नयाँ कानून बनाउँछु, घूस खाने न्यायाधीशलाई कुनै हालतमा छोड्दिनँ : कानूनमन्त्री तामाङ [भिडियो अन्तर्वार्ता]

चैत २२, २०७४

काठमाडौं, २२ फागुन– सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानून ल्याउने कुराले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ यतिबेला चर्चामा छन् । 

पारदर्शीता, भ्रष्टाचारमुक्त समाज बनाई सुशासन कायम गर्न न्यायालय स्वच्छ बन्नुपर्ने उनको धारणा छ । ‘अनुसन्धान गर्ने निकायले भ्रष्टाचारको मुद्दा अदालतमा लगे पनि अदालतबाट उन्मुक्ति पाएर फूलमाला लाएर निस्किन्छ,’ मन्त्री तामाङ भन्छन्, ‘पछिल्लो समय भएका केही फैसलाका कारण न्यायालयप्रति जनगुनासो र प्रश्न उठेको छ ।’


ADVERTISEMENT

कुनै न्यायाधीशले भ्रष्टाचार गरेमा ‘न्यायाधीश भएकै कारण’उन्मुक्ति नपाउने उनले बताए । ‘न्यायाधीशमात्र होइन प्रधानमन्त्रीदेखि वडा अध्यक्षसम्म र खरदारदेखि मुख्य सचिवसम्मले सम्पत्ति विवरण बुझाउने मात्र होइन सार्वजनिक गर्नुपर्छ,’ मन्त्री तामाङको भनाइ छ । 

लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरागर्दै मन्त्री तामाङले न्यायालयलाई पारदर्शी बनाएरै छाड्ने बताए । हेर्नुहोस्, मन्त्री तामाङसँगको भिडियो कुराकानी :

चैत २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस