×

NMB BANK
NIC ASIA

बेलायती अध्ययनको निष्कर्ष : मोटोपना भएकालाई क्यान्सरको खतरा

चैत ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

लण्डन, ९ चैत - अर्बुद (क्यान्सर) सम्बन्धि रोगबाट बच्न वा रोक्न धुम्रपानभन्दा पनि राम्रो उपाय शरीरलाई अनावश्यक मोटो हुनबाट जोगाउनु हुने विश्वकै सवैभन्दा ठूलो क्यान्सर रोगसम्बन्धि अनुसन्धानमा स्वतन्त्र रूपमा लगानी गर्ने बेलायतस्थित एक अनुसन्धानमुलक संस्थाले शुक्रबार जनाएको छ । 

Muktinath Bank

बेलायती अर्बुद रोग अनुसन्धान संस्थाका कार्यकारी प्रमुख हरपल कुमारले पछिल्लो समय धुम्रपानकर्ताहरूको दरमा कमी देखिन थालेको र मानिसमा मोटोपनाको समस्या बढ्दो देखिएपछि आएको अध्ययनले संसारको सवैभन्दा बढी मृत्युको कारक धुम्रपान मानिदै आएपनि मोटोपना क्यान्सरको प्रमुख कारक हुने बताए  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामी सचेत बनेनाँै भने मोटोपनाको समस्या धुम्रपानभन्दा बढी खतरनाक बन्नेछ, कुमारले बताए । 


Advertisment
Nabil box
Kumari

“मलाई के लाग्छ भने क्यान्सर रोगका यी दुई कारकमध्ये मोटोपनाको कारण आउने समस्या आगामी एक दुई दशकमा उल्टिनेछ ।” 

Vianet communication
Laxmi Bank

सन् २०१५ मा क्यान्सर रोगका कारकको अध्ययनका लागि लिइएको तथ्याङ्कको विश्लेषणपछि संस्थाले भनेको छ, “बेलायतमा अर्बुद रोगबारे गरिएको अनुसन्धानबाट कुनैपनि व्यक्तिको जीवनशैलीमा ल्याउन सकिने परिवर्तनले ३७.७ प्रतिशत क्यानसरजन्य रोगलाई रोकथाम गर्न सकिन्छ ।” 

धुम्रपान नगर्नु क्यानसरसम्बन्धि समस्याबाट बच्नका लागि अपनाउन सकिने एउटा प्रमुख उपाय हो । धुम्रपान गर्ने बानी हटाउँदा १५.१ प्रतिशत समस्याको रोकथाम गर्न सकिने संस्थाले बताएको छ । यो संस्थाको यस अघि सन् २०११ को अध्ययनले १९.४ प्रतिशत समस्याको रोकथाम गर्न सकिने पाइएको बताएपनि समय र मानिसको आनीबानीमा आएको परिवर्तनसँगै अर्बुद रोगको कारक तत्वको भूमिकामा पनि परिवर्तन देखिएको हो । सन् २०११ मा मोटोपना नियन्त्रणका कारण यो रोगको समस्या टाढा गर्न सकिने सम्भावना ५.५ प्रतिशत देखाइएको थियो । तर समयसँगै मार्च २३ मा सार्वजनिक तथ्याङ्कले मोटोपनाको कारण ६.६ प्रतिशत रोगीमा क्यान्सर समस्या देखिएको निष्कर्ष निकालिएको छ । 

यसपछिका कारक तत्वमा सूर्यको किरणमा आएका परावैजनी किरणबाट ३.८ प्रतिशत, सनवाथ र व्यवसाय गर्दा पर्ने सूर्यको प्रकाशको प्रभावबाट हुने समस्या ३.८ प्रतिशत, सङ्क्रमणबाट ३.६ प्रतिशत, रक्सी र रक्सीजन्य पदार्थको सेवनका कारण ३.३ प्रतिशत तथा फाइभरजन्य पदार्थको कमीका कारण हुने समस्या रहेको अध्ययनले देखाएको छ । 

बेलायती अनुसन्धानमुलक पत्रिकामा जनाइए अनुसार माटोपनाका कारण आन्द्रा, स्तन, गर्भासय तथा मृगौलालगायतका स्थानमा हुने विभिन्न १३ थरि क्यान्सर रोगको समस्या आउने पाइएको छ । 

कुमारले भने, “असल जीवनशैलीले क्यान्सरबाट मुक्त हुने प्रत्याभूत त हुँदैन तर यसले कुनैपनि व्यक्तिलाई यस रोगबाट बच्नमा मद्दत गर्ने सम्भावना भने हुन्छ नै । अर्थात् जीवनयापन राम्रो भएका व्यक्तिलाई पनि क्यान्सर लाग्ने सम्भावना भने रहन्छ ।” 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x