फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
काठमाडौं, २९ चैत- विक्रम संवतको नयाँ पात्रो फेरिन अब केही घण्टा मात्र बाँकी छ । शनिवार विक्रम संवत २०७५ शुरु हुँदैछ । बिदा हुँदै गरेको वर्ष २०७४ मा देशमा केही बिर्सनलायक घटना भए । केही दैवी प्रकोपका कारण र केही दुर्घटनाका कारण ।
विमान दुर्घटना
२०७४ सालको सबैभन्दा बिर्सनलायक घटना फागुन २८ गते काठमाडौंको त्रिभुवन विमानस्थलमा भएको युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हो । दुर्घटनामा चालक दलका ४ सहित विमानमा सवार ५१ जनाको निधन भयो । ६७ जना यात्रु रहेको विमानबाट १७ जनाको जीवितै उद्धार गरिएको भए पनि दुई जनाको उपचारका क्रममा निधन भएको थियो ।
विमानमा बंगलादेशमा एमबीबीएस पढ्दै गरेका विद्यार्थी थिए । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली आकाश र विमानस्थलबारे नकारात्मक सन्देश गयो । युएस बंगलाले काठमाडौं उडान स्थगित गर्यो ।
गएको जेठ १७ गते नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना भयो । सुर्खेतबाट हुम्लास्थित सिमकोटका लागि उडेको नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भयो । विमानकी सहचालिका र स्टेवार्ड घाइते भए ।
सोलुखुम्बुको लुक्ला विमानस्थलमा जेठ १३ गते गोमा एयरको कार्गो विमान दुर्घटना विमानका चालकको निधन भयो । चालका पारस राईको उपचारका क्रममा निधन भएको हो । दुर्घटनामा सहचालक श्रीजन मानन्धर र परिचारिका प्रज्ञा महर्जन घाइते भए ।
ठूला बस दुर्घटना
सप्तरीबाट काठमाडौं आउँदै गरेको बस कात्तिक ११ गते धादिङको गजुरी गाउँपालिका– ५ स्थित त्रिशूली नदीमा खस्दा ३० जनाको मृत्यु भयो । दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँच जनाको निधन भयो । दीपावली र छठ पर्व सम्पन्न गरी काठमाडौं हिँडेका सञ्जितकुमार झासहित परिवारका पाँचजनाको मृत्यु भएको थियो ।
कालिकोटको जितेबाट कञ्चनपुरको महेन्द्रतगरतार्फ जाँदै गरेको बस असार १ गते दैलेखको आठबीस नगरपालिका–४ भेलतडास्थित नैनदेवल मन्दिर नजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो । ना४ख २९९८ नम्बरको बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका थिए ।
काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बस भदौ २४ मा शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा सात जनाको मृत्यु भयो ।
आगलागी
गएको असार ४ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बीपी चोकस्थित गाई फार्ममा आगलागी हुँदा ४६ गाई जलेर मरे । स्थानीय बाबुराम कार्कीले सञ्चालन गरेको ओम कृषि फार्ममा रहेका १ सय २२ गाईमध्ये केही जलेर घाइते भए ।
असोज १५ गते काठमाडौंको बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा भएको भीषण आगलागीमा ४० घर नष्ट भए । मानबहादुर विकको घरमा दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करीब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए ।
गएको पुस ५ गते वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भयो । वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको उद्योगको आगलागी नियन्त्रणका लागि सेना र सशस्त्र प्रहरीलाई हम्मेहम्मे पर्यो ।
बाढीपहिरो
देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानका कारण १ सय ११ जनाको मृत्यु भयो । बाढीका कारणमध्य तराईका जिल्ला अस्तव्यस्त बने । दशौंहजार घरहरू डुबानमा परे र तराईमा भयाभह स्थिति सिर्जना भयो ।
जीप दुर्घटना
गएको पुस ३० गते संखुवासभामा जीप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्षसहित पाँच जनाको मृत्यु भयो । संखुवासभाको मकालु– ३ समाटार भन्ने स्थानमा जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालको निधन भयो ।
माघ २७ गते पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोलाङबाट त्रिशूली नदीमा जीप खस्दा नेपाल सरकारका बहालवाला सचिव रामानन्दप्रसाद यादवको मृत्यु भयो ।
गएको असोज १० गते काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ शिखरआमबोटेमा बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । बनेपाबाट डाँडापारी गोकुले जाँदै गरेको बा १४ च ९५५६ नम्बरको बोलेरो दुर्घटनामा ५ जना महिला र १ जना पुरुषको मृत्यु भयो ।
यी त प्रतिनिधिमूलक घटना हुन्, वर्षभरीमा दर्जनौँ सानाठूला दुर्घटना भए ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...