मंसिर २, २०८०
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
आमा भन्थिन्
तँ हाँस्दा
ऊ त्यो फक्ताङ्लुङ जस्तै देखिन्छेस्
तँ जन्मिएको दिन जति
फक्ताङ्लुङ खुलेको कहिल्यै देखेको छैन
तँ सधैं यसरी नै हाँसी रहेस् ल कान्छी !
आमाले ढाँटिन् त म के जानुँ ?
मलाई माफ गर आमा !
यतिखेर
फक्ताङ्लुङको मुस्कुराहट चोरेर
मेरो प्रदूषित ओठमा टाँस्न असमर्थ छु
हो आमा !
मन ढुङ्गा बनेपछि
न त हाँस्न सकिँदो रहेछ
न रुन नै सकिँदो रहेछ ।
यति खेर म सम्झिरहेछु
म नाङ्गिनुअघिको एकसरो विगत !
म कोपिलाभन्दा कलिलै थिएँ,
पुरुष गन्ध बोकेर एक हुल भमराहरू
मलाई एक फन्को मारेर गएका थिए !
फक्रिनुको सकस कोपिलालाई सोध्नु
उही प्रेमिल सकस खपेर
म कोपिला फक्रिएर फूल बन्ने तर्खरमा थिएँ ।
एक वाचाल भमरा मेरो छेवैमा आयो
'आहा! तिमीजति राम्री यो दुनियामा के छ?'
फुस्फुसायो मेरो कानैमा
मलाई एक फन्को मारेर
र उडी गयो छोडेर ह्वास्स पुरुष गन्ध
म अनायासै फुर्किएँ
यति फुर्किएँ कि
तिखो त्यो पुरुष गन्ध
आफ्नै सुवासभन्दा मिठो लाग्यो !
एक जुनेली साँझ
म हेर्दैथेँ जून
चाल मारेर उ मेरो छेवैमा आयो
र फुसफुसायो
'तिमी राम्री छौ!
ऊ त्यो जून तिम्रो शिरमा टाँस्न पाए झन राम्री देखिनेछ्यौ'
मलाई स्पर्श गर्दै भन्यो
'तिमीले चाह्यौ भने म त्यो जून टिपेर ल्याउन सक्छु' !
मलाई जूनको लोभ लाग्यो !
जूनकै लोभमा लठ्याएर
र जूनकै रोहबरमा
उसले मलाई अनेकचोटि चुस्यो !
म अब कोपिला रहिनँ !
एक दिन ऊ जून टिप्न उड्ने भो
ऊ उड्नुअघि मेरो हातमा थम्यायो
एक थान सामसुङ ग्यालेक्सी
एक थान एनसेल डाटाकार्ड
एक थान फेसबुक खाता
अनि
एक थान मेसेन्जर !
स्वीट सेल्फीसंग टाँसिँदै गएँ फेसबुकका भित्ताहरूमा
वर्षिदै गए लाइक र `नाइस पिक´का कामुक कमेन्टहरू
हौसिँदै गएँ म उसैउसै
मानौं म भर्खरै ताज जितेको
विश्व सुन्दरी हुँ ।
'तिमी फूल हौ ! फूल त नाङ्गै राम्री देखिन्छ नि रानी!'
उ जोस्याउँदै गयो
भिडियो च्याटका अँध्यारो सुरुङभित्र
म खुल्दै गएँ
खुल्दै गएँ
खुल्दै गएँ
उसको हातबाट जूनको ताज पहिरिनु जो थ्यो
फगत जूनको लोभमा खुल्दै गएँ।
खोल्नु बाँकी केही नरहेसम्म खुल्दै गएँ !
म खुल्नुको उपादेयता सकिएकै दिन होला शायद
जून टिप्न जानेकै खाताबाट एउटा स्क्रिनसट आयो
बिख्यात् पोर्नसाइटको
भ्युअर्स १ पोइन्ट ५ के !
मैले पहिलोचोटि आँफैलाई नाङ्गो देखेँ
हो त्यही दिन हो म
आफ्नै नजरमा नाङ्गिएँ
नाङ्गो हुनु ढुङ्गा हुनु रहेछ
मन नाङ्गिएपछि मन ढुङ्गा बन्दो रहेछ
नाङ्गिएपछि देह ढुङ्गा बन्दो रहेछ
पीडाबोध हुन छोडेपछि..
सब थोक ढुङ्गा बन्दो रहेछ
जीवनहीन शरीर र चौरस्ताको शलिकबीच के अन्तर छ?
नाङ्गिदा नाङ्गिदा नाङ्गिदा
टुँडिखेलको माझैनिर
म ढुङ्गा निवस्त्र ढुङ्गा उभिएको छु
ए कामुक पुरुष !
तेरो मर्दाङ्गीमा अझै दम्भ छ भने
आइजो सम्भोग गर्
भै जा स्खलित र फेर तृप्तिको लामो श्वास !!
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...