×

NMB BANK
NIC ASIA

सरस्वती ज्ञवालीकाे ‘लालटिनको उज्यालोमा’ सार्वजनिक

चैत १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १० चैत– सरस्वती ज्ञवालीद्वारा आफ्नो आत्मकथामा आधारित रहेर लेखिएको ‘लालटिनको उज्यालोमा’ पुस्तक आज यहाँ सार्वजनिक गरिएको छ । 

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदा तिमिल्सिना, समालोचक प्राध्यापक डा.कृष्णचन्द्र शर्मा, नेकपा एमालेका सांसद बिन्दा पाण्डेले संयुक्त रुपमा सो पुस्तकको विमोचन गरे । 

अक्षर क्रिएसन्स् नेपालद्वारा प्रकाशित सो पुस्तक २४४ पृष्ठ र ३२० रुपैयाँ मूल्यको छ । उक्त पुस्तकमा २८ वटा विभिन्न उपशीर्षक छन् र तिनमा फरक प्रसंग, भोगाई र अनुभूति समेटिएको छ । 

घरमै बसेर अध्ययन गर्ने वातावरण समेत नपाएकी एउटी नारीले आफ्नो अध्ययनपछि शिक्षिका र राजनीतिकर्मीका रुपमा समाज परिवर्तनका लागि गरेको संघर्षका कथाहरुलाई यस पुस्तकमा समेटिएको छ । 

शिक्षा र चेतनाको अभाव रहेका नेपालका पश्चिम पहाडी विकट गाउँहरुमा महिलाको अवस्था र उनीहरुले आफ्नो शिक्षा तथा आधारभूत अधिकार प्राप्तिका लागि गर्नुपरेका संघर्षपूर्ण कठिन परिस्थितिहरुलाई पुस्तकमा उल्लेख गरिएको छ । 

पाल्पाको मदनपोखरामा जन्मिएकी लेखिका ज्ञवालीले २०४० को दशक र त्यसपछिको पाल्पा, गुल्मीसहित त्यस क्षेत्रका नारीको अवस्था र आफैले त्यस समयमा भोग्नुपरेका जागिरे र राजनीतिकर्मीको जीवनका यथार्थ भोगाइहरुलाई सो पुस्तकमा आत्मकथाका रुपमा उतारेकी छन् । 

एकजना राजनीतिक कार्यकर्ताका रुपमा सरस्वतीले एकातिर बुहार्तन र अर्कातर्फ जागिरका साथै संगठन निर्माणको कार्यका अनेक कठिन भोगाइहरुलाई सो पुस्तकमा उतारेकी छन् । त्यसमा उनले गुल्मी जिल्लामा महिला संघको गठन र आफू अध्यक्ष भएर संगठन हाँक्नुपर्दाका अप्ठेराहरुलाई पनि समेटेका छन् । 

त्यस्तै उनले आफ्नो जिवनमा करिब एक दर्जन कार्यालयमा जागिर खाएको तर राजनीतिक पूर्वाग्रहका कारण कहिल्यै स्थायी हुन नसकेको यथार्थलाई पनि आत्मकथाका रुपमा पुस्तकमा लेखेका छन् । 

लेखिका सरस्वतीले एउटी श्रीमतीका रुपमा आफ्ना राजनीतिकर्मी श्रीमानकाे सफलता र प्रगतिका लागि आफ्नो जागिर र आकांक्षाहरुलाई पनि बिर्सिदिनेगरी निर्वाह गरेको भूमिकालाई पनि आत्मकथाका रुपमा वर्णण गरेकी छन् । 

पुस्तकको शीर्षक ‘लालटिनको उज्यालोमा’ लेखिकाले आफ्नो शिक्षिकाको जागिरसँग जोडेर लालटिनकै भएपनि उज्यालोतर्फको यात्राको बिम्बका रुपमा प्रस्तुत गरेकी हुन् । 

तर पुस्तकको अन्तिमतिर भने उनले मस्तिष्क पक्षाघात भएकी हाल २८ वर्षीया आफ्नी छोरीको जीवनलाई पनि उज्यालोकै रुपमा ब्याख्या गरेकी छन् । पुस्तकमा देखिन्छ— छोरी क्षितिज पक्षाघातको बिरामी भएर ह्वीलचियरको सहायताले बाँचेकी छिन् तर अहिले पनि उनी लेखिकाको एक्लोपनको साथी हुन् र उनको स्याहार सुसारमा लेखिका बडो भावनात्मक रुपमा खटेकी छन् । 

यसरी छोरी, बुहारी, पत्नी, आमाका साथै समाजका अनेक भूमिकासँग एउटी नारी कसरी कामगर्न सक्छे भन्ने बारेमा पुस्तकमा लेखिकाले बयान गरेकी छन् । 

त्यसैगरी एउटी महिलाले घर परिवारसँगै राजनीतिक कार्यकर्ताको उत्तरदायित्वको बहन गर्नेकार्य कसरी सम्भव हुनसक्छ भन्ने अनेक पाटोहरुको प्रस्तुती पनि यस पुस्तकमा निकै रोमाञ्चक रुपमा समेटिएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x