पुस १, २०८०
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
काठमाडौं, ९ चैत– इन्डियन प्रिमियर लिग (आइपिएल)मा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्समा १ नम्बरको जर्सी लगाउने भएका छन् ।
एक कार्यक्रमबीच दिल्लीका सिइओ हेमन्त दुवाले बिहीबार सन्दीपलाई एक नम्बरको जर्सी प्रदान गरेका छन् । ११औँ आइपिएलको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो ।
राम्रो गरे स्थान
पहिलो नेपाली खेलाडीका रूपमा सन्दीप आइपिएलमा अनुबन्ध भएका छन् । तर, सन्दीपले दिल्लीबाट आइपिएलमा डेब्यु गर्छन् कि गर्दैनन् भन्ने प्रश्न पनि छ । दिल्लीका सिइओ दुवाले सन्दीपले प्रशिक्षणमा राम्रो गरे स्थान पाउन सक्ने विश्वास दिलाए । तर, यसका लागि क्लबको मात्र निर्णय नभएर प्रशिक्षक तथा कप्तानको पनि निर्णय चाहिने उनले स्पष्ट पारेका छन् ।
सन्दीपको चाहना २५ नम्बर
सन्दीपको भित्री चाहना २५ नम्बर जर्सी लगाउनु नै थियो । तर, सन्दीपले दिल्लीबाट १ नम्बरको जर्सी पाएका छन् । दिल्लीले २५ नम्बरको जर्सी कागिसो राडवालाई दिइसकेको छ ।
यस कारण सन्दीपले आफ्नो मनपर्ने जर्सी २५ नम्बर लगाउन वञ्चित भएका हुन् । घरेलु तथा राष्ट्रिय टोलीबाट सन्दीपले २५ नम्बरकै जर्सी लगाउने गर्छन् ।
सन्दीपले आफूलाई २५ नम्बर जर्सी किन प्यारो लाग्छ भन्ने खुलासा गरेका छन् । उनी भन्छन्, ‘मेरो भान्जीको जन्मदिन २५ गते नै पर्छ, तर उनी यस संसारमा अहिले छैनन्, भान्जीलाई सम्झँदै मैले २५ नम्बरको जर्सी लगाउने गरेको हुँ ।’ सन्दीपले १ नम्बरको जर्सी पाउँदा पनि खुसी नै भएको बताए ।
‘भान्जी जन्मेको पहिलो महिना नै हो, यसकारण पनि म १ नम्बर जर्सीमै खुसी छु,’ भावुक हुँदै उनले भने ।, नयाँ पत्रिकामा खबर छ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...