×

NMB BANK
NIC ASIA

तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप शुरू, आयोजक टिम क्वाटरफाइनलमा

चैत ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ९ चैत– तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नक आउट फूटबल प्रतियोगिता शुक्रबारदेखि बुटवलमा सुरू भएको छ । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । 
यसैबीच शुक्रबार भएको पहिलो उद्घाटन खेलमा पाहुना टोली सुदुरपश्चिम ११ लाई हराउँदै आयोजक टिम मदन भण्डारी स्पोर्टस् एकेडेमी क्वाटरफाईनलमा प्रबेश गरेको छ ।

Muktinath Bank

मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा सुदुरपश्चिम ११ लाई ५–१ ले हराउँदै आयोजक क्वाटरफाईनलमा प्रबेश गरेको हो । मदन भण्डारीका लागि प्रकाश बुढाथोकीले २, विदेशी खेलाडी आबा, विश्व अधिकारी र दिप आलेले १–१ गोल गरे । सुदुरपश्चिम ११ का लागि एक मात्र शान्त्वना गोल पूर्ण अन्जन ध्वजुले गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबारदेखि १९ गतेसम्म हुने प्रतियोगितामा ए डिभिजनका क्लवहरुको सहभागिता रहेको छ । खेल र खेलाडीहरुको प्रोत्साहनका लागि आयोजना गरिएको प्रतियोगितामा पहिलो पटक प्रति खेलाडी ३ लाख रुपैयाँ बिमा समेत गरिएको छ । प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्वितीय हुनेले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सेमिफाईनल पुग्ने २ टिमले नगद १ लाख प्राप्त गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

त्यसैगरी सर्वोउत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्ने आयोजकको भनाइ छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यपंक्ति खेलाडीले नगद २१–२१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

Vianet communication
Laxmi Bank

१ करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम ११, नेपाल आर्मी, थ्रीस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्र्याङ्दी, सुनौलो संगम, एपीएफ क्बल र झापा ११ को सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत चैत ११ गते झापा ११ र एपिएफ क्लवकाबीच प्रतिस्पर्धा हुनेछ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x