भदौ २४, २०८०
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको यसपल्टको भारत भ्रमणको अन्त्यमा दिल्लीबाट एउटा संयुक्त वक्तव्य जारी भएको छ । अघिल्लो पटकको यात्रापछि यस्तो वक्तव्य निस्कन सकेको थिएन । यति मात्र कारणले पनि प्रधानमन्त्री ओलीको टोलीका सदस्यहरूले भ्रमणलाई सफल मानेका हुन सक्छन् । केहीले ‘ऐतिहासिक’ समेत भनेको देखियो; यो शब्दको दुरूपयोग हो ।
संयुक्त वक्तव्यमा परेका १२ बुँदा निरर्थक भने होइनन् किनभने तीमध्ये केहीले नेपाल र भारतका बीचको ‘बहु-आयामिक’ सम्बन्धलाई असहजताको अवस्थाबाट सहजतातर्फ लैजाने आधार सिर्जना गरेको देखिन्छ । किनभने यो वक्तव्यमा नेपालको घरेलु राजनीतिको उल्लेख भएको छैन । साथसाथै प्रकाशित गरिएका रेल सम्पर्क, जलमार्ग र कृषि साझेदारीबारेका वक्तव्यको पनि सान्दर्भिकता छ । तर प्रधानमन्त्री ओलीले दिल्लीमा प्रेससमक्ष दिएको जानकारीमा विद्यमान सम्बन्धको समग्र चित्र बनाउन खटिएको द्विदेशीय समूहले सिफारिश पेश गरेपछि मात्र आगामी दिनमा आपसी सम्बन्धको बाटो तय हुने कुरा उल्लेख गर्नुभएको देखियो । यो भने केही खड्किने पक्ष हो ।
सरकारप्रमुख तहबाट तत्काल हुनसक्ने प्रतिबध्दतालाई एउटा समूह विशेषको प्रतिवेदनले अड्काउने अवस्था आउन नदिएको भए बेश हुन्थ्यो । कदाचित् प्रतिवेदन नै निर्णायक महत्वको थियो भने प्रधानमन्त्रीको भ्रमण केही पछि सारेको भए हुने थियो । त्यसो गरेको भए सम्भवत: ओलीले चीनको बोआओ मञ्चमा नेपालको सहभागिता जनाउन पनि समय पाउनु हुन्थ्यो । एसिया महादेशका सबैजसो देशको साझा मञ्च मानिएको बोआओ फोरममा नेपालका तर्फबाट पहिले राजा, राष्ट्रपति र प्रधानमन्त्रीहरूको सहभागिता भएकै हो ।
दिल्ली प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीले भारतमा छँदा नेपालको शिर निहुरिने र लज्जाबोध हुने काम गर्दिनँ भनेर संसद्मार्फत जनतालाई आश्वस्त पार्नुभएको थियो । सर्सर्ति हेर्दा उहाँले त्यो आश्वासन पूरा गर्नुभएको छ जुन सन्तोषको विषय हो । कथम् भ्रमणको पूर्वसन्ध्यामा चर्चामा आए झैं, अरूण-३ जलविद्युत परियोजनाको ‘संयुक्त शिलान्यास’ रिमोट यन्त्र थिचेर दिल्लीबाट गरेको भए त्यो आफ्नै प्रतिबध्दता विपरीतको कार्य हुन जान्थ्यो, र नेपालको लागि दीर्घकालीन क्षतिको जोखिम पर्ने थियो । तसर्थ यसमा पुर्याएको विवेक पुर्याएँ भनेर उहाँलाई नै सन्तोष लागेको हुनुपर्छ ।
अपेक्षा गरौं, आउँदो वर्ष २०७५ सालमा नेपाल-भारत सम्बन्ध समानताको आधारमा विकसित हुन थाल्नेछ ।
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...