×

NMB BANK
NIC ASIA

लसुन प्याजलाई किन तामसिक भोजन मानिन्छ ?

चैत ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ चैत — लसुन र प्याजले खानाको स्वाद बढाउँछन् । तर ब्राह्मणहरू अनि जैनहरूलाई लसुन प्याज खान प्रतिबन्ध छ । यो तामसिक भोजन भएको र यसले हाम्रो प्रवृत्तिलाई खराब बनाउने तर्क दिइन्छ । 

आयुर्वेदका अनुसार, भोजनलाई तीन श्रेणीमा बाँडिएको छ ः सात्त्विक, राजसिक र तामसिक । सात्त्विक भोजन गर्दा शान्ति, संयम, पवित्रता र आनन्द जस्ता गुण विकसित हुन्छन् । राजसी भोजन लिँदा एकोहोरोपन र खुशी जस्ता गुणमा
वृद्धि हुन्छ । तामसिक भोजन गर्दा चाहिँ क्रोध, एकोहोरोपन, अहंकार र विनाश जस्ता अवगुणमा वृद्धि हुन्छ ।

दूध, घिउ, पीठो, चामल, लौका, परवर, करेला जस्ता पदार्थ सात्त्विक हुन् । मिठाइ, अमिलो, पीरो र तिक्खर स्वाद भएका खानेकुरा राजसी हुन् । लसुन, प्याज, माछामासु र अण्डा जस्ता खाद्य पदार्थ तामसिक हुन् । 

समुद्रमन्थनबाट निस्केको अमृतलाई भगवान् विष्णुले माहिनी रूप धरेर देवताहरूलाई बाँडेपछि छलपूर्वक राहु र केतु नामक राक्षसले अमृतका केही थोपा निले । भगवान् विषण्ुलाई यस छलका बारेमा थाहा भएपछि उहाँले क्रोधित भएर दुवै राक्षसको टाउको जिउबाट अलग गरिदिनुभयो । 

शिर काटिएपछि अमृतका केही थोपाजमीनमा झरे जसबाट लसुन र प्याज उब्जिए । अमृतबाट उत्पन्न भएका कारण यिनमा रोगसँग लड्न सक्ने क्षमता छ तर राक्षसको मुख परेको भएर यसमा कडा गन्ध आउँछ र यसलाई अपवित्र मानिन्छ । 

यो त भयो पौराणिक कारण । वैज्ञानिक कारणको कुरा गर्दा लसुन र प्याज दुवैको प्रकृति तातो हुन्छ अर्थात् यिनलाई खाँदा शरीरमा तातो भएर ऊर्जा उत्पन्न गर्छ । शरीर तातेर कामवासना पनि वृद्धि हुन्छ जसले गर्दा शरीर तथा मनमा
तामसिक वासना उत्पन्न हुन्छ । यसरी वासनाले ग्रस्त मनले उग्र र असामाजिक काम गराउन मानिसलाई प्रवृत्त गर्छ । 

वास्तवमा भन्नुपर्दा कुनै पनि कुरा सीमामा बसेर नै ग्रहण गर्नुपर्ने हुन्छ । धेर लसुन प्याज खाँदा खराब गर्ने हो । ठिक्क मात्रामा खाँदा भने यसले फाइदै गर्छ ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x