×

NMB BANK
NIC ASIA

ट्रम्पका नयाँ सुरक्षा सल्लाहकार बोल्टन कस्ता व्यक्ति हुन् ?

चैत ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ चैत — जर्ज डब्ल्यु बुश प्रशासनमा प्रभावशाली स्थानमा रहेका युद्धप्रिय पुरातनपन्थी नेता जोन बोल्टन अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार बन्ने भएका छन् । 

अमेरिकी शक्तिका प्रतिरक्षक तथा विदेशमा अमेरिकी शक्ति लगाउनुपर्ने विषयका पक्षपाती बोल्टनले आफ्ना धारणाहरू कडा रूपमा राख्ने गरेका छन् । 

उनी तलका पाँच कुरामा विश्वास राख्छन् :

१. उत्तर कोरियाविरुद्ध अग्रआक्रमण जायज छ 
उत्तर कोरियाका सम्बन्धमा बोल्टनका विचारहरूमाथि कडा निगरानी रहनेछ किनकि ट्रम्प र किम जोङ–उनबीचको सम्मेलन मे महीनामा हुने अपेक्षा गरिएको छ । 

उत्तर कोरिया र उसको आणविक कार्यक्रमले अमेरिकामाथि तात्कालिक खतरा पारेको विश्वास आफूले लिएको भनी बोल्टनले प्रस्ट पारिसकेका छन् । वाशिङटनले यसमा कूटनीतिक उपाय अपनाउनुपर्ने भन्नेहरूका विचारलाई उनले खारेज गर्ने गरेका छन् । 

२. इरानमाथि बम आक्रमण गर्नु ठीक हुन्छ 
डोनल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलरसनलाई इरानसँगको आणविक सम्झौताका विषयमा फरक विचार राखेकोमा बर्खास्त गरेको बुझिन्छ । ट्रम्पले यस आणविक सम्झौताको कडा आलोचना गर्ने गरेका छन् । 

यस विषयमा जोन बोल्टनसँग उनको विचार मिल्छ । बोल्टनले यस विषयमा द न्युयोर्क टाइम्समा लेखे, ‘समय एकदमै कम छ तर इरानमाथिको आक्रमण सफल हुन सक्नेछ । इरानको विपक्षलाई अमेरिकाले पूर्ण सहयोग गर्नुपर्छ र तेहरानमा सत्ता परिवर्तन गराउनुपर्छ ।’

३. उनी संयुक्त राष्ट्रसंघलाई मन पराउँदैनन्
‘संयुक्त राष्ट्रसंघ भन्ने चीज नै छैन,’ बोल्टनले सन् १९९४ मा एक भाषण दिँदै बताए । ‘संसारमा एक मात्र वास्तविक शक्ति छ र त्यो अमेरिका हो अनि त्यसैले कहिलेकाहीँ अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्न सक्छ । अमेरिकाको हित सुहाउँदो र अरूलाई आफूसँगै लान सक्ने अवस्थामा अमेरिकाले नेतृत्व गर्ने हो ।’

पछि तिनै बोल्टन राष्ट्रसंघका लागि अमेरिकाका राजदूत भए । उनले राष्ट्रसंघको सुधारका लागि गरेको प्रयासले प्रशंसा पनि कमाए । 

४. इराक युद्ध भूल थिएन
ट्रम्पले केही हप्ताअघिसम्म पनि अमेरिका नेतृत्वको इराक युद्धलाई अहिलेसम्मकै सबभन्दा खराब निर्णय भनेका थिए । तर त्यसैबेलामा बोल्टनले यो युद्धलाई निन्दा गर्न मानेनन् । 

‘सद्दाम हुसेनलाई सत्ताच्युत गर्नु गल्ती थियो भन्नु एकदमै सपाट दाबी हो,’ उनले फक्स न्युजमा भने ।

५. रुसविरुद्ध दह्रो उभिनुपर्छ
बोल्टनले सन् २०१६ को राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेप ‘वास्तविक युद्ध हो र वाशिङटनले यसलाई कहिल्यै नसहने’ बताए । 

सन् २०१७ को जुलाई महीनामा ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्दा रुसले हस्तक्षेप नगरेको पुटिनले बताएका थिए । त्यतिखेर बोल्टनले ‘पुटिनले केजीबी (रुसको जासूसी संस्था) को उच्च तालिमको बलमा झुट बोलेको’ भनी लेखेका थिए ।

हालसालै चाहिँ बेलायतमा रुसका पूर्वजासूस सर्गेई स्क्रिपाललाई विष दिइएकोमा रुसमाथि दोष लगाइएको छ र बोल्टनले रुसलाई पश्चिमको कडा प्रत्युत्तर आवश्यक रहेको बताएका छन् ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x