×

NMB BANK
NIC ASIA

सोत्तरबाट मोहर बनाउँदै मुसहर महिला

चैत ३०, २०७४

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

बर्दिवास, ३० चैत- महोत्तरी जिल्लाका वन क्षेत्रमा अहिले पतिङ्गर सोहोर्नेको चहलपहल निकै बढेको छ । पूर्वपश्चिम राजमार्गको दायाँबायाँका सामुदायिक वन र सागरनाथ वन विकास परियोजनामा अहिले पातपतिङ्गर सोहोर्नेको चहलपहल निकै बढेको हो । 

जिल्लाको बर्दिवास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने वन क्षेत्रमा टाढाटाढाबाट पतिङ्गर सोहोर्न पुग्नेमा मुसहर जातिका दलित समुदायका महिला बढी देखिएका छन् । जिल्लाका औरही र भङ्गाहा नगरपालिकाका मुसहर महिला १५/२० किलोमिटर छिचोलेर पतिङ्गर सोहोर्न अहिले वन क्षेत्रमा व्यस्त देखिएका हुन् । 

पछिल्ला केही वर्षयता परवल र ओल खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल बढ्दै गएपछि मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत बनेको छ । ओल र परवल रोपेपछि माटोको चिस्यान बचाइराख्न पतिङ्गरले छोप्ने गरिएकाले जिल्लामा पतिङ्गर आम्दानीको स्रोत बनेको यो काममा लागेका मुसहर महिला बताउँछन् ।

Muktinath Bank

“जंगलके गिरल पत्ता समेट्क एक ठाम करैछि,” (वनमा पतिङ्गर सोहोरेर एक ठाउँ जम्मा गर्छौं) पतिङ्गर सोहोर्न बर्दिवास–८ हाथीलेटको सागरनाथ वन विकास परियोजनाको प्लटमा पुगेकी भङ्गाहा–४ रामनगरका जितो सादा मुसहरले भन्नुभयो, “खेती करवालासब् अही ठाम आ’क ललेइछै” (किसानले यहीँ आएर लिने गर्छन्) । सोहोरेर थुपारिएको पतिङ्गरबाट राम्रै रकम पाउने गरिएको मुसहर महिला बताउँछन् । 

मुसहरका लागि पतिङ्गर थप आम्दानीको स्रोत र आफ्नै घरमा खाना पकाउने इन्धन हुने गरेको छ । शुरुका केही दिन थुपारिएको पतिङ्गर बेचिएपछि घर फर्कने बेलामा इन्धनका लागि घर पनि लाने गरिएको गौशाला नगरपालिकाको लक्ष्मीनियाँस्थित परियोजनाको प्लटमा पतिङ्गर सोहोरिरहेका औरही नगरपालिकाको टिम्किया बस्तीका पारो सादाले बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले खेतीपातीमा धमाधम बेला नभएकाले मुसहर महिलाका लागि फुर्सदको उपयोग गर्दै केही आर्जन गर्न वनजंगलमा पतिङ्गर सोहोर्नु खास अवसर भएको छ । अहिले पातपतिङ्गर सोहोरेर भएको आर्जनले घरगुजारा चलाएर दैनिकजसो एक÷दुई सय रुपैयाँ जोगिने गरेको भङ्गाहा–२ बखरीटोलका मङ्गली सादा बताउनुहुन्छ ।


Advertisment
Nabil box
Kumari

“हजुर, अखैन गिरत सब्के खेतमे कोनो काम नइ अई,” (हजुर अहिले मालिकका खेतमा कुनै काम छैन) बर्दिवास–५ को माईस्थान वन क्षेत्रमा पतिङ्गर सोहोरिरहेका बर्दिवास–९ पशुपतिनगरका इजोतिया सादाले भन्नुभयो, “तही स दु चार ढौवाके जोगारमे लागल छि (त्यसैले दुई/चार पैसा आर्जन हुने काममा छौँ) ।” 

जिल्लाको भङ्गाहा नगरपालिकाका सकरी, बनरा, रामनगर, टिकुलिया, भीमगढ, हतिसर्वा, सिङग्याही, धर्मपुर, हरिहरपुर हरिनमरी र औरही नगरपालिकाको सोनामाई, टिम्किया, चेप्कोट, भोइल सहितका बस्तीबाट आएका दलित महिला अहिले जिल्लाको उत्तरी क्षेत्रस्थित वन क्षेत्रमा पतिङ्गर सोहोर्न व्यस्त देखिएका छन् ।

Vianet communication
Laxmi Bank

माघदेखि चैतसम्म वनका रूखका पुराना पात झर्ने र यसबीच हुने वर्षाले वनभरि असरल्ल फिजिएका पतिङ्गर सोहोर्न सजिलो हुने मुसहर महिलाको भनाइ छ । अहिले पछिल्लो एक सातायता दैनिकजसो १००÷१५० को हाराहारीमा मुसहर महिला वनमा पतिङ्गर सोहोरिरहेका भेटिने गरेका बर्दिवास–४ माईस्थान भब्सीका राजनीतिक, सामाजिक कार्यकर्ता शुभनारायण साहले बताउनुभयो । 

मुसहर महिलाले सोहोरेका पतिङ्गरले आपूmहरुलाई निकै सजिलो भएको परवल र ओल खेती गर्ने किसान बताउँछन् । पातपतिङ्गर (सोत्तर) सोहोर्न अन्य घरकामले नभ्याएका बेला मुसहर महिलाले थालेका कामले आफूलाई निक्कै सजिलो भएको बर्दिवास–५ का परवल किसान धनबहादुर स्याङ्वाले बताउनुभयो ।

ओल र परवल रोपिएको जग्गा पातपतिङ्गरले छोप्दा चिस्यान रहिरहने भएकाले अहिले यसको बिक्री निक्कै बढेको छ । पतिङ्गरको किनबेच हुन थालेपछि अहिले यो काम राम्रो रोजगारी बनेको उद्यमीको भनाइ छ । दलित महिलाले फुर्सदको समय उपयोग गर्दै थालेका काममा अन्य समुदायले समेत चासो बढाउन थालेका बर्दिवास उद्योग वाणिज्य संघका सचिव ज्ञानबहादुर बस्नेत बताउनुहुन्छ । 

वन क्षेत्रमा पतिङ्गर सोहोर्नेको चहलपहलले वन्यजन्तु र चराचुरुङ्गी भने भाग्न थालेका छन् । धूमपान (बिँडी, चुरोट) गर्ने लतका महिलाले राम्ररी ननिभाइएको बिँडी चुरोटको ठुटा र सलाईको काँटीले वनमा आगलागीका घटना भने बढाएको वन हेरालुको गुनासो छ ।

यता पतिङ्गर सोहोर्न वन क्षेत्र पुगेका महिलाले भने वन क्षेत्रसँगै जोडिएका बस्तीका बासिन्दाले डढेलो लगाइदिँदा पतिङ्गर खोज्न भौँतारिनु परेको गुनासो गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x