×

NMB BANK
NIC ASIA

बुटवल, १६ चैत - प्रदेश नम्बर ६ ले प्रदेशको नाम र स्थायी राजधानी टुङगाएको एक महिना भइसक्यो । ६ नम्बर प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर तय भइसकेको छ । तर अन्य ६ वटा प्रदेशहरूले प्रदेशको नाम के राख्ने  र स्थायी राजधानी कुन शहरमा टुङगो लगाउने भन्ने विषयमा अझै प्रवेश नैं गरेका छैनन ।  

Muktinath Bank

यस प्रदेश (पाँच) को राजधानी टुङगाउने विषय कठिन देखिए पनि नामाकरणको विषयमा प्रदेश पाँचमा समस्या नरहेको मुख्यमन्त्री शंकर पोखरेलले बताउँदै आएका छन् । उनी भन्छन, ‘प्रदेशको स्थायी राजधानी प्रदेश सभाले टुङगाउँछ । तर प्रदेशको नामाकरणमा हामीसँग त्यति धेरै समस्या छैन । बरू प्रदेशको स्थायी राजधानी सबैको पायक पर्ने ठाउँमा हुनुपर्छ/हुन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व सम्पदा सूचीमा सूचीकृत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी छ । त्यस्तै धार्मिक क्षेत्रहरू, रूरू, रेसुङगा, स्वगद्वारी, बागेश्वरी सुपादेउराली पनि छन । नदीको नामाबाट  राप्ती, तिनाउ, जलजला लगायतका नदीहरूबाट पनि प्रदेशको नामको बारेमा चर्चा सुनिन्छ । 


Advertisment
Nabil box
Kumari

पहिलो संविधानसभा विघटनको संघारमा पुग्दा यस क्षेत्रलाई थारूहट प्रदेश नामाकरण गनुपर्ने आवाज उठे पनि अहिले त्यो बोली सुनिँदैन । तर यस प्रदेशका संस्कृतिविद, सामाजिक विश्लेषक तथा नागरिक समाजका अगुवाहरूले प्रदेश नम्बर पाँचको नाम लुम्बिनी र बुद्धभूमि मध्ये एउटालाई छनौट गरेर राख्नुपर्ने सुझाव दिन्छन् । 

Vianet communication
Laxmi Bank

संस्कृतिविद् डा. गितु गिरीले प्रदेश नम्बर पाँचको नाम लुम्बिनी निर्विकल्प भएको बताए । उनले भने, लुम्बिनी प्रदेश, राष्ट्रको मात्र नभएर अन्तर्राष्ट्रिय गौरव भएकाले यही नाम उपयुक्त हुन्छ । लुम्बिनी विश्व सम्पदा सूचीमा सुचीकृत पनि छ । यसलाई विश्वले पनि चिन्छ । सबै प्रदेशबासीको अपनत्व गराउँछ ।’

उनले थपे, ‘लुम्बिनी बाहेक अन्य नाम खोज्न थालियो भने विवाद आउन सक्छ । त्यसैले प्रदेशसभाले लुम्बिनी प्रदेश नामाकरण गर्नुको म विकल्प देख्दिन ।’ 

प्रदेशको नामाकरणमा हामीसँग त्यति धेरै समस्या छैन । बरू प्रदेशको स्थायी राजधानी सबैको पायक पर्ने ठाउँमा हुनुपर्छ/हुन्छ : शंकर पोखरेल, मुख्यमन्त्री

प्रदेश नम्बर पाँच पहाडका ६ र तराईका ६ जिल्ला मिलेर बनेको नेपालको मध्य भागमा अवस्थित प्रदेश हो । लुम्बिनी विनाको प्रदेशको कल्पना पनि गर्न नसकिने बुटवल–१० का राजन केसी बताउँछन । यहाँ प्रदेश विभाजनको चलखेल हुँदा जुन आगो बलेको थियो । ‘यस प्रदेशको नाम लुम्बिनी बाहेक अन्य नामबाट राखिए त्यस्तै आन्दोलन हुन्छ’ उनले लोकान्तरसँग भने । 

प्रदेश नम्बर पाँच सरकारले लुम्बिनीलाई केन्द्रमा राखेर विकास गर्ने बताउँदै आएको छ । लुम्बिनी प्रदेशको नाम बारे धेरै सांसदहरू पनि सहमत जस्तो देखिन्छन । यस प्रदेशमा ८७ सांसद छन् । संविधानको धारा २९५ को २ मा प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतबाट राख्नुपर्ने उल्लेख छ ।

सामाजिक विश्लेषक युवराज कंडेलले प्रदेश पाँचको नाम लुम्बिनीको साटो बुद्धभूमि नाम राख्न सुझाव दिन्छन ।  ‘लुम्बिनी शब्दले एउटै क्षेत्र ओगट्छ,’ कंडेलले  लोकान्तरसँग भने, ‘बुद्धभूमि राख्दा बुद्धको सम्मान र प्रदेशको पहिचान समेटिन सक्छ ।’

रूपन्देहीको लुम्बिनी, गौतम बुद्धले २९ वर्ष बिताएको कपिलवस्तु र अष्टधातु रहेको नवलपरासीजस्ता महत्त्वपूर्ण भूमिलाई समेट्न बुद्धभूमि उपयुक्त हुने कंडेलेको तर्क छ । 

दाङका सामाजिक विश्लेषक गोविन्द आचार्यले संसारले चिनेको लुम्बिनीलाई केन्द्रमा राखेर लुम्बिनी प्रदेश नै राख्नुपर्नेमा जोड दिन्छन् । उनले भने, ‘लुम्बिनी र बुद्धभूमि मध्ये एउटा नाम प्रदेश सरकारले टुङगाउदा राम्रो हुन्छ ।’ त्यस्तै सांसद जाल्पा भुसालले प्रदेशको नामाकरण छिट्टै टुङगाउन आग्रह गरिन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x