×

NMB BANK
NIC ASIA

अपराधका 'पर्याय' राजन मुक्ति : पक्रिने सर्वेन्द्र आईजीपी बनेकै दिन मुक्तिलाई जन्मकैद

चैत ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, ३० चैत- जुन दिन सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकमा नियुक्त भए, त्यही दिन भूमिगत समूहका नाइके राजन मुक्ति उर्फ रञ्जित झालाई धनुषा जिल्ला अदालतले जन्मकैदको सजाय सुनायो ।

Muktinath Bank

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका झा तिनै व्यक्ति हुन्, जसलाई सर्वेन्द्रले भारतको पटनाबाट पक्राउ गरेर ल्याएका थिए । पक्राउ गर्नेले प्रहरीको नेतृत्व सम्झाल्दै गर्दा पक्राउ पर्नेले जन्मकैदको सजाय पाए, यो गज्जबको संयोग पनि रह्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्तव्य ज्यान, अपहरण, हात हतियार तथा खरखजाना मुद्दामा दोषी ठहर गर्दै न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई जन्मकैदको फैसला सुनाएको हो ।


Advertisment
Nabil box
Kumari

बुधबार न्यायाधीश उप्रेतीले सुनाएको फैसलामा २१ फागुन २०६५ मा जनकपुर– १ बस्ने श्रवनकुमार श्रेष्ठलाई अपहरण गरी हत्या, १६ माघ २०६४ मा वीरबहादुर मोक्तानको हत्या र २ भदौ २०६५ मा आफ्नै भूमिगत समूहका कार्यकर्ता सुनिलकुमार झाले चन्दा उठाएर भागबण्डामा अनियमितता गरेको भन्दै हत्या गरेको कसुरमा जन्मकैदको सजाय हुने उल्लेख छ ।

Vianet communication
Laxmi Bank

त्यसैगरी हत्याका लागि प्रयोग गरिएको अवैध हातहतियार तथा खरखजाना मुद्दामा पनि दोषी ठहर गर्दै ४ वर्ष कैद र ७० हजार जरिवाना तोकिएको छ । उनलाई जतिसुकै सजाय तोकिए पनि अधिकतम सजाय जन्मकैद भोगेपछि अन्य सबै मिनाहा हुने न्यायाधीश उप्रेतीले लोकान्तरलाई बताए ।

महत्त्वपूर्ण कुरा के भने राजन मुक्तिको हकमा अहिले अदालतको एउटा मात्र इजलाशमा रहेको चारवटा मुद्दाहमा फैसला भएको छ, जबकि अदालतकै अन्य इजलासमा संगठित अपराधदेखि हत्या, अपहरण, बम विस्फोट, फिरौती, चन्दा, हत्या प्रयास लगायतका थुप्रै मुद्दामा फैसला हुन बाँकी छ ।

राजन मुक्तिमाथि ३१ जघन्य अपराधका अभियोग छन्, एक व्यक्तिमाथि यति अभियोग लागेको धनुषामा पहिलो पटक हो ।

जिल्ला सरकारी वकिल कार्यालय धनुषाका अनुसार जनतान्त्रिक तराई मुक्ति मोर्चाका सुप्रिमो राजन मुक्ति भनिने रञ्जित झालगायत उक्त समूहका ९ जनाविरुद्ध संगठित अपराध अन्तर्गत धनुषा जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ ।

राजन मुक्तिसँगै महोत्तरी साढा २ का मोर्चाका पोलिटव्यूरो सदस्य भाष्कर मुक्ति, सन्तोष भनिने दीपक सिंह, धनुषा लक्कड– ८ पीबीएम कमाण्डर जय मुक्ति भनिने बुलन यादव, महोत्तरी बथनाहा– ४ का एसटीएफ कमाण्डर अजय मुक्ति भनिने दीपककुमार सिंह, बथनाहा–४ का मोर्चाका एसटीएफ कमाण्डर सुरज मुक्ति भनिने दीपेन्द्र ठाकुर, बथनाहा– १ का मोर्चाका एसटीएफ कमाण्डर एवम् सूचना संकलक सञ्जिव झा, भारत सीतामढी जिल्ला सीतामढी टाउन बस्ने मोर्चाका सदस्य तोफेल खान, अशोकजी भनिने अशोक यादव र भारत सितामढी सुरसण्ड बस्ने मोर्चाका सदस्य नितिन तिवारीविरुद्ध दुईवटा संगठित अपराधको मुद्दा चलाइएको छ ।

त्यसैगरी राजन मुक्तिलगायत अन्य अभियुक्तविरुद्ध १० वटा कर्तव्य ज्यान, दुईवटा बम विस्फोट र एक ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा धनुषा जिल्ला अदालतमा छ । जिल्ला प्रशासन कार्यालय धनुषामा १२ वटा हातहतियार तथा खरखजानाको मुद्दा चलाइएको छ ।

मुद्दाको प्रकृति र संवेदनशीलताका कारण राजन मुक्तिलगायत अन्य प्रतिवादीहरूको मुद्दाको सुनुवाई बन्द इजलासमा भएको थियो । अभियोग पत्रको सक्कल फाइल शिलबन्द गरेर अदालतमा बुझाइएको थियो । साक्षीहरूको गोपनियता कायम राख्नका लागि सांकेतिक नाम साथ अभियोग पत्र तयार गरिएको थियो ।

राजन मुक्तिले दिएका प्रेस वक्तव्य, उनको फेसबुक स्टाटस, प्रहरीको प्रतिवेदन, केही साक्षीहरूले आएर गरेको कागज, पहिलेको अपराधिक पृष्ठभूमि, प्रहरीको प्रतिवेदन लगायतलाई आधार बनाएर अभियोग पत्र दायर गरिएको थियो ।

राजन मुक्तिविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषाले हातहतियार तथा खरखजानाको मुद्दामा यसअघि पनि जरिवाना गरिसकेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमको इजलासबाट ६ भदौ २०६९ मा फरार प्रतिवादी राजन मुक्तिको हकमा रु. १ लाख जरिवाना, अर्का प्रजिअ हरिकृष्ण उपाध्यायको इजलासबाट रु. १ लाख जरिवाना, प्रजिअ कमलेश्वरप्रसाद सिन्हाको इजलासबाट रु. ६ हजार जरिवानाको सजाय सुनाइसकिएको छ । त्यसैगरी धनुषा जिल्ला अदालतमा ५ वटा मुद्दा विचाराधीन अवस्थामा छ ।

यसरी पक्राउ परे ‘राजन मुक्ति’

उनलाई २०७० मंसिरमा भारतको पटनाबाट पक्राउ गरिएको थियो । पत्रकार उमा सिंहको हत्यामा संलग्न उमेश यादव कैलालीबाट पक्राउ परेपछि राजनको नजिक पुग्न प्रहरी सफल भएको थियो । उमेशको बयानका आधारमा राजनका सार्प सुटर महोत्तरी बथनाहाका अजय मुक्ति भनिने दीपक सिंह पक्राउ परे । जसले राजनबारे धेरै सूचना प्रहरीलाई दिए ।

तिनै सूचनाको आधारमा २९ कातिक साँझ तत्कालीन नारायणी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (हालका आईजीपी) सर्वेन्द्र खनालको टोली भारतको पटना पुग्यो । भारतीय प्रहरी अधिकारीहरूसँगको समन्वयले राजनलाई पक्राउ गर्न सहयोग पुगेको बताउँदै तत्कालीन एसएसपी खनालले लोकान्तरकर्मीलाई भनेका थिए, ‘पटनाका डीआईजी लगायत अधिकारीहरूसँग अनौपचारिक वार्ता गरेपछि राजनलाई पक्राउ गर्ने योजना बनायौं ।’

मंसिर १ गते दिउँसो नेपाल प्रहरीको टोलीले राजनलाई फोन गरेर पटनाको गान्धी मैदानमा बोलायो । आफ्नै सहयोगीले बोलाएको भन्ने ठानेर उनी निर्धक्कसँग गान्धी मैदान आउँदै थिए, त्यसैक्रममा भारतीय प्रहरीले उनलाई बाटोमै पक्राउ गर्‍यो । त्यो दिन र एकरात थुनामा राखेर उनलाई नेपाल ल्याइयो ।

भारतको मोतीहारीका एसपी विनय कुमार, पटनाको एसटीएफका डीआईजी अमित कुमार, भारतीय इन्टेलिजेन्स व्यूरोका एसपी परेश सक्सेना र पूर्वी तथा पश्चिमी चम्पारणका एसपीले राजनको खोजी गर्न नेपाल प्रहरीलाई सघाएका थिए ।

त्यसअघि प्रहरीले आफ्नो परिवारका सदस्यलाई पक्राउ गरेपछि वार्ताको बहानामा उनीहरूलाई छुटाउन राजन सफल भएका थिए ।

अपराधमा यस्तो शैली

‘फोन रिसिभ करने में आपको दिक्कत होती है, मुझे आपको गोली मारने में कोही दिक्कत नही होगी’, उनले जनकपुरका व्यापारी, कर्मचारी, चिकित्सक लगायतलाई मोबाइलमा एसएमएस गरी चन्दाका लागि यसैगरी धम्की दिन्थे ।

धनुषाको लक्ष्मीपुर बगेवा– ७ का विद्यानन्द झाका छोरा रञ्जित झा उर्फ राजन मुक्तिको नाम सुन्नेवित्तीकै सिंगो तराई थर्कमान हुन्थयो । किनभने अपहरण, हत्या, जग्गा कब्जा, डकैती, चन्दा, धाकधम्कीका लागि माहिर थिए ।

मधेस आन्दोलन हुनुअघि नेपाल सद्भावना पार्टी ‘आनन्दीदेवी’ सम्बद्ध युवा मञ्चका केन्द्रिय सदस्य झा २०६३ माघदेखि सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समूहमा आबद्ध भई धनुषा इञ्चार्जको भूमिकामा पुगेका थिए । त्यसपछि भूमिगत रहेरै उनले अपराधको श्रृंखला बढाउँदै लगे । अपराधकै बलमा उनी केन्द्रीय सदस्य पनि बने ।

२०६५ सालमा आर्थिक हिनामिना गरेको झाले अध्यक्ष ज्वाला सिंह (नागेन्द्र पासवान) पोलिटव्यूरोका बहुमत सदस्यको समर्थनमा कारबाही गरी आफैँ अध्यक्ष बनेको दाबी गरेका थिए ।

अन्य विभिन्न आपराधिक भूमिगत समूहसँग एकता गरेपछि सम्पूर्ण तराई मधेसमा जनमिलिसिया नीति एवम् अत्याधुनिक हतियारले सुसज्जित सैन्य दास्ता परिचालन गर्ने निर्णय गराए । त्यसपछि उनले मधेसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्याम्प वरिपरि कम्तिमा २ सय मिटरभित्र का बस्ती र घरहरू १० दिनभित्र खाली गर्न उर्दीसमेत जारी गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x