×

NMB BANK
NIC ASIA

धनगढीमा क्रिकेट क्रेज : डिपिएल ‘अक्शन’ पूरा, मैदानको तयारी अन्तिम चरणमा

चैत १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, १० चैत– क्रिकेट खेलका गतिविधि बढ्दै जाँदा प्रदेश नं ७ को राजधानी धनगढी शहरको पहिचान र चिनारी क्रिकेट खेल बन्न थालेको छ । पछिल्लो समय खेलसँगै हजारौँ दर्शक जाडिन पुगेका छन् । 

Muktinath Bank

क्रिकेट खेल्ने ‘मूर्ख’ र हेर्ने ‘महामूर्ख’ भन्ने भनाइ चले पनि पछिल्लो समय बढेको क्रिकेटको ‘क्रेज’ले सो भनालाई गलत सावित गर्दै क्रिकेट खेल्ने र हेर्ने दर्शक पनि बढाइदिएको छ । “चार दिवसीय वा पाँच दिवसीय क्रिकेट प्रतियोगिता हुने समयमा यस्तो धारणा समाजमा थियो”, पूर्वक्रिकेटर धरम खड्काले भन्नुभयो, “एक दिवसीय र २०÷२० खेल खेल्ने चलनसँगै यो धारणा अब पुरानो भइसकेको छ ।” 
  
खड्काले अप्रत्यक्ष रुपमा भए पनि क्रिकेटको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले धनगढीको वनदेवी रोडमा सञ्चालन गर्नुभएको ‘द क्रिकेट क्लासिक होटेल’मा प्रवेश गर्दा त्यहाँका टेबल, क्याविन र सुत्ने कोठा क्रिकेटको अवधारणमा तयार पारिएको देख्न सकिन्छ । क्रिकेटप्रति बढेको आकर्षणसँगै यस क्षेत्रमा खेलका प्रतियोगिता आयोजना हुने क्रम बढ्दै गएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालै कैलालीको अत्तरियामा सर्वाधिक धनराशि पुरस्कार भएको महिला क्रिकेट प्रतियोगिता तथा क्लब र विद्यालयस्तरीय थुप्रै प्रतियोगिता सम्पन्न भइसकेका छन् । कतिपय विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापका रुपमा क्रिकेट प्रतियोगितालाई छनोट गर्दै यसका लागि प्रशिक्षक राखेकाले आगामी दिनमा क्रिकेटको व्यावसायिक थलोसमेत धनगढी बन्ने सम्भावना बढेको छ । 


Advertisment
Nabil box
Kumari


क्रिकेटको विकास र बिस्तारका लागि धनगढी र खास गरी प्रदेश नं ७ का बिभिन्न जिल्लामा एक दर्जन बढी क्रिकेट एकेडेमीसमेत सञ्चालनमा आइसकेको छ । खेल व्यावसायिक रुपमा अघि बढ्न सक्ने सम्भावना रहेको खेलप्रेमी चेतराज ओझा बताउनुहुन्छ ।  

Vianet communication
Laxmi Bank

क्रिकेटप्रति बढेको आकर्षणसँगै टोलैपिच्छेका बालबालिका र विद्यालयका छात्रछात्रा फुर्सदको समयमा आफ्नो घर वरिपरिको खाली चौर, बाटो र खेतमा क्रिकेट खेल्न तम्सिएका देखिन्छन् । धनगढी नगरपरिषद्को बैठकले पनि दुई वर्षअघि धनगढीलाई क्रिकेटको शहरका रुपमा विकास गर्ने निर्णय गरेको थियो ।


प्रदेश नं ७ क्रिकेटको उर्वरभूमि

क्रिकेटको उर्वरभूमि मानिने प्रदेश नं ७ ले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ । सो क्षेत्रले भुवन कार्की, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिं ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, ललितसिं भण्डारी, दिलीपनाथलगायत क्रिकेट खेलाडी जन्माइसकेको छ ।

यस्तै ‘अण्डर १९’ टोलीमा सहभागी हुने भीम सार्की, सन्दीप जोरा, सुबोध ऐरलगायत खेलाडी यसै प्रदेशका हुन् । 


डिपिएलको तयारी
क्रिकेटको शहर धनगढीमा यही चैत १७ देखि शुरु हुन लागेको देशकै सर्वाधिक धनराशि पुरस्कारको रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल)को तयारी हुँदैछ ।  सो प्रतियोगितामा भाग लिने सबै समूहमा खेलाडीको ‘अक्शन’ गर्ने काम पूरा भइसकेको छ भने मैदान तथा कालोपत्र तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ । 
  
धनगढी उपमहानगरपालिका–३ मोहना नदी छेउको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ ‘ड्रिम फाप्ला’ अभियानअन्तर्गत शुरु गरिएको डिपिएल क्रिकेटको यस वर्ष दोस्रो संस्करण हुँदैछ ।

“ड्रिम फाप्लामा पुग्ने सिंढी नै डिपिएल हो”, डिपिएलका आयोजक एवं धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले भन्नुभयो, “यसबाट फाप्ला मैदानलाई क्रिकेटको अन्तर्राष्ट्रिय मैदान बनाउन सरकारका निकायमा दवाव पुगेको महसुस भएको छ ।” एक वर्षअघि ‘ड्रिम फाप्ला’ अभियानको नेतृत्व गरेका शाही भन्नहुन्छ, “सबैको उत्साह देखेर हामीले ड्रिम फाप्लाको सपना देखेका थियौँ, यो अभियान सफलतामा पुगिछाड्ने छ ।” 

क्रिकेटका गतिविधि बढ्दै गए पनि यस क्षेत्रमा क्रिकेट खेल्न स्तरीय खेल मैदानको अभाव शुरुदेखि नै खड्किएको छ । डिपिएललगायत क्रिकेट गतिविधिले विशेष गरी नयाँ पुस्ता र व्यवसायीमा बेग्लै खाले उत्साह पनि देखिन थालेको स्थानीयवासी क्रिकेटप्रेमी बताउँछन् । 
 
‘ट्यालेन्ट हन्ट’बाट खेलाडी छनोट

डिपिएलमा स्थानीय खेलाडीलाई स्थान दिन आयोजकले प्रतियोगितामा भाग लिने प्रत्येक समूहमा एक÷एक जना स्थानीय खेलाडी सहभागी गराउनुपर्ने मान्यता राखेर हालै ‘ट्यालेन्ट हन्ट’(प्रतिभा छनोट) विधि अपनाएर खेलाडी छनोट गरेको छ । यस्तो छनोटबाट पहिलो पटक डिपिएलमा सहभागी हुनेछ टिममा छ स्थानीय खेलाडीले सहभागी हुन पाउने मौका पाएका छन् ।  

‘ट्यालेन्ट हन्ट’ मार्फत खेलाडी छनोट गर्दा एक खेलाडीको बढीमा रु २५ हजारको बोली लाग्दा स्थानीय खेलाडीले पहिलो पटक आम्दानी गर्ने अवसर पनि पाएका छन् । 

डिपिएललाई आइसिसीको मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले यहाँ आयोजना हुन लागेको ‘रुस्लान धनगढी प्रिमियर लिग’(डिपिएल)को दोस्रो संस्करणलाई मान्यता दिएको छ । आइसिसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनै पनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको नभई नेपाली घरेलु प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा थप महत्व र उचाइ हासिल गरेको छ । 

उक्त प्रतियोगितामा काठमाडौँ गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीको सहभागिता रहने जनाइएको छ ।
 
नेपालमा सर्वाधिक पुरस्कारको राशि भएको प्रतियोगिताको विजेताले रु २५ लाख, उपविजेताले रु १० लाख, तेस्रो हुने टोलीले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउने जनाइएको छ । क्रिकेट इतिहासमा नेपालले एक दिवसीय मान्यता पाउन सफल भएपछि क्रिकेटको शहर धनगढीमा खुशीयालीस्वरुप केही दिनअघि खेलप्रेमीले विजय जुलूस र दीप प्रज्वलन गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x