एनआई सी एशिया लघुवित्तको अध्यक्षमा अर्जुनराज खनिया

चैत ३०, २०७४

काठमाडौं, ३० चैत- एनआई सी एशिया बैंक लिमिटेडले आफ्नोे स्वामित्वमा रहेको सहायक कम्पनी एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ सञ्चाकलहरु मनोनित गरेको छ । नयाँ सञ्चालक समितिमा अर्जुनराज खनिया सञ्चालक समितिको अध्यक्षमा मनोनित भएका छन् । मनोनित भएपछि अध्यक्ष खनियाले नेपालराष्ट्र बैंक, बैंक तथावित्तीय संस्था नियमन विभाग काकार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट पद तथागोपनियताको सपथ लिए । 


भेरी अञ्चलको जाजरकोट खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि गत मंसिर १२ गते देखि सञ्चालनमा आएको लघुवित्त वित्तिय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेज राज तिमिल्सिना र पदम ठकुल्ला रहेका छन् ।
 


ADVERTISEMENT

चैत ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस