×

NMB BANK
NIC ASIA

यी हुन् लामखुट्टेको टोकाइबाट लाग्ने रोग

चैत ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३० चैत– विशेषगरी तराईमा गर्मीयामसँगसँगै लामखुट्टेको हैरानी पनि शुरु हुन्छ । वरपर लामखुट्टेको आवाज सुनेमा मानिस इरिटेड हुन थाल्छन् । 

Sagarmatha Cement
Muktinath Bank

यसको टोकाइले पनि मानिसलाई पीडा दिने गर्छ । लामखुट्टेको टोकाइले पीडा मात्र नभएर खतरनाक रोग पनि लाग्ने गर्छ । यसको टोकाइ खतरनाक हुनुको कारण हो, ब्याक्टेरिया, भाइरस र प्यारासाइट्स, जसले मनिसलाई बिरामी बनाउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व स्वास्थ्य संगठनका अनुसार लामखुट्टेकै टोकाइबाट संसारमा प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गर्छ । यसरी मृत्यु हुनेमा अधिकांश मलेरियाबाट ग्रसित हुन्छन् । मलेरिया माात्र नभएर लामखुट्टेको टोकाइले अन्य पनि खतरनाक रोग जन्माउँछ । 


Advertisment
Nabil box
Kumari

यी हुन् लामखुट्टेको टोकाइबाट लाग्ने रोग 

Vianet communication
Laxmi Bank

१. मलेरिया

प्यारासाइट प्लासमोडियमको कारण मलेरिया लाग्ने गर्छ । संक्रमित एनोफेलिज लामखुट्टेले टोकेपछि मलेरिया फैलने गर्छ । यो समस्याले पहिला कलेजोमा प्रभाव पार्न थाल्छ । प्यारासाइट्सले बिस्तारै कलेजोको आकार बढाउँदै लैजान्छ र राता रक्तकोषिकामा प्रभावित पार्छ । टाउको दुख्ने, बान्ता हुने यस रोगका विशेष लक्षण हुन् । समयमै उपचार गर्न नसकेमा मलेरियाले ज्यानै लिने गर्छ ।

२. डेंगु फिभर

डेंगु भाइरस एडिज इजिप्टी प्रजातिको लामखुट्टेबाट फैलने गर्छ । केही हदसम्म ए–अल्बोपिक्टसका माध्यमबाट पनि लाग्ने गर्छ । डेंगु फिभरले उच्च ज्वरो, टाउको मांसपेशी र हाडमा दुख्ने गर्छ । कहिलेकाहीँ नाक र मुखबाट हल्का रगत बग्न पनि सक्छ । यो रोग लागेपछि मानिसलाई यति साह्रो पीडा हुन्छ कि दुखाइले हड्डी नै खिइने गर्छ ।

३. चिकनगुनिया

चिकनगुनिया पनि लामखुट्टेको टोकाइबाट फैलने रोग हो । यसले शरीरका सम्पूर्ण जोर्नीमा प्रभाव पार्ने गर्छ, जसले स्वास्थ्यलाई निकै हानि गर्छ । बिरामी एडिज एजिप्टी र एडिज अबलेपिक्टसजस्ता भाइरस संक्रमित लामखुट्टेको टोकाइबाट चिकनगुनिया लाग्ने गर्छ । यसले जोर्नी, मांसपेशी र टाउको दुखाउने गर्छ । यसको विशेष उपचार भने छैन । यसको लक्षणबाट टाढा हुन र आरामका लागि झोलिलो पदार्थ सेवन गर्नुपर्ने हुन्छ ।

४. जिका फिभर

एडिज प्रजातिको लामखुट्टेले टोकेपछि जिका फिभरको समस्या हुने गर्छ । यसका लक्षण भने सामान्य हुन्छ । यसको संक्रमणबाट ज्वाइन्ट मसल्स पेनको समस्या हुन्छ । यसको कारण हाड पनि दुख्न सक्छ ।

५. लिम्फेटिक फिलेरियासिस

लिम्फेटिक फिलेरियासिस बुक्विरिया बेनक्राफी, ब्रुइया मलयी, ब्रुइया टिमोरीजस्ता परजीविका कारण लाग्ने गर्छ । जुन सबै प्रजातिका लामखुट्टेको टोकाइबाट मानिसमा फैलने गर्छ । यसले लिम्फेटिक सिस्टममा असर पार्छ । यसको कारण सुन्निने समस्या पनि हुन्छ । लिम्फेटिक ड्यामेजका कारण लगातार यस्तो संक्रमण भइरहन्छ ।

६. जापानी इन्सेफ्लाइटिस

जापानी इन्सेफ्लाइटिस एक प्रकारको भाइरस हो । जुन लामखुट्टेको टोकाइबाट फैलने गर्छ । यसको कारण मस्तिष्क सुन्निन थाल्छ । यसले केन्द्रीय तन्त्रमा असर पार्छ । र, गम्भीर जटिलता उत्पन्न गराउँछ । यसले लामो समय मस्तिष्क पक्षघातको समस्या गराउँछ र मानिसको मृत्यु हुन्छ । इन्सेफ्लाइटिस भाइरस संक्रमित लामखुट्टेले टोकेपछि जापानी इन्सेफ्लाइटिस हुने गर्छ ।

नयाँ पत्रिकाबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x