×

NMB BANK
NIC ASIA

रित्तो ढुकुटी लिएर सत्ता चलाइरहेकाहरूले आफ्नो तलब भत्ता कटौती गर्न सक्छन् ?

चैत १८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले शुक्रवार सरकारी ढुकुटी रित्तिएको र देश करिब सात खर्ब ऋणमा परेको आर्थिक अवस्थासहितको श्वेतपत्र सार्वजनिक गरे लगत्तै आम मानिसमा एउटा आक्रोश सहितको कौतुहलताको सृजना भएको छ ।  आखिर जनताले आफ्नो श्रम र पसिनाको दोहन गरेर राज्यलाई पोषेको त्यत्रो पैसा कहाँ गयो ? यसले जनतालाई मात्र होइन, स्वयं नेताहरुलाई पनि चकित तुल्याएको हुनुपर्छ, किनभने ढुकुटी रित्तिएपछि तलब भत्ताको पीर जनतालाई भन्दा नेतालाई धेरै पर्नु स्वाभाविक हो । 

Sagarmatha Cement
Muktinath Bank

देशको ढुकुटी रित्तिएपछि ठूलाबडाका विदेश भ्रमण ठप्प हुने सम्भावना देखिन्छ भने, आफ्ना छोरा छोरी नाति नातिनीको बिहे, जन्मदिन, श्रीमतीको ‘किट्टी पार्टी’ लगायतका सम्पूर्ण मनोरञ्जनका कामहरु एकाएक स्थगित हुने देखिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाडी किन्न नपाइने भयो, त्यसमा हाल्ने तेल कै समस्या हुने भयो, बिभिन्न कार्यक्रम गर्नको लागि होटेल बुक गर्ने पैसा रहेन । ढुकुटी रित्तियो भनेर अर्थमन्त्रीले भनिरहँदा धेरै सांसदहरु मुसु मुसु हाँसिरहेका थिए । जो जो हाँसे, उनीहरुले पक्कै पनि केही वर्षको लागि आफ्नो खर्चपानी सुरक्षित गरिसकेको हुनुपर्छ । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते संसदमा विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसदमा बोल्दै विगतको प्रतिबद्धता अबको सरकारबाट खनखनी गनेर लिने कुरा गरेका थिए ।
’प्रधानमन्त्रीज्यूले घोषणापत्र कण्ठ गरेर आइस् भन्नुहोला, अब कण्ठस्थ पार्ने मात्र होइन, पटक–पटक यहाँ भन्नेछु, कांग्रेस अब माग्ने ठाउँमा आइपुगेको छ । अब वाचा पूरा गरेर देखाउनुस् नगदमा चाहिन्छ, खनखन गनेर ...!’

Vianet communication
Laxmi Bank

गगनले वाम गठबन्धनले गरेको प्रतिबद्दतासंग आफ्ना कुराहरु जोडे पनि, ‘खनखनी’ र ‘क्यास’ भन्ने शब्द ढुकुटीसंगै जोडिएका कुराहरु हुन् । ढुकुटी रित्तिएको थाहा पाएको भए सायद उनले यी शब्दहरु प्रयोग गर्दैनथे । आखिर गगन थापालाई पनि थाहा नहुने गरेर रित्तिएको ढुकुटी कस्तो होला ? के ढुकुटी खतम गर्दा गगन थापा जस्ता दोश्रा तेश्रा तहका नेताहरुलाई थाहा नदिईकन खतम गरिन्छ ? सोचनीय बिषय बनेको छ । गगन थापाज्यू ! ढुकुटी रित्तिएको यो अवस्थामा तपाईलाई खनखनी गनेर क्यास कसले दिने रहेछ ? 

देशको ढुकुटी रित्ताउनुमा कांग्रेसको कामचलाउ सरकारको भूमिका रहेको वामपन्थी गठनबन्धनका नेताहरुले आरोप लगाउँदै आएका छन् । पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ६५ बर्षमै बृद्धभत्ता दिने निर्णय गरेपछि वामपन्थी गठबन्धनले पत्रकार सम्मेलन गरेरै विरोध गरेको थियो । कांग्रेसले वृद्धभत्ता पाउने उमेर घटाएर सरकारी ढुकुटी रित्त्यायो भन्दै बारम्बार लाग्ने गरेको आरोप लागेपछि युवा नेता विश्वप्रकाश शर्माले ‘जसले ढुकुटी जोड्यो उसलाई  रित्याउने अधिकार रहेकोे’ भन्ने आशयको भाषण गरेर चर्चामा आएका थिए । 

देशको ढुकुटीलाई तीन चार वटा ‘सन्दुक’मा राखेर कांग्रेसले जोडेको, एमालेले जोडेको, माओवादीले जोडेको, फोरमले जोडेको, राप्रपाले जोडेको भन्ने स्टिकर टाँस्ने हो भने जसले जोडेको हो उसैले रित्याउन पाउने गरेर त्यो सन्दुक नै हस्तान्तरण गर्नुपर्ने कानून पास गर्नुपर्छ की भन्ने सुझाव यो पंक्तिकारले नयाँ अर्थमन्त्रीलाई दिन चाहन्छ । जसले जोडेको भए पनि एकै ठाउँमा लगेर जम्मा गर्ने प्रबृत्तिले आफ्नो छोडेर अर्काको ढुकुटीमा आँखा लगाउने नियतलाई बढावा दिन्छ । 

ढुकुटी सकिएर ऋण पनि लागिसकेको अवस्थामा पनि पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्री लगायतका अन्य अर्थविद्हरुले रित्तिएको छैन भनेर भनिरहेका छन् । ‘ढुकुटी रित्तियो भनेर जस लिन खोज्ने ?’ उनीहरुको भनाइ छ । अर्थमन्त्रीले प्रधानमन्त्रीलाई देखाएर, हिसाब किताब गराएर, खाता पाता पल्टाएर ढुकुटी रित्तिएको निष्कर्षमा पुगिसकेपछि देख्दै नदेखेकाहरुले ढुकुटी बाँकी छ भन्न कसरी मिल्छ ? 

नेपालमा हरेक वर्ष आयात बढ्छ, तर राजस्व बढ्दैन । विदेश निर्यात हुने युवा बढ्छन्, रेमिट्यान्स घट्छ । ढुकुटी रित्तिन्छ तर विशिष्ठहरुलाई दिइने सेवा सुबिधा २०० किमी प्रतिघन्टा कुँद्ने मेट्रोको स्पिडमा बढ्छ ।

भ्रष्टाचारलाई वित्तीय अनुशासन उल्लङ्घन भनिन्छ भने ढुकुटी रित्तियो भन्नु भन्दा ढुकुटीमा कुनै कारणवश प्वाल परेकोले पैसा जति सबै बाहिर निस्केको र छिट्टै गिरफ्तार गरिने भनेर अर्थमन्त्रीले सन्तुलित भाषा प्रयोग गर्न मिल्दैनथ्यो र ? कुरो त उस्तै उस्तै हो ।

‘जति जम्मा गरे पनि रित्तिने ढुकुटीमा किन पैसा जम्मा गर्नु पर्यो ?’ भनेर जनताले कर तिर्न छोडे भने के होला ? जति दिए पनि नहुने भनेर बिदेशीहरुले पैसो दिन छोडे भने के होला ? देशको ढुकुटीमा यत्रो खेलवाड गर्न पाइन्छ ? 

के रित्तिएको ढुकुटी लिएर सत्ता चलाइरहेकाहरुले आफ्नो तलब भत्ता कटौती गर्न सक्छन् ?

बच्चा खालि हात जन्मिन्छन् भनेर धेरैले भन्ने गर्छन् । तर नेपालमा भने बच्चा तेइस/चौबिस हजार ऋणको ‘कपाली तमसुक’ सहित जन्मिन्छ । बच्चा ऋण सहित जन्मिने संसारको एकमात्र देश सायद नेपाल मात्रै हुनुपर्छ । जन्मदै ऋणको भारी बोकाउने र देशको ढुकुटी रित्याउनेहरुलाई अबोध बच्चा बच्चीको श्राप कहिले लाग्छ ? 

ढुकुटी रित्तियो भन्ने श्वेतपत्रमा तीन चार वटा नियत लुकेको हुन सक्छ । पहिलो त ढुकुटी नै नभएको देशमा के फर्कनु भनेर बिदेशिएका नेपालीहरु नेपाल फर्किन चाहन्नन् र रेमिट्यान्स बढ्छ ।

अर्को नियत भनेको रित्तिएको ढुकुटी देखाएर जनताबाट धेरै कर असुल्ने नियत हुन सक्छ । अझ अर्को नियत झन् खतरनाक छ, सरकारलाई गरिब देखाएर विदेशी दातृनिकायसंग अलि धेरै भीख माग्न पाइन्छ । अहिले कछुवाको गतिमा चलिरहेका पुनर्निर्माण र पूर्वाधार निर्माणहरुलाई ढुकुटी सकिएको बहानामा रोकेर अलि लामो समय लतार्न पाइन्छ । 

यी र यस्तै धेरै दवाबहरुको कारणले गर्दा अर्थमन्त्रीलाई ढुकुटी रित्तियो भन्ने अभिव्यक्ति आएको हुन सक्छ ! त्यसैले जनता बेलैमा सचेत हुनुपर्ने देखिन्छ । के रित्तिएको ढुकुटी लिएर सत्ता चलाइरहेकाहरुले आफ्नो तलब भत्ता कटौती गर्न सक्छन् ? किन भने हामीसँग इतिहास पनि छ, २०१५ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला सरकारले पहिलो निर्णय आफ्नो र मन्त्रीहरुको तलब भत्ता कटौती गरेर शुरु गरेका थिए । सर्वाहाराको वकालत गर्नेहरु सत्तामा आएपछि त्यो वा त्यस्तै प्रकारको निर्णय हुन सम्भव छ त ? जनता जान्न चाहन्छन !
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x