×

NMB BANK
NIC ASIA

कम्युनिस्ट सरकार हुँदा पनि मेरो बाबा जेल बस्नुपर्ने ?

चैत ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ चैत -‘आज पनि सोध्न मन लाग्छ, बालकृष्ण ढुंगेल जेल बस्नुपर्ने तर अरू छाती चौडा गरेर घुम्ने, यो कस्तो गणतन्त्र हो ?’ उनको प्रश्न त्यतिमै रोकिएन, ‘देशमा कम्युनिस्टको सरकार छ । गणतन्त्र दिवस मनाइन्छ । तर त्यही गणतन्त्रका लागि लडेका एउटा योद्धा जेलमा छन् । यो कस्तो गणतन्त्र हो ? कहाँ छ गणतन्त्र ?’

Muktinath Bank

सर्वोच्च अदालतको आदेशमा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलद्वारा लिखित गीति एल्बमको विमोचन कार्यक्रममा उनकी जेठी छोरी विनिताको प्रश्न हो यो । ढुंगेल केन्द्रीय कारागारमा जेल सजाय बिताइरहँदा उनीद्वारा रचित गीति एल्बम बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमको अध्यक्षता उनकी जेठी छोरी विनिताले गरेकी थिइन् । कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै बाल्यकालको स्मरण गर्दै उनले सभाहल नै स्तब्ध पारिन् । आफ्नो बाल्यकालबारे उनले सुनाउँदा कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला), पूर्वसञ्चारमन्त्री राम कार्की, पूर्वशिक्षामन्त्री डीआर पौडेलको समेत आँखा रसाएका थिए ।


Advertisment
Nabil box
Kumari

‘म र मेरी बहिनी कहिलेकाहीँ आमालाई सोध्थ्यौं– सबैका बुबा घरमा छन्, हाम्रो बुबा चाहिँ खोइ त ? हामी आमालाई यो प्रश्न निरन्तर सोध्थ्यौं तर यही प्रश्नले आमालाई सारै पीडा हुँदोरहेछ,’ उनले विगत सम्झिन्, ‘हाम्रो प्रश्न आएपछि आमाले हामीलाई सम्झाउनुहुन्थ्यो, बुबा माओवादी हुनुभएको छ, कुनै दिन आउनुहुन्छ, भन्नु हुन्थ्यो ।’

Vianet communication
Laxmi Bank

‘गाउँमा साथीहरूका बुबाले नयाँ कपडा ल्याइदिएको देखाउँदा पनि हामी घरमा आएर आमालाई बुबा खोइ भनेर सोध्थ्यौंै, यहाँसम्म कि बालकृष्ण ढुंगेलकै छोरी भएकाले हामीले बाबुको फोटो हेर्नसमेत पाएका थिएनौं,’ विनिताले भनिन्, ‘घरमा सेना र प्रहरीले खानतलासी गर्ने काम सधैंजस्तो गथ्र्यो । आमाले बुबाका फोटा घरपछाडि खाल्डो खनेर लुकाएकी थिइन् । एक दिन त्यो पनि सेनाले थाहा पाएर खाल्डो उधिनेर फोटो नै लग्यो, त्यसपछि फोटामा भेटेका बुबा पनि हामीबाट टाढा भए । बालकृष्ण ढुुंगेलका छोरी भएकै कारण हामीले आप्mनो बाबाको फोटो पनि हेर्न पाएनौं ।’ विनिताले सुरक्षाका कारण गाउँमा बस्न नसकेपछि काठमाडौंमा आएर आमा ज्यामी काम गर्न थालेको र आफूहरू अनाथालयमा बसेको समेत सुनाइन् ।उनले मानवअधिकारवादीलाई आफ्नो मानवअधिकारबारे खोज्न नपर्ने भनेर प्रश्नसमेत गरिन् । उनले भनिन्, ‘सावित्री श्रेष्ठको मानवअधिकार खोज्ने मानवअधिकारवादीहरूले मेरो मानवअधिकार किन खोज्दैनन् ?’ के मेरो मानवअधिकार हुँदैन ? हुन्छ भने किन खोज्दैनन् ?’ राजधानी दैनिकमा खबर छ |

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x