फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
चैत २०, २०७४
काठमाडौं, २० चैत- मंगलवार बिहान ९ : ३५ बजेको समयमा एकजना भीआईपी काठमाडौंको कोटेश्वरमा पैदल हिँडिरहेका थिए । मुखमा कालो मास्क लगाएर फूटपाथमा हिँडिरहेका ती भीआईपीलाई धेरैले चिनेनन् ।
अगाडि–पछाडि रहेका सुरक्षाकर्मीका कारण कतिपयको ध्यान भने उनीतर्फ आकर्षित भयो । उनी थिए चारपटक देशको प्रधानमन्त्री भइसकेका राप्रपा नेता लोकेन्द्रबहादुर चन्द । कोटेश्वरको जामका कारण पैदल हिँड्दै थिए उनी ।
‘सवारी जामका कारण हिँड्दै आएको हुँ, अगाडि गाडी छ,’ पूर्वप्रधानमन्त्री चन्दले लोकान्तरसँग भने । कार्यालय समयमा मंगलवार पनि कोटेश्वरको जाम भक्तपुरको कौशलटारसम्म पुगेको थियो ।
भक्तपुरको लोकन्थली बस्दै आएका पूर्वप्रधानमन्त्री चन्द जाम पर्यो भने अरु बेला पनि हिँडेरै कोटेश्वर पार गर्छन् । कार्यालय समयमा हुने जामका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।
लोकेन्द्रबहादुरको घर भएकै कारण सुदूरपश्चिम क्षेत्रबाट राजधानी आएकाले पनि भक्तपुरको लोकन्थली आसपास डेरा बस्न रुचाउँछन् ।
तर पछिल्ला वर्षमा कोटेश्वरको जामका कारण सबै मानिसहरू भक्तपुरमा डेरा बस्न हिचकिचाउन थालेका छन् । मुग्लिन–नारायणगढ सडकखण्डको विस्तारका कारण काठमाडौंदेखि पूर्वीनेपालतर्फ जाने सवारीहरू बीपी राजमार्ग हुँदै चल्न थालेपछि कोटेश्वरमा ट्राफिक जाम बढेको छ ।
गृहमन्त्री रामबहादुर थापाले सोमवार सिंहदरबारमा आयोजित कार्यक्रममा काठमाडौंको ट्राफिक जाम अनेक बेथितिको परिणाम भएको बताएका थिए । केही समयमै नेपाललाई जाममुक्त बनाउने प्रतिबद्धता जनाएका उनले ट्राफिक जामकै कारण देशको विकास हुन नसकेको पनि उल्लेख गरेका थिए ।
हरेकपटक फेरिने गृहमन्त्री, प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुखले काठमाडौंको उपत्यकाको जाम हटाउने प्रतिबद्धता जनाउने गरे पनि सर्वसाधारणले भने त्यसको अनुभूति गर्न पाएका छैनन् ।
सरकारी कार्यालयमा सहगोयीको काम गर्ने गट्ठाघरकी कमला भट्टराईले जामका कारण हैरानी व्यहोर्नु परेको बताइन् । ‘समयमा अफिस नपुग्दा जहिले पनि हाकिमको खप्की खानु परेको छ,’ उनले गुनासो गरिन्, ‘कार्यालय सकेर घर फर्किँदा बच्चा निदाइसकेका हुन्छन् ।’
जनसंख्या र सवारीको चापका कारण कोटेश्वर क्षेत्रमा विदाको दिनमा पनि सवारी जाम हुने गरेको छ । सवारी व्यवस्थापनमा खटिएका प्रहरीहरू पनि जाम र धूलोका कारण प्रताडित बनेका छन् ।
याे पनि पढ्नुहाेस्,
कोटेश्वरको जामले रेकर्ड तोड्यो, धपेडीले ट्राफिकका कमाण्डर ढले
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...