×

NMB BANK
NIC ASIA

छोरालाई सधैं कुट्थिन सरला, तातो ईस्त्रीले नै डामेपछि विद्यालयले गुहार्‍यो प्रहरी

चैत १४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १४ चैत- अन्नपूर्ण बोर्डिङ स्कूल, विराटनगरमा युकेजीमा अध्ययनरत एक बालक सधैँजसो विद्यालय ढिला गरी आउँथे । मंगलवार पनि उनी विद्यालय आइपुग्न ढिलै भयो । विद्यालयकी शिक्षिकाले उनीसँग ढिला आउनुको कारण सोधिन् । त्यसपछि जब ती बालकले आफ्नो शरीरको आलो घाउ देखाए, तब शिक्षिकाको होस उँड्यो । ती बालकको शरीरभरी तातो आइरनले डामेको निसान थियो ।

Sagarmatha Cement
Muktinath Bank

खासमा उनलाई यसरी यातना दिने अरु कोही नभएर उनकी आमा सरला काफ्ले थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आमाबाट उनले यातना पाएको यो पहिलोपटक थिएन, त्यसअघि उनले यातना पाउने गरेका थिए । विद्यालयले ती आमालाई छोरा नकुट्न पटक-पटक आग्रह पनि गर्‍यो, तर उनले कहिल्यै मानिनन् ।


Advertisment
Nabil box
Kumari

पटक-पटकको आग्रहलाई बेवास्ता गर्दै छोरालाई यातना दिन नछाडेपछि विद्यालय विराटनगर- ३ की सरला काफ्लेविरुद्ध प्रहरी प्रशासन गुहार्ने निष्कर्षमा पुग्यो ।

Vianet communication
Laxmi Bank

तातो आइरनले पोलेको घाउ बच्चाले देखाएपछि आफूहरू सहन नसकेर बच्चाका बाबु र प्रहरी प्रशासनलाई खबर गरेको विद्यालयका प्रिन्सिपल अमिस रेग्मीले बताए ।

छिमेकीले बच्चा नकुट्न आग्रह गरेपनि उनले झनै बढी यातना दिन थालेकी थिइन् ।

श्रीमान/श्रीमतीबीच आपसी झगडाको रिस उनले  छोरामाथि पोख्ने गरेको छिमेकी सीता अर्याल बताउँछिन् । उनका श्रीमा विक्रम काफ्ले काठमाडौंमा बस्छन् ।

बुढा भएका बाबुआमालाई पनि श्रीमतीले यातना दिएपछि उनले काठमाडौंमा आफूसँगै राखेका छन् । ‘बुढा भएका बाबुआमालाई सरलाले यातना दिएपछि काठमाडौं लगेँ, छोरोसँगै थियो, यस्तो भएछ,’ उनले भने ।

आमाबुबालाई यातना दिने, झै-झगडा गर्ने गरेका कारण आफूहरू छुट्टै बस्न थालेको र सम्बन्धविच्छेदका लागि मुद्दासमेत हालेको उनले बताए । अदालतमा १८ गते तारिख रहेको बताउँदै उनले त्यतिञ्जेल बच्चा आफूसँगै राख्ने अनुमति दिन प्रहरीलाई अनुरोधसमेत गरे ।

उनको आग्रह स्वीकार्दै प्रहरीले ती बालकलाई बाबुको जिम्मा लगाएको छ । आमा सरलालाई भने हिरासतमा राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

चैत ४, २०८०

रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह ...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x