×

NMB BANK
NIC ASIA

चामल ढुवानी नगर्ने ठेकेदारलाई कारबाही

चैत ९, २०७४

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

जाजरकोट, ९ चैत- ढुवानीको जिम्मा लिएर समयमा चामल ढुवानी नगर्ने ठेकेदारलाई नेपाल खाद्य संस्थान जिल्ला शाखाले कारबाही गरेको छ । 

संस्थानले खाद्य संकट परेका बारेकोटस्थित घाट खाद्य डिपोमा चामल ढुवानी गर्न अटेर गर्ने सरोज एण्ड सपना सप्लायर्स भेरी २ लाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोडेको छ । 

एक हजार क्विन्टल खाद्य सामग्री ढुवानी गर्ने गरी ठेक्का स्वीकृति गराएको सो सप्लायर्सले ११९ क्विन्टल मात्र ढुवानी गरेको र अरु चामल ढुवानी गर्न आनाकानी गरेपछि कालोसूचीमा राखेर कारबाही गर्नुका साथै नयाँ ठेक्का ठेकेदारलाई ढुवानीको जिम्मा दिइएको शाखाका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । 

सरकारले चालू आर्थिक वर्षमा नायकवाडाको घाट खाद्य डिपोका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो ।समयमा ढुवानी नगर्दा चामल लिन डिपो आएका सर्वसाधारण रित्तै फर्कन थालेका छन् । 

कममा ढुवानी गर्ने समहमति 

कालोसूचीमा परेको सप्लायर्सले जाजरकोट खलंगादेखि डिपोसम्मको ढुवानी घटाघटमा प्रतिक्विन्टल एक हजार ४७५ मा ठेक्का सदर गरेको थियो । खलंगा बारेकोट ढुवानीका लागि कम्तीमा रु एक हजार ८०० प्रतिक्विन्टल लाग्ने गरेको छ । स्वीकृत दरमा ढुवानी गर्दा प्रतिक्विन्टल करिब रु ३०० घाटा हुने देखिन्छ । 

चामल ढुवानी गर्नुपर्ने दबाब परेपछि घाटा सहेर ढुवानी गर्नुभन्दा उनी कारबाही भोग्न तयार भएका हुन् । गत वर्षहरूमा डिपोमा कर्मचारी नहुँदा बाटोमै बिक्री गर्ने र सबै चामल ढुवानी नगर्ने भएकाले कमदरमा पनि ठेकेदारले फाइदा लिने गरेका थिए ।

Muktinath Bank

त्यही प्रक्रिया अपनाउनका लागि नै ठेकेदारले ढुवानी गर्न आनाकानी गरिरहेका अनुमान सम्बद्ध व्यक्तिको छ तर यसपटक जनप्रतिनिधि आएका र डिपोमा पनि कर्मचारी भएकाले ठेकेदार चामल ढुवानी गर्नुपर्ने दबाब परेको थियो । ढुवानीको जिम्मा लिएका सप्लायर्सका प्रोपराइटर सुनारले खच्चड नपाइएको र बाटो अप्ठ्यारोे भएकाले चामल ढुवानीमा ढिलाइ भएको स्वीकार गर्नुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँले असारसम्म ढुवानी गर्ने सम्झौता भए पनि बीचमै टेण्डर तोडेकाले धरौटी रु ७३ हजार गुमेको र आफ्नो फर्मलाई कालोसूचीमा राखेकोमा न्यायका लागि अदालत जाने बताउनुभयो । 

सदरमुकाममा छ गाउँमा छैन 

जिल्ला सदरमुकाम खलंगास्थित खाद्य संस्थानमा अहिले बिक्री नभएर चामल थन्किएको छ भने ग्रामीण भेकमा रहेका खाद्य डिपोमा भने चामल नपुगेर स्थानीय हैरान छन् । प्रत्येक डिपोका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरिए पनि हालसम्म बारेकोटको घाट डिपोमा ११९, दशेरास्थित खाद्य डिपोमा ३२९ क्विन्टल, पजारुको घोगीमा ३५१ र रग्दाको चौखामा ७०० क्विन्टल चामल ढुवानी गरिएको सो शाखाले जनाएको छ । 

किन हुन्छ बारेकोटमा अभाव 

साविकका सक्ला, रामीडाँडा, रोकायगाँउ र नायकवाडा गाविस मिलाएर बनाइएको यो बारेकोट गाँउपालिका जुम्लासँग सिमाना जोडिएको छ । यहाँ उत्पादित अन्नले छ महिना पनि नपुग्ने र आयस्रोतका अन्य माध्यम नहुँदा स्थानीय रोजगारीका लागि भारत जाने गर्दछन् । 

उच्च लेकाली भूभाग भएकाले धान उत्पादन न्यून हुन्छ । जौ, गहँु, मकै, कोदो, फापर फल्ने यस क्षेत्रमा स्थानीय उत्पादनमा खासै जोड नदिंदा खाद्य संस्थानकै भरमा स्थानीय छन् ।स्थानीय वीरेन्द्रऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंह भन्नुहुन्छ , श्रम गर्ने बानी हटिसक्यो, भाते बानीले गर्दा पनि बारेकोटमा सधँै चामलको अभाव हुने गरेको हो । 

श्रम गर्ने युवा जति कामको खोजीमा भारतलगायतका खाडीमुलुकमा गएकाले गाउँमा प्राय बालबालिका, महिला र वृद्धवृद्धा मात्र छन् । रासस


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x