सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील्सको भेटघाट कार्यक्रम

काठमाडौं, ३० चैत- सर्वोत्तमसिमेन्ट प्रा.लि र लक्ष्मी स्टील्स प्रा.लि ले बुटवल, सुनवल र भैरहवामा चैत्र २६, २७ र २८ गतेयीठाउँ लाईकेन्द्रित गरी सो क्षेत्रमाभवननिर्माण कार्यमा संलग्नसिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा घर बनाउदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दाभुकम्पप्रतिरोधात्मकहुने रसिमेन्टको प्रयोग प्राविधक रुपमाउपयुक्ततरिकाले कसरी गर्दा सिमेन्टको खपतपनिकमहुन जान्छ भन्ने बारेमाजानकारी गराइएको थियो । उक्त भेलामाबुटवलमा १२५ जना, सुनवलमा २२० जना र भैरहवा १२० जनाजति ठेकेदारहरुको उपस्थिति रहेको थियो । 


अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो र एक मात्रसिमेन्ट उद्योग सर्वोत्तमसिमेन्ट प्रा. लि.ले ग्रिन सर्वाेत्तम ओ.पि.सि र ग्रिनपि.एस.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ ।
 

चैत ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस