फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
काठमाडौं, २७ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भएको जलमार्गको विकास गर्ने सहमतिलाई निकै महत्त्वका साथ हेरिएको छ । सो सहमतिपछि नेपालमा जलमार्गको सम्भावना छ कि छैन भन्ने विषय आम सर्वसाधारणको चासोको विषय बनेको हो ।
भारतसँग सम्झौता भएका महत्त्वपूर्ण परियोजना कार्यान्वयनको गति एकदमै सुस्त र भारतीय पक्षको फाइदामा मात्रै अघि बढ्ने गरेको पृष्ठभूमिमा जलमार्ग योजनाका कामहरू कसरी अगाडि बढ्छन् भन्नेमा धेरैको चासो छ ।
जानकारहरूका अनुसार नेपालका तीन ठूला नदीहरू हुँदै भारतसँग जलमार्ग जोडिने सम्भावना छ । नेपालका तीन ठूला नदी कोशी, गण्डकी र कर्णाली भारतको गंगा नदीमा मिसिने भएको हुनाले ठूला तथा मझौला आकारका पानीजहाज चलाउन सकिने विज्ञहरू बताउँछन् ।
समुद्री बन्दरगाहलाई नेपालका ठूला नदीको प्रवाहसँग जोड्ने उक्त योजना निकै महत्वपूर्ण र आवश्यक रहेको विश्लेषकहरू बताउँछन् ।
दुवै पक्षले गम्भीरतापूर्वक अध्ययन गरे प्रशस्त सम्भावना रहेको भए पनि तत्काल अघि बढी हाल्ने अवस्था भने नभएको विश्लेषकहरूको भनाइ छ ।
यो विषयमा सामान्य अध्ययन वि.सं. २०२० कै दशकमा भए पनि त्यतिबेला भारतले असहमति जनाउदा काम अगाडि बढ्न नसकेको जानकारहरूको भनाइ छ ।
तर प्रशस्त अध्ययन गर्न जरुरी भएकाले अहिले नै हौसिन आवश्यक नभएको लामो समय नेपालमा जलमार्गको सम्भावनाबारे अध्ययन गरिरहेकी एक अर्थशास्त्री दिक्षा सिंह बताउँछिन् ।
उनी भन्छिन्, ‘प्रस्तावित जलमार्गले सामान ढुवानी र पर्यटनमा प्रशस्त सम्भावना बोकेको छ । नेपालले २०२० को दशकमै चाहेको जलमार्गमा भारत सकारात्मक देखिनु एक सुखद् संयोग छ । नेपालका ठूला नदीहरूमार्फत समुद्रसम्मको पहुँचका लागि बाटो खुलेको छ । यसलाई सरकारले ठूलो अवसरका रूपमा लिनुपर्छ । तर सरकारी स्तरबाट आधिकारिक रूपमा पर्याप्त अध्ययन नभएकाले हौसिनुपर्ने कुरा छैन । अहिलेको अवस्थामा छिटो भन्दा छिटो दुवैतर्फबाट विस्तृत अध्ययन गर्न सके त्यसले गति लिन सक्नेछ ।’
अर्का जानकार नेपाल सरकारका पूर्व जलस्रोत सचिव द्वारिकानाथ ढुंगेलले नेपालले यसलाई एक अवसरका रूपमा लिएर तीव्ररूपमा काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘राजा महेन्द्रका पालामा कुरा उठेको यो विषयमा गैरसरकारी स्तरमा थुप्रै साना अध्ययन भएका छन् । सरकारी स्तरमा तदारुकताका साथ लिए नेपालले समुद्रसम्मको पुहुँचमा पुग्न सक्छौं । जलमार्गबाट सामग्री ढुवानी सस्तो पर्छ । त्यसकारण हामीले जुन किसिमले सामान ढुवानीमा समस्या भोगिरहेका छौं, जलमार्ग प्रयोग गर्दा त्यो सहज हुनेछ । दुई देश जलमार्ग विस्तारका लागि सकारात्मक रहेकाले नयाँ ढोका खुलेको हो । यसको हामीले सदुपयोग गर्नुपर्छ ।’
विगतमा पनि पटक–पटक नेपाल–भारत जलमार्गबारे प्रशस्त सम्भाव्यता अध्ययन भए पनि कार्यान्वयनको चरणमा प्रवेश गर्न नसकेको सरकारी अधिकारीहरू बताउँछन् । भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले नेपालका तीनवटा नदीमार्फत जलमार्गको सम्भावना रहेको बताउँदै कोशी व्यारेजदेखि सिम्लेसम्मको खण्डमा सबैभन्दा बढी जलमार्गको सम्भावना देखिएको बताए ।
उनका अनुसार सन् २०११÷०१२ मा तीन ठूला नदीमध्ये कोशी व्यारेजदेखि सुनकोशीको घुर्मीसम्म १ सय ७३ किलोमिटर, गण्डकीको देवघाटबाट फिस्लिङसम्म १ सय ८५ किलोमिटर र कर्णालीको भेरी बेसिनसम्ममा १ सय २३ किलोमिटर अध्ययन भएको छ । ती स्थानमध्ये कतिपय स्थानमा पर्यटन तथा मनोरञ्जनका लागि मात्रै बढी सम्भावना देखिएको शर्माले बताए ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...