×

NMB BANK
NIC ASIA

भूकम्पले ढालेको घर उठाउन गएका विदुर आफैँ ढले, हात गुम्यो, उपचारमा आर्थिक अभाव

चैत २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २७ चैत- धादिङको सलाङघाटका विदुर बास्कोटा काठमाडौंमा तरकारी तथा अण्डाको व्यापार गरेर जीविका चलाउँदै आएका थिए ।

Muktinath Bank

काठमाडौंमा व्यापार गरेर दैनिकी चलाउँदै आएका बास्कोटाले २०७२ सालमा भूकम्पले भत्काएको घर भने बनाउन सकिरहेका थिएनन् । भूकम्पले घर भत्किएपछि टहरामै बसेका परिवारका सदस्यलाई नयाँ घर बनाएर खुशीसँग राख्ने बास्कोटाको योजना थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यापार गरेर कमाएको रकम घरखर्चबाट केही बचाएर भूकम्पले भत्किएको घर बनाउने सपना बुन्दै थिए उनी ।


Advertisment
Nabil box
Kumari

नयाँ घर बनाउने योजना बनाएका उनी घर बनाउनका लागि मान्छे लिएर गत मंगलबार बिहान काठमाडौंबाट धादिङ गए । भोलिपल्ट आफ्नो पसल पनि खोल्नुपर्ने भएकोले उनी मंगलबार बेलुका नै काठमाडौं फर्किए । 

Vianet communication
Laxmi Bank

घर बनाउने मान्छे घरमा छोडेर परिवारसँग विदाइ भएका बास्कोटाको सपना बाटोमै चक्नाचुर भयो । उनी काठमाडौं नआइपुग्दै गजुरीमा दुर्घटनामा परे ।

बेलुका साढे नौ बजे गजुरीको चालिसे आइपुगेका बास्कोटालाई विपरीत दिशाबाट आउँदै गरेको गाडीले ठक्कर दिएर भाग्यो ।

उनले दुर्घटनाको समय सम्झदै भने, ‘बाइक चलाएर एक्लै आएको थिएँ । बेलुका करीब साढे नौ बजे गजुरीको चालिसे भन्ने स्थानमा दुर्घटनामा परेँ । अगाडिबाट गाडीले ठक्कर दिएर ठूलो आवज आएको मैले सुनेँ, त्यसपछि केही याद भएन ।’

गजुरीमा दुर्घटनामा परेका उनलाई स्थानीय र प्रहरीले उद्धार गरी गजुरीको सामुदायिक अस्पतालमा लगे । गजुरी अस्पतालमा प्राथमिक उपचारपछि प्रहरीले राजमार्ग विपत् उद्धार समाज नेपालको एम्बुलेन्समा काठमाडौं पठायो । एम्बुलेन्स चालक बलराम त्रिपाठीले उनको अवस्था निकै गम्भीर भएको र कोही आफन्त नभएपछि आफैले नर्भिक अस्पतालमा लगेको बताए ।

‘राति १० बजे गजुरी अस्पतालबाट फोन आयो । त्यति राति उसको आफन्त आउने सम्भावना भएन,’ उनले भने, ‘उसको अवस्था निकै गम्भीर थियो । भोलिसम्म बाँच्यो भने त उसका आफन्तले चाहेको अस्पतालमा लैजान्छन्, उपचार गराउँछन् भनेर निकै मुस्किलले नर्भिकमा लगेँ ।’

गजुरी अस्पतालबाट काठमाडौंको नर्भिक अस्पतालसम्म एक्लै बिरामी लिएर आउन निकै कठीन भएको उनले सुनाए ।

बेहोस अवस्थामा नर्भिक पुगेका बास्कोटाको बुधबार मात्रै होस आयो । आफैँ बाइक चलाएर घरबाट काठमाडौं हिँडेका बास्कोटाले होस् खुल्दा दाहिने हात चुँडिन लागेको र दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको अवस्थामा आफूलाई अस्पतालको शय्यामा पाए ।

‘मेरो बुधबार बिहान होस आएको थियो । म अस्पतालको शय्यामा रहेछु । अस्पतालमा सबैले होस् आयो! होस् आयो! तपाई नर्भिक अस्पतालमा हुनुहन्छ भन्नुभयो,’ बास्कोटाले लोकान्तरसँग भने, ‘मेरो होस आएपछि नर्भिक अस्पतालका डाक्टरले तपाईँको दाइने हातले काम गर्दैन, काट्नुपर्छ भन्नुभयो । मैले डाक्टरको कुरा सुनिरहेँ ।’

दुर्घटनाको कारण बास्कोटाले आफ्नो दाहिने हात गुमाउनु पर्‍यो । दाहिने खुट्टाको घुँडामुनि दुई ठाउँमा भाँचिएको छ । नर्भिक अस्पतालले १० लाख रुपैँया लाग्छ भनेपछि उपचार खर्च तिर्न नसक्ने भएर बास्कोटाको परिवारले राष्ट्रिय ट्रमा सेन्टरमा लग्यो । बास्कोटा अहिले ट्रमा सेन्टरको चौथो तलामा रहेको ७१४ नम्बर शय्यामा उपचारत छन् ।

धादिङ प्रहरीले बास्कोटालाई ठक्कर दिने सवारी पत्ता लगाउन सकेको छैन । तरकारी पसल गरेर जीविका चलाउँदै आएका उनको परिवारलाई अब कसरी उपचार खर्च जुटाउने भन्ने समस्या परेको छ ।

‘तरकारी पसल गरेर काठमाडौंमा बस्दै आएका थियौं । घर बनाउने मान्छे पुर्‍याएर फर्कँदै हुनुहुन्थ्यो । तर दुर्घटनमा परेर हात पनि काट्नुपर्‍यो, खुट्टा दुईठाउँमा भाँचिएको छ । उपचारमा कति समय र पैसा लाग्छ केही थाहा छैन,’ बास्कोटाकी पत्नी पुनमले भनिन्, ‘उहाँ दुर्घटनामा परेदेखि पसल पनि बन्द छ । उहाँको उपचार कसरी गर्ने, कसरी दैनिकी चलाउने केही सोच्न सकेको छैन ।’

बास्कोटाको उपचारमा डेढ लाख खर्च भइसकेको छ । उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने परिवारको आशा छ ।

नोट : बास्कोटालाई सहयोग गर्न चाहनेहरूले ९८०३४६१५८४ मा पुनम बास्कोटालाई सम्पर्क गर्न सक्नुहुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x