×

NMB BANK
NIC ASIA

एनआईसी एशिया बैंकको नयाँ शाखा नवलपरासीको गैंडाकोटमा

चैत २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपरासी, २७ चैत– एनआईसी एशिया बैंकको नयाँ शाखा गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोक नवलपरासीमा सञ्चालनमा आएको छ । नवलपरासीस्थित गैंडाकोट शाखाको सोमबार एक समारोहका बीच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल तथा बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले संयुक्तरूपमा विधिवत् उदघाटन गरे ।

Sagarmatha Cement
Muktinath Bank

कार्यक्रमका प्रमुख अतिथि पौडेलले स्थानीय निकायमा बैंकिङ सेवा नपुगेको एवं त्यहाँ बसोबास गर्ने सबै व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारण, कर्मचारीहरू समेतलाई समस्या परिरहेको कुरालाई एनआईसी एशिया बै‌कले अवलम्बन गरेको भन्दै शाखा विस्तारको रणनीतिले सबैमा खुशी छाएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले बैंकले आमसर्वसाधारणको वृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ सेवा एवं सुविधाहरू प्रदान गर्दै आइरहेको एवं राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रूपमा स्थापित भएको दाबी गरे । बैंकले विभिन्न ग्राहकमुखी योजनाहरू पस्केर ग्राहकलाई लाभान्वित बनाइरहेको भन्दै उनले भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए ।


Advertisment
Nabil box
Kumari

मुलुकभर १९२ शाखा, १९५ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्ने एनआईसी एशिया मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ  ।

Vianet communication
Laxmi Bank

बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा बढी पुगेको छ भने कुल कर्जा करिब रू १०७ अर्ब र कुल निक्षेप करीब रू १३१ अर्ब पुगिसकेको छ । यससँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारका हिसाबले निजी लगानीमा स्थापित बैंकहरू मध्ये पनि यो बैंक अग्रणी स्थानमा रहेको छ ।

साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका कायममुकायम कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x