वरिष्ठ साहित्यकार डा खनाल र पाण्डे पुरस्कृत

हेटौँडा, ११ चैत- वरिष्ठ साहित्यकार एवं गीतकार स्व कलानाथ अधिकारी प्रतिष्ठान, मकवानपुरद्वारा आज हेटौँडामा आयोजित २०औँ कलानाथ स्मृति सम्मानबाट चितवनको भरतपुर महानगरपालिका वडा नं ११ निवासी वरिष्ठ साहित्यकारद्वय प्रा डा नारायणप्रसाद खनाल र बाबुराम पाण्डेलाई जनही रु ११ हजार १११ नगदसहित सम्मान गरियो । 

उद्यमी श्रीमती विश्वकान्ती सुमार्गी तथा वरिष्ठ साहित्यकार तुलसी थापाले पुरस्कृत साहित्यकारलाई नगदसहित दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो । 

यसैबीच, हेटौँडा उमनपा वडा नं ५ निवासी साहित्यकार हयग्रीव आचार्यद्वारा लिखित ‘गीताकार स्व कलानाथ अधिकारीको योगदान’ नामक पुस्तकको आज यहाँ वरिष्ठ साहित्यकार नारायणप्रसाद खनाल र बाबुराम पाण्डे, तुलसी थापा, उद्यमी अरुणराज सुमार्गी, समाजसेवी सीताराम वर्ताैला र मुक्तिगोविन्द वैद्यले सामूहिकरुपमा विमोचन गर्नुभएको थियो । 

पुस्तकका लेखक हयग्रीव आचार्यले ग्रामीण भेगका नागरिकलाई जनचेतनाको मौलिक हकको संरक्षणका साथै धर्मसंस्कृति र कलाको विकासमा स्व अधिकारीले पु¥याउनुभएको योगदान व्यक्तित्व र कृतिलाई युवा समाजमा प्रवाह गरी साहित्यलाई उत्थान गर्ने उद्देश्यले उहाँले केही दशक अगाडि चितवनबाट थारु भाषाको पुस्तक प्रकाशित गर्ने गरेको र लोकभाकाका गीतलाई उहाँले जनमानसमा पु¥याउनुभएको इतिहासलाई समीक्षा गर्न सो पुस्तकले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । 

पुरस्कृत साहित्यकारहरु डा नारायणप्रसाद खनाल, बाबुराम पाण्डे र उद्यमी अरुणराज सुमार्गीले पुराना साहित्यकारको योगदान र कृतिलाई जनमानसमा सम्प्रेषण गर्न र वरिष्ठ साहित्यकारलाई योगदानका आधारमा सम्मान गर्नसके राष्ट्रको साहित्यिक, कलाधर्म तथा संस्कृतिको संवद्र्धनमा ठूलो टेवा पुग्ने आशा व्यक्त गर्नुभयो । 

चैत ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस