×

NMB BANK
NIC ASIA

कतार हिँड्दै गर्दा बुवाको आक्रोश– छोरीलाई सामूहिक बलात्कार गर्नेलाई फाँसी होस् !

चैत २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, २५ चैत– धनुषाको शहीदनगर नगरपालिकामा कक्षा ७ मा पढिरहेकी १४ वर्षीय एक बालिकालाई सोही गाउँका दुई जनाले बलात्कार गरेको घटनामा नयाँ तथ्य फेला परेको छ । 

Muktinath Bank

घरमा फुपुसँग बसिरहेकी १४ वर्षीय एक बालिकालाई १४ चैत्र २०७४ का दिन शहीदनगर नगरपालिकाको वडा नम्बर ८ स्थित बिषरभोरा गाउँमा राति १० बजे सोहि गाउँका दुई जनाले घरबाट जबर्जस्ती उठाएर खेतमा लगि बलात्कार गरे । बलात्कार गरेको दृश्यसमेत मोबाइलमा कैद गर्दै उनीहरुले ती बालिकाको हत्या प्रयास गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शहीदनगर नगरपालिका वडा नम्बर ८ बस्ने धनीकलाल नर्सरिया यादवका २५ वर्षीय छोरा भुटाइ भन्ने मनोज नर्सरिया यादव र सोहि गाउँका रामजतन बिराजीका २४ वर्षीय छोरा दिपेश बिराजीले बालिकालाई मुख बाँधी घर भन्दा पर स्थानीय मन्सीब गोइतको खेतमा लगेर जबर्जस्ती सामूहिक बलात्कार गरेका थिए ।


Advertisment
Nabil box
Kumari

बलात्कार गरेको भिडियो मोबाइलमा कैद गरेका उनीहरुले कसैलाई भने ज्यान मार्ने र अस्लिल भिडियो इन्टरनेटमा सार्वजनिक गरिदिने बालिकालाई धम्की दिएका थिए ।  

Vianet communication
Laxmi Bank

बलात्कारपछि उनीहरुले गम्छाको प्रयोग गर्दै बालिकाको हत्या प्रयास गरेका थिए । 

‘बलात्कारपछि मलाई गम्छाले घाँटी थिचेर मार्न खोजेका थिए’पीडित बालिकाले लोकान्तरसँग भनिन्,‘तर म त्यहाँबाट भाग्न सफल भए ।’ 

घटनापछि उनी निकै डराएको अवस्थामा घरमा बसिरहेकी छिन् । 

बलात्कारीले घरमा कोही नभएको मौका छोपे

बलात्कार भएको दिन बालिकाका आमा र बुवा उनको मामाघर सिरहा गएका थिए ।  

घरमा बालिका फुपूसँग बसेकी थिइन् । त्यही बेला घरमै आएका दुई जनाले उनलाई बोकेर गए र बलात्कार गरे । बलात्कारपछि उनी भाग्ने क्रममा गहुँबारीमा लडिन् । रातको समय भएका कारण बलात्कारीले उनलाई देखेनन् र किशोरी ज्यान जोगाउन सफल भइन् । 

त्यसपछि घर आइए किशोरीले मामाघर गएकी आमालाई फोन गरेर घटनाबारे सुनाइन् । आत्तिएकी आमाले छोरीको ज्यान बलात्कारीले लिनसक्ने भन्दै छिमेकीको गुहार माग्न भनिन् । 

छिमेकीको घरमा गएर घटना बारे बालिकाले बताइन् र आफ्नो ज्यान जोगाउनका लागि आश्रय दिन हारगुहार गरिन् । तर कोही पनि छिमेकी उनलाई उक्त रात आश्रय दिन तयार भएनन् , नत प्रहरीलाई खबर नै गरे । 

घटना भएको एक सातापछि स्थलगत अध्ययनका लागी २१ चैतका दिन पीडितको घरमै पुगेका लोकान्तरकर्मीलाई पीडितकी आमाले गहभरी आँशु पार्दै भनिन् ,‘ज्यानसमेत मार्ने डरले आफ्नो घरमा नबसेर छिमेकीकै घरमा रात काट्न छोरीलाई पठाएँ तर, ती अपराधीहरूको डरले कसैले पनि आफ्नो घरमा मेरी छोरीलाई राखेनन् ।’

बलात्कृत छोरी छोडेर वैदेशिक रोजगारीमा गए बुबा

बलात्कृत बालिकाका बुवा वैदेशिक रोजगारीका क्रममा कतार बस्छन् । विदामा घर आएका उनी मन गह्रौं बनाएर कतार फर्किए । 

बालिका बलात्कृत भएको हप्ता दिनपछि लोकान्तारकर्मी उनको घर पुग्दा उनका बुवा कतार जाने तयारी गरिरहेका थिए । 

‘घर परिवार पाल्न विदेश जानै पर्छ, तर ती बलात्कारीहरूलाई फाँसीको सजाय सरकारले दिओस्, अरु कसैको छोरी फेरि पनि बलात्कृत हुनु नपरोस्’ भावविह्वल हुँदै उनले भने । 

अत्यन्तै गरिब तथा बिपन्न समुदायका उनीसँग सम्पतिको नाउँमा ७ धुर घडेरीमा बनाईएको कच्ची घर बाहेक केही छैन । त्यसैले घर परिबार चलाउनका लागि विदेश जानुको विकल्प नभएको उनले बताए । 

बलात्कारी उम्किए 

बलात्कार भएपछि पनि आरोपी युवाहरु गाउँमै लुकेर बसेका थिए । स्थानीयले घटनाबारे प्रहरीलाई खबर गर्ने भन्दा पनि मिलापत्र गर्ने प्रयास गरे । प्रहरीलाई खबर समेत नभएपछि बलात्कारमा संलग्न भएकाहरु फरार भए । 

घटनास्थल भन्दा २ किलोमिटर उत्तर पश्चिममा प्रहरी चौकी चोरा कोयलपुर, ३ किलोमिटर दक्षिण पश्चिम यदुकोहामा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय र सशत्र प्रहरीको बेस क्याम्प समेत रहेको छ, तर, पनि आरोपीहरू सजिलै भाग्न सफल भए । 

इलाका प्रहरी कार्यालय यदुकुहा धनुषाका प्रहरी निरीक्षक पवन झाका अनुसार घटना बारे प्रहरीलाई घटनाको भोलि पल्ट बिहान १० बजे मात्र खबर गरियो । इलाका प्रहरी कार्यालय यदुकुहा शहीद नगरमा नर्सरीया र विराजी विरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले पीडित किशोरीलाई जनकपुर अञ्चल अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको थियो । 

निरीक्षक झाले भने, ‘एकातर्फ हामी पीडितको मेडिकल गराउन खटिएका थियौं भने अर्को तर्फ अपराधीहरूको खोज तलास गर्न लागि पर्यौं तर, फेला पर्न सकेनन् ।’ 

दुई वटा छुट्टाछुट्टै प्रहरीे टोलीले पीडकको खोजी गरेपछि उनीहरुलाई फेला पार्न सकेको छैन । 

निरीक्षक झा भन्छन्, ‘उनीहरूको मोबाइल लोकेसनका आधारमा सिरहा, त्यस पछि सिराहाकै माडर पुग्यौं । त्यहाँ पनि तिनीहरूको आफन्तको घरमा ‘रेड’ गर्यौं, त्यस पछि भारत बिहारको जयनगरसम्म पुगेर भारतीय प्रहरीको सहयोग लिएर खोज तलाश गर्यौं, तर, पनि उनीहरू फेला पर्न सकेनन् ।’ 

अझै पनि उनीहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले भने । उनीहरु भारतमा गएर लुकेको हुनसक्ने भन्दै उपरीक्षक सिंहले अपराधी चाडै पक्राउ पर्ने दाबी गरे । 

प्रदेश सरकारको एक्सन 

घटनालाई गाउँमै दबाउन र अपराधीहरूलाई भगाउन राजनीतिक चलखेल भएको आरोप लागेको छ । प्रदेश नम्बर दुईका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादबले राजनीतिक संरक्षणका आडमा पीडकलाई कुनै पनि हालतमा नछोड्ने र कानूनको दायरामा ल्याउने दाबी गरे । 

घटनाबारे जानकारी पाएसँगै मन्त्री यादवले प्रहरीसँग घटनाबारे जानकारी लिए । उनले प्रदेश सभा सदस्य चमेली देबी दासलाई पीडितको घरमा पठाएर उनलाई जनकपुर अञ्चल अस्पताल लगेको बताए । 

‘अपराधीलाई राजनीतिक संरक्षण दिइएको छ, गाउँमै घटनालाई दबाउन खोजियो, उपचार पनि त्यहाँकै स्वास्थ्य चौकीमा गराउन खोजिएको थियो ’ तर, यो घटनामा अपराधी जुनसुकै पार्टीको भए पनि कानून अनुसार सजाय पाउँछ, मन्त्री यादवले भने ।

राजनीतिक संरक्षणमा फस्टाएको अपराध

प्रहरीले पीडक दुई युवाको विगतको पृष्ठभूमी सामान्य रहेको बताएपनि वास्तविकता भने फरक पाइएको छ । 

स्थानीयबासीहरूले नाम नभन्ने सर्तमा पीडकहरुको बिगतको अपराधकर्मका लामो फेहरिस्त सुनाए । बलात्कार गर्नेमध्ये एक जना दिपेश बिराजी सोही गाउँका वडा सदस्य राकेश बिराजीका आफ्नै भाइ हुन् । राकेश बिगतको स्थानीय तहको निर्बाचनमा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्बाचित भएका थिए । 

अर्का आरोपी मनोज नर्सरियामाथि बिगतमा पनि सोही गाउँ बिसर्भोराको मुस्लीम टोलका महिलालाई जबर्जस्ती करणी गरेको आरोप खेप्दै आएका छन् । तर प्रहरीले समेत उनलाई कारबाही नगरेको स्थानीयको गुनासो छ । 

समाजमा चेलीबेटीको बलात्कार गर्ने क्रम नरोकिएपछि गाउँलेहरू नर्सरियालाई बाँधेर इलाका प्रहरी कार्यालय यदुकोहा पुर्याएपछि मात्र मुद्दा चलाइएको थियो । तर एक बर्षमै कारागारबाट उनी छुटेको स्थानीयले बताए । 
प्रतिनिधिसभाको निर्बाचनका बेला आफ्नो घरमा बसिरहेका लट्टू विराजीलाई उनीहरुले घरमै पुगेर कुटपिट गरेका थिए । 

होली पर्वका दिन ती दुवै युवाले स्थानीय महेन्द्र कुर्मीलाई कुटपिट गर्दै खुट्टा भाँचिदिए । मुद्दा चलाएर न्याय दिलाउन पीडित कुर्मी प्रहरीमा पनि गए तर, गाउँमै मिलापत्र गरि बस्न तथा उपचार खर्च दिने सहमतिमा छोडियो । 

अझै पनि कुर्मीको उपचार भई नै रहेको छ तर, उपचार खर्च भने उनले पाउन सकेनन् ।

एक पछि अर्को निरन्तर अपराध गर्ने र राजनीति संरक्षणमा उम्किने गरेका ती अपराधी जोडीको अपराध र आतंकबाट सिंगो गाउँ नै मात्र त्रसित छैन, आसपासका गाउँहरू पनि प्रभावित भएको स्थानीयहरूले लोकान्तरलाई बताए ।

माओवादी र जनतान्त्रिकको पृष्ठभूमी 

भुटाइ नर्सरिया भनिने मनोज नर्सरिया भूमिगतकाल देखिनै माओवादीमा आबद्ध थिए । केही समय उनी भूमिगत सशत्र समूह जनतान्त्रिकमा पनि लागे ।

स्थानीयहरूका अनुसार उनी जनतान्त्रिकमा रहेका बेला दुबरकोट हथलेटवाका नबल मण्डलका बुवालाई अपहरण गरेर भारतमा लागेका थिए । फिरौतीका लागि ५० लाख रुपियाँ माग गरेका थिए । तर, अपहरित व्यक्ति जसो तसो उनीहरूको चंगुलबाट भाग्न सफल भएका थिए ।

भूमिगत समूहमा रहँदा ‘बिन्दास भाई’ को नाउँले कुख्यात थियो । उनको त्यति बेलाको आतंकका कारण उनीहरुविरुद्ध कोही पनि बोल्ने हिम्मत गर्दैनन् । 

शसस्त्र समूहमा लागेका उनीहरु त्यसपछि केही समय वैदेशिक रोजगारीका समेत गए । त्यहाँबाट फर्किपछि उनीहरुले आफ्नो अपराधकर्मलाई निरन्तरता दिएका छन् । 

मनोज र दिपेशले राजनीतिक संरक्षण पाएकै कारण जवरजस्ती करणी, हिंसा, चन्दा आतंक, ज्यानमार्ने धम्की दिनेगरेको स्थानीवासीयहरुको आरोप छ । 

किशोरी बलात्कार घटनामा पनि शहीदनगर नगरपालिकाका मेयर उदय बर्बरिया यादबले बलात्कारीलाई जोगाउन खोजेको आरोप लागेको छ । 

तर मेयर यादब भने आरोपलाई अस्विकार गछन् । ‘अपराधी अपराधी नै हुन्छ, त्यो कुनै पार्टीको मान्छे हुँदैन’ यादबले भने,‘उनीहरु जुन पार्टीको भएपनि उनीहरुलाई पक्रन प्रहरीसँग समन्वय गरिरहेको छु ।’

अपराधीहरूको आतंकबाट समाज नै आतंकित रहेको सुनेपछि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादबले २१ चैतमा सोही गाउँमा पुगेर ‘जनताके कचहरी’ कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा समेत पीडक (मनोज र दिपेश)को अपराध र आतंकबारे स्थानीयहरूले मुख खोलेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x