×

NMB BANK
NIC ASIA

२६ महिनापछि बैठकमा सहभागी आचार्यले राखे ४ बुँदे प्रस्ताव, 'कांग्रेस दोस्रो हुनु स्वभाविक'

चैत १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० चैत- लामो समय अस्वस्थ रहेर झण्डै २६ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी भएका नेता नरहरि आचार्यले ४ बुँदे प्रस्ताव पेश गरेका छन् ।

Muktinath Bank

विगतको समीक्षा र भावी दिनमा पार्टीले गर्नुपर्ने कामहरूलाई ४ वटा बुँदामा छोटकरीमा समेटिएको छ । आचार्यले वाम गठबन्धनको रणनीति चिर्न नसक्दा पार्टी दोस्रो भएको उल्लेख गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'चुनावका मुखमा पार्टी एकता गरेर जाने वाम गठबन्धको निर्णयलाई हामीले पनि अवसरका रूपमा लिएर रणनीति बनाउनुपर्थ्यो । वाम गठबन्धनको रणनीतिलाई चिर्न सकेनौं । हामीले लोकतान्त्रिक गठबन्धन भनेपनि कांग्रेस एक्लै भयो । त्यसैले कांग्रेस पार्टी दोस्रो हुनु स्वभाविकै थियो,' उनले भनेका छन् ।


Advertisment
Nabil box
Kumari

साथै आचार्यले अब पार्टी संरचनालाई पूर्णता दिएर सरकारका गल्ती कमजोरी केलाउँदै सबल प्रतिपक्ष बन्नुपर्ने र समृद्धितर्फ केन्द्रित हुनुपर्ने प्रस्ताव गरेका छन् ।

Vianet communication
Laxmi Bank

हेर्नुहोस्, नेता आचार्यले बैठकमा पेश गरेको ४ बुँदै प्रस्तावको पूर्ण पाठ :

आदरणीय सभापतिज्यू,
महामन्त्री, कोषाध्यक्ष एवं सदस्य साथीहरू
नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति, सानेपा बीपीनगर

२०७४ चैत्र ९ गतेदेखि प्रारम्भ भएको बैठकमा प्रस्तुत

नेपाली कांग्रेसको यस कार्यसमितिको बैठक- २०७४ को समग्र निर्वाचनको समीक्षा गर्न बसेको छ। नेपाली कांग्रेस कमजोर अवस्थामा आइपुगेको जनमतले देखाएको छ । यसलाई सुधार गर्न हामी प्रत्येक सदस्य जिम्मेवार र भविष्यमुखी बन्नुपर्नेछ। यतिखेर वस्तुपरक र कठोर समीक्षा जरुरी छ । आरोप/प्रत्यारोपले मात्र कांग्रेसमाथि आइपरेको यस चुनौतीको सामना गर्न सकिन्न ।

कांग्रेसले आफ्ना राजनीतिक एजेण्डाहरू अझ स्पष्ट पार्नुपर्ने अवस्था हाम्रा अगाडि छ । संघीय लोकतान्त्रिक गणराज्य नेपालको संविधान हामीले निर्माण गर्‍यौं । तर संविधानभित्रका सबै विषयमा हामीले हाम्रा नेता र कार्यकर्तालाई स्पष्ट बनाउन अझै सकेका छैनौं । कांग्रेसको नेतृत्वमा मुलुकमा ठूलो परिवर्तन भयो । तर आफैंले गरेको परिवर्तनपछि के गर्ने भन्ने दुविधा नेतृत्व तहमा देखिएको छ ।

१. निर्वाचनमा कांग्रेसको हार

निर्वाचनमा कांग्रेसले राम्रो गर्न सकेन । प्रतिकूल परिस्थितिको सामना गर्न सक्ने संरचना बनाउन सकेनौं । चुनावका मुखमा पार्टी एकता गरेर जाने वाम गठबन्धको निर्णयलाई हामीले पनि अवसरका रूपमा लिएर रणनीति बनाउनुपर्थ्यो । वाम गठबन्धनको रणनीतिलाई चिर्न सकेनौं । हामीले लोकतान्त्रिक गठबन्धन भनेपनि कांग्रेस एक्लै भयो । त्यसैले कांग्रेस पार्टी दोस्रो हुनु स्वभाविकै थियो ।

२. कांग्रेस पुरानै ढर्रामा

कांग्रेस अब पुरानै ढर्रामा अल्मलिनु हुँदैन । केन्द्रीय कार्यसमितिमा नयाँ साथीहरू आइपुग्नु भएको छ । ती साथीहरूले तत्काल चुनावको सन्दर्भमा मात्रै भन्दा पनि दीर्घकालिनरूपमा विषयलाई हेरेर कार्ययोजना अघि बढाउनुपर्छ । कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षको रूपमा उभ्याउनुपर्छ । सत्तापक्षका गल्ती कमजोरी केलाउनुका साथै आफैँले विकास र समृद्धिका सकारात्मक एजेण्डा अघि ल्याउनुपर्छ ।

३. पार्टी संरचनालाई पूर्णता

कांग्रेस पार्टी विधानले व्यवस्था गरेको संरचनालाई छिट्टो पूर्णता दिन अत्यन्तै जरुरी छ । पार्टी विधानले समय निर्धारण गरेर गर्ने भनिएका कामहरू पनि पूरा भएका छैनन् । वर्तमान संविधान अनुरूपको थप संघीय संरचनामा पार्टीलाई लैजान पर्नेछ । त्यसका निम्ति यस केन्द्रीय कार्यसमितिले कार्यतालिका निर्माण गरेर नै अघि बढ्नुपर्दछ ।

४. संघीय गणतन्त्रको पूर्णता

कांग्रेसले संघीय गणतन्त्रका बाँकी विषयलाई पूर्ण गराउँदै जानुर्पछ । संघीयताको मोटो खाका संविधानमा कोरिएको छ । बाँकी रहेका अन्य थप विषयमा कांग्रेसले वौद्धिक बहस चलाउनुपर्ने हुन्छ । तत्कालीन राजनीतिक आवश्यकताका कारणले मात्रै होइन, दीर्घकालीनरूपमा आइपर्ने समस्या सुल्झाउन सक्ने किसिमबाट छलफल आवश्यक छ ।

एउटै बैठकमा सबै कुरा पूरा हुन सक्दैनन् । कामहरू छिटोछिटो गर्दै जानुपर्दछ । विधानमा भनिएका कतिपय कुरा पूरा हुन बाँकी छन्, कतिपूर्ण हुनसक्छन् तिनलाई पूर्णता दिँदै जानुपर्दछ । पार्टीको विधान संशोधनमा जानु पर्ने, थप विषयहरूमा छलफल गर्न तत्काल महासमितिको बैठक बोलाउने तयारी गर्नुपर्दछ ।

जय नेपाल !

तपाईंको साथी

नरहरि आचार्य

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x