×

NMB BANK
NIC ASIA

जनकपुरधाम, ९ चैत– धनुषामा सञ्चालित स्नातकोत्तर दोस्रो वर्ष र स्नातक चौथो वर्षको परीक्षालाई मर्यादित बनाउन आएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई ज्यान मार्ने धम्की आएको छ । 

Sagarmatha Cement
Muktinath Bank

परीक्षामा चिट चोर्ने परीक्षार्थीलाई निष्काशन गरेपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक अखिलेश कुमार सिंहलाई ज्यान मार्ने धम्की आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब)मा जारी स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा तथा जनकपुरका विभिन्न कलेजमा सञ्चालित स्नातक तह चौथो वर्षको परीक्षा मर्यादित बनाउन त्रिविका परीक्षा सहनियन्त्रक सिंह नेतृत्वको टोली जनकपुर आएको हो । केन्द्रबाटै टोली आएपछि परीक्षामा कडाइ गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सहनियन्त्रक सिंहले परीक्षामा चिट चोर्ने तथा अमर्यादित गतिविधि गर्ने परीक्षार्थीलाई धमाधम निष्कासन गरिरहेका छन् । सिंह नेतृत्वको टोलीले राराबबाट ६४ जना परीक्षार्थीलाई निष्कासन गरेको छ । 

Vianet communication
Laxmi Bank

सह–नियन्त्रक अखिलेश कुमार सिंह


यस्तै राजश्री जनक क्याम्पसमा स्नातक चौथो वर्षको परीक्षामा चिट चोर्ने ४ जना परीक्षार्थीलाई पनि सिंह नेतृत्वको टोलीले निष्कासन गरेको छ । 

परीक्षा हलबाट निकालिएका परीक्षार्थी तथा तिनका आफन्तहरुले फोन गरी आफूलाई धम्की दिएको सिंहले लोकान्तरलाई बताए । 

उत्तर पुस्तिक परिवर्तन गर्ने अर्को गिरोह सक्रिय

धनुषाका विभिन्न क्याम्पसहरुमा सञ्चालन हुने परीक्षामा चिट चोराउनेसँगै परीक्षार्थीको उत्तर पुस्तिका परिवर्तन गर्ने गिरोह समेत सक्रिय रहेको खुलेको छ । उक्त गिरोहका व्यक्तिले विद्यार्थीले लेखेको पुस्तिकाको ठाउँमा बाहिरबाट सबै प्रश्नहरु हल भएको उत्तर पुस्तिका हालेर परीक्षा नियन्त्रण कार्यालयमा पठाउने गरेको खुलेको छ । 

यस्तो गिरोहमा स्थानीय क्याम्पसमा काम गर्ने अधिकारी समेत संलग्न रहेको तथ्य फेला परेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका उप–नियन्त्रक सिंहले सम्पूर्ण परीक्षामा नै कडाइ गरेपछि उत्तर पुस्तिका परिवर्तन गर्ने गिरोह पनि उनीविरुद्ध सक्रिय भएको छ । 

उत्तर पुस्तिका परिवर्तन गर्ने गिरोहका सदस्यले समेत उप–नियन्त्रक सिंहलाई धम्की दिएका छन् । 

फलोअप : नेता र पुलिसलाई छुट्टै हलमा परीक्षा, विद्यार्थी निष्कासित गरेपछि होहल्ला र नाराबाजी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x