×

NMB BANK
NIC ASIA

वर्ष समीक्षा : चर्चित व्यक्ति जसलाई २०७४ मा देशले गुमायो

चैत २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ चैत- विक्रम संवतको नयाँ पात्रो फेरिन अब केही घण्टा मात्र बाँकी छ । शनिवार विक्रम संवत २०७५ शुरु हुँदैछ ।

Muktinath Bank

बिदा हुँदै गरेको वर्ष २०७४ लाई फर्किएर हेर्दा यसवर्ष देशले केही चर्चित व्यक्तिलाई गुमाउन पुग्यो । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको १६ चैतमा निधन भयो । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । मिर्गौलासम्बन्धी रोगबाट पीडित खड्कालाई फागुन पहिलो साता थप उपचारका लागि भन्दै दिल्ली लगिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ गते भएको युएस–बाङ्ला एयरको विमान दुर्घटनामा निधन भयो । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थापा ब्रेन ट्युमरको उपचारमा विशेष दख्खल राख्दथे ।


Advertisment
Nabil box
Kumari

बाजुराको कोल्टीमा जेठ १६ गते भएको सेनाको विमान दुर्घटना महासेनानी कैलाश गुरुङको निधन भयो । गुरुङ नेपाली सेनाको एक कुशल पाइलट थिए । भोजपुर जिल्लाको छिनामखु गाविस–४ मा २०२७ सालमा जन्मिएका उनी गीतकार/गायक तथा समाजसेवी थिए ।

Vianet communication
Laxmi Bank

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको मंसिर ३ गते काठमाडौंमा निधन भयो । हृदयघात भएपछि अस्पताल लगिएका प्रकाशलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै चर्चित जनवावदी गायक एवम् माओवादी पूर्वसांसद खुसीराम पाख्रिनको मंसिर ५ मा निधन भयो । 

पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको ९० वर्षको उमेरमा कात्तिक २५ मा निधन भयो । वि.सं. २०२५, २०२८, २०३४ मा गरी विष्ट तीनपटक नेपालको प्रधानमन्त्री बनेका थिए । विष्ट पछिल्लो समय ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि २०६१ सालमा मन्त्रिपरिषद् उपाध्यक्ष भएका थिए । 

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द शर्माको चैत १ गते निधन भयो । त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशकसमेत रहेका मुटु शल्यचिकित्सक शर्माको ७५ वर्षको उमेरमा निधन भएको हो ।  

असार २५ गते स्वामी डा. रामानन्द गिरीको ७१ वर्षको उमेरमा निधन भयो । धादिङमा जन्मिएका गिरी धार्मिक क्षेत्र देवघाटमा रहेको महेश सन्यास आश्रम र विद्यापीठका संस्थापक थिए । उनले राजा जनकको दर्शन विषयमा त्रिविबाट विद्यावारिधि गरेका थिए भने भारतको वनारस बाल ब्रह्मचारीबाट सन्यास शिक्षा लिएका थिए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको असोज २३ मा गोली हानी हत्या भयो । राजधानीको मुटु बानेश्वरस्थित शन्तिनगर क्षेत्रमा उनीमाथि गोली प्रहार भएको हो । गोली लागेसँगै निजामति अस्पताल पुर्‍याइएका गौचनको चिकित्सकले गोली निकालेसँगै निधन भएको थियो ।

मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, पिरती आफै हुँदोरहेछ लगायतका दर्जनौं अजर गीतकी श्रष्टा कुसुम गजमेरको जेठ १८ गते निधन भयो । वरिष्ठ संगीतकार रञ्जित गजमेरकी धर्मपत्नी कुसुमको ७२ वर्षको उमेरमा निधन भएको हो ।

साहित्यकार मनु ब्राजाकीको माघ १९ गते ७५ वर्षको उमेरमा निधन भयो । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

निजी तथा व्यवसायिक विद्यालय संगठन प्याब्सनका पूर्वअध्यक्ष शिक्षाविद् डा. बाबुराम पोखरेलको पुस २३ गते निधन भयो । भीएस निकेतनका संस्थापक पोखरेलको झम्सीखेलस्थित निवासमा निधन भएको हो ।

गायक तथा संगीतकार पन्नाकाजी शाक्यको माघ १२ मा ८५ वर्षको उमेरमा निधन भयो । वि.सं. १९८८ पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मेका पन्नाकाजीले २००८ सालमा पहिलोपटक रेडियो नेपालमा गीत गाएका थिए । ठाडोभाकाका अभियन्ता दीर्घराज अधिकारी अर्थात् ‘भेडीखर्के साइँला’को पनि भदौ २७ मा निधन भयो ।

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको असोज १३ असोज गते ६८ वर्षको उमेरमा निधन भयो । उनले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ चर्चित गीत गाएका थिए ।

 ‘सल्लाई हो जोवन कल्लाई हो’, ‘ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्’ जस्ता कालजयी गीतकी गायिका कमला श्रेष्ठको चैत ५ गते निधन भयो । २०२५ सालदेखि रेडियो नेपालमा गायिकाका रुपमा काम गरेकी कमला श्रेष्ठले दुई सय भन्दा धेरै गीत गाएकी थिइन् ।

वरिष्ठ वामपन्थी नेता एवं २०१५ सालको संसद सदस्य कमलराज रेग्मीको ९१ वर्षको उमेरमा चैत्र २२ गते निधन भयो । यस्तै पूराना कम्युनिष्ट नेता एवम् नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य जागृतप्रसाद भेटवालको चैत २१ मा निधन भयो ।

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुगेका ८६ वर्षीय मीनबहादुर शेरचनको वैशाख २३ मा निधन भयो । विश्व शान्ति र पृथ्वीको रक्षाका लागि अभियान चलाउने बताउँदै आएका शेरचनको सन् २०१३ र २०१५ मा सगरमाथा आरोहण योजना असफल भएको थियो ।

कांग्रेस नेता रामहरि जोशीको उपचारको क्रममा असार २९ गते ९२ वर्षको उमेरमा निधन भयो । २००७ सालदेखि नै कांग्रेसमा सक्रिय जोशी गान्धीवादी नेताको रूपमा परिचित थिए । चैत ८ मा नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाका भाइ विजयकुमार कोइरालाको ७४ वर्षको उमेरमा निधन भयो ।

यो पनि

ब्रिटिस वैज्ञानिक प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको फागुन ३० मा निधन भयो । ७६ वर्षका हकिङ सुप्रसिद्ध भौतिशास्त्री थिए । उनले सन् १९८८ मा खेलेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ संसारमै धेरै बिक्री हुने पुस्तकमा परेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x