नमिलेका कारण नै आफूले प्राविधिक कर्मचारीलाई प्रशासनमा जाने रोकेको जानकारी दिनुभयो । 

Vianet communication
Laxmi Bank

मन्त्री पण्डितले सरकारले निजामती कर्मचारीको तालीम, विदेश अध्ययन भ्रमणअनुसार राज्यलाई प्रतिफल दिनुपर्नेमा जोड दिँदै स्वेच्छिक अवकास अधिकार होइन, सुविधा मात्र हो भन्नुभयो । 

जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी सार्वजनिक सेवा प्रवाह गर्न निजामती कर्मचारीलाई आग्रह गर्दै उहाँले उच्च मनोबलका साथ आफ्नो पदीय जिम्मेवारी वहन गर्न कर्मचारीलाई निर्देशन पनि दिनुभयो । 

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संघीयता कार्यान्वयनमा बाधा उत्पन्न नगराउन कर्मचारीलाई निर्देशन दिँदै स्थानीय तहलाई क्रियाशील गराउन सामान्य प्रशासन मन्त्रालयले गरेको निर्णयलाई सहयोग पु¥याउन आग्रह गर्नुभयो । 

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले कर्मचारीले समयमा कार्यालय जाने र तोकिएको पोशाक लगाउन निर्देशन दिँदै बिदाको दिन अनुमति बिना सवारी सञ्चालन गरेमा कारबाही गरिने बताउनुभयो । 

भेलामा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, स्थानीय निकायका कर्मचारी, सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र सञ्चारकर्मीको सहभागितामा थियो । रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x