कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
काठमाडौं, २५ चैत- आइतवार बिहान पौने ९ बजे कोटेश्वर चोकमा भर्खरै गाउँतिरबाट आएको जस्तो देखिने दुई किशोर बानेश्वर जाने टेम्पो कुरेर बसिरहेका थिए ।
‘बानेश्वर जान्छ ?’ उनीहरूले टेम्पो चालिकालाई सोधे ।
उनीहरूले हातमा समाएको खेलौना देखेर एकछिन त टेम्पोवाली अलमलमा परिन् ।
‘जान्छ, छिटो बस्नुस !’
शरीरलाई भन्दा हातमा रहेको हलोलाई उनीहरूले जतन साथ समाते ।
हातमा हलो समाएका किशोरहरू देख्दा जिज्ञासा लागेपछि मैले सोधेँ । उनीहरू बानेश्वरमा रहेको एक संस्थामा आफूहरूले बनाएको प्रविधि प्रदर्शन गर्न काठमाडौं आएका रहेछन् ।
नविन्द्र चौडेल र सरोज दाहाल ललितपुरको वाग्मती गाउँपालिकास्थित जनक माध्यमिक विद्यालय गिम्दीका कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।
उनीहरूले लगाएको चप्पलबाट पनि थाहा हुन्थ्यो, उनीहरूको आर्थिक अवस्था । ‘हुन त ललितपुर राजधानी शहर हो, तर हाम्रो गाउँ ‘ललितपुरको कर्णाली’ भन्दा पनि हुन्छ,’ नविन्द्रले भने ।
नविन्द्र र सरोज दुवैका बुवाआमा खेती किसानी गर्छन् । देशका अन्य क्षेत्रमा जस्तै गिम्दीमा पनि मानिसहरूले खेत जोत्न गोरु पाल्न छाडेका छन् ।
युवाहरू विदेश भ्रमणमा गएका कारण खेतबारी बाँझो बन्दैछन् । ‘गाउँमा बुवाआमाको दुःख देखेर हामीले यो विद्युतीय हलो बनाएका हौं, यसलाई व्यवहारिक बनाउन सकियो भने किसानहरूलाई धेरै फाइदा हुनेछ,’ नविन्द्रले भने ।
यिनीहरूको परिकल्पनाको आधुनिक हलोसहितको मेसिनले खेतको झार काट्ने, माटोका डल्ला फुटाउने र पानीसमेत छर्ने काम गर्छ । ‘शुरुमा हलो र हलोलाई तान्ने विद्युतीय गाडी बनायौं, यत्ति त ट्र्याक्टरले नै गर्छ भनेर चित्त बुझेन,’ उनीहरूले लोकान्तरसंग भने, ‘अनि खेतको घाँस काटन्, पानी र मल छर्न मिल्ने प्रविधि पनि जोड्यौं ।’
टिच फर नेपाल नामक संस्थामार्फत् दुर्गम गाउँमा पढाउन गएका विज्ञान शिक्षक रुविन चौधरीले नै उनीहरूलाई यस्तो प्रविधि सिकाएका हुन् । डिजेल र पेट्रोलबाट चल्ने ट्र्याक्टरको विकल्पमा आफूहरूले बिजुलीबाट चल्ने हलोको अवधारणा ल्याएको उनीहरू बताउँछन् ।
‘पेट्रोलले प्रदूषण बढाउँछ, ब्याट्रीबाट चल्ने हलोले खेत जोत्न थालियो भने सरकारलाई बिजुली उत्पादनमा दबाब पर्छ,’ सरोज भन्छन् ।
‘हामीले बाहुबली सिनेमा पनि हेरेका थियौं, त्यो पनि एउटा प्रेरणाको स्रोत हो,’ सरोजले लोकान्तरसँग भने । एसएस राजमौलीले बनाएको सिनेमामा स्थानीय स्रोत साधनको प्रयोगबाट समस्या समाधन देखाइएको छ ।
विज्ञान र आविस्कारका खबर पढ्न र हेर्न रुचाउने नविन्द्रले भविष्यमा विज्ञान पढ्ने योजना रहेको सुनाए । ‘आर्थिक स्थिति त छैन, तर स्कलरसीप पाएमा साइन्स पढ्ने योजना छ,’ उनले भने ।
आफूहरूले बनाएको विद्युतीय हलोको प्रदर्शनी र प्रविधि सिक्न उनीहरू केही समयपछि विदेश जाने प्रक्रियामा छन् । कुनै संस्थाको प्रायोजनमा उनीहरूले कुनै एक विकसित देशको भ्रमणको अवसर पाउँछन् ।
हेर्नुहोस्, विद्यार्थीले बनाएको विद्युतीय हलो (भिडियो)
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...