×

NMB BANK
NIC ASIA

बुटवल, ३० चैत–  आगामी तीन महिनाका लागि प्रदेश ५ मा एक अर्ब २ करोडको बजेट आएको छ । प्रदेश सरकारले ‘सम्बृद्ध प्रदेश, सुखी जनता’ को नारासहित १ अर्ब २ करोड ५ लाख रूपैयाँको बजेट चालू आर्थिक वर्ष २०७४/०७५ का बाँकी ३ महिनाका लागि ल्याएको हो । 

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा बजेट प्रस्तुत गरे । संघीय सरकारले दिएको अनुदान रकमबाटै बजेट ल्याइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ३६ करोड ६३ लाख ८२ हजार अर्थात कूल विनियोजनको ३५ दशमलव ९० प्रतिशत र पूँजीगततर्फ ३४ करोड ६ लाख ७५ हजार अर्थात कुल विनियोजनको ३३ दशमलव ३९ प्रतिशत विनियोजन गरिएको छ ।


Advertisment
Nabil box
Kumari

बाँकी रकम ३१ करोड ३४ लाख ४३ हजार अर्थात कूल विनियोजनको ३० दशमलव ३९ प्रतिशत अर्थ बजेटमा राखिएको छ । 
उक्त शीर्षकबाट बचत भएको रकम आगामी आर्थिक वर्षको आयमा समावेश गरिने पोखरेलले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

प्रदेश मन्त्रालय, संवैधानिक अंग तथा निकायहरुको स्थापना, भौतिक संरचना निर्माण र संचालन गर्न ५ करोड विनियोजन गरिएको छ । भने प्रदेश सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणका लागि प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना, सार्वजनिक खर्च सम्बन्धी मापदण्ड र खर्च मितव्ययिता सम्बन्धी निर्देशिका तयार गर्न बजेट विनियोजन गरिएको छ ।

बजेटमा पहाड र तराईका जिल्लाका अति पिछडिएका गाँउपालिकाहरुलाई लक्षित गरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा २ करोड विनियोजन गरिएको छ ।  प्रस्तुत बजेट यस आर्थिक वर्षमा तत्काल स्थानहरुको छनोट र कार्यक्रमको प्रारुप तयार गरी आगामी आर्थिक वर्षको शुरुसंगै यो कार्यक्रमको कार्यान्वयन गरिने उल्लेख छ । 

जलविद्युत उत्पादनका लागि छिमेकी प्रदेशसँग सहकार्य गर्ने कार्यको शुरुवात गरिने, प्रदेश भित्रका सम्भाव्य आयोजना पहिचान गरिने, नविकरणीय वैकल्पिक उर्जा उत्पादन प्रर्वद्धन गर्न सरकारी, निजी, गैरसरकारी संस्था तथा सामुदायिक संस्थाहरुसँग सहकार्य गरिने वजेटमा उल्लेख छ । 

मूख्यमन्त्री पोखरेलले प्रदेश सरकार भर्खरै गठन भएको, चालु आर्थिक वर्षको बाँकी अवधि पनि छोटो समय मात्र रहेको र प्रदेश सरकारले चालु आर्थिक वर्षमा अत्यावश्यक खर्च मात्र गर्ने प्रस्ताव गरेकोले समानीकरण अनुदानबाट नै खर्च व्यहोरिने हुँदा आन्तरिक ऋण र अन्य सहायता प्रस्ताव नगरिएको बजेटमा उल्लेख गरे । 
 
यसैगरी घोराही र बुटवल उपमहानगरपालिकामा रंगशाला निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न रकम समेत विनियोजन गरिएको छ । 

वजेटमा लमहीमा अवस्थित क्रिकेट रंगशालाको सुधारका लागि रकम विनियोजन गरिएको छ भने दंगिशरण गाउँपालिकामा दंगिशरण सांस्कृतिक ग्राम तथा पार्क निर्माणका लागि डिपिआर तयार गर्न आवश्यक रकम विनियोजन समेत गरिएको छ । 

यसैगरी शैक्षिक तथा बहुउद्देश्यीय पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न रकमको व्यवस्था गरिएको छ भने शिक्षाको गुणस्तर सुधार गर्न एसइइ परिक्षामा राम्रो नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहन गर्न आवश्यक रकमको समेत बजेट छुट्याइएको छ । 

बजेटमा रुपन्देही र पाल्पा जिल्लाको सीमानामा रहेको सिद्धबाबाको पहिरोको समस्या समाधान गर्न र वैकल्पिक मार्ग तयारको लागि आवश्यक रकम विनियोजन गरिएको छ ।  

त्यसैगरी पहाडी जिल्लाका सदरमुकाम जोडने सडकहरु दुई लेनको कालोपत्रे बनाउने नीति अनुरुप सडकहरुको पहिचान गर्नका साथै प्रत्येक स्थानीय तहका केन्द्रहरुलाई मोटरबाटोले जोडनको लागि हालको पहुँच मार्गको स्थितिबारे अध्ययन गर्नको लागि पनि बजेट व्यवस्था गरिएको मूख्यमन्त्रीको बजेट भाषणमा उल्लेख छ । 

व्यवस्थित सहरीकरण र कृषि योग्य जमिनको संरक्षणको लागि भूमि उपयोग नीतिको कार्यान्वयनका सम्बन्धमा प्रारुप तयार गरी कार्य शुरु गर्न बजेट विनियोजन गरिएको छ भने एकीकृत सहरी विकास गरी आर्थिक कृयाकलापको केन्द्रको रुपमा विकास गर्न विद्यमान उपमहानगरपालिका र नगरपालिकाहरुलाई एकीकृत गरी प्रदेशमा तीनवटा महानगर बनाउने रणनीति बमोजिम सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम विनियोजन गरिएको उल्लेख छ ।  

यस्तै खानेपानीको पहुँच नपुगेको क्षेत्रमा श्रोतको पहिचान गरी आयोजनाहरु छनौटका लागि रकम विनियोजन गरिएको छ भने विद्यमान सिचाईको अवस्था र सम्भाव्यता पहिचान गर्न, संचालनमा रहेका सिचाई आयोजनाहरुको मर्मत सम्भार गर्न र तराईका किसानहरुलाई स्यालो ट्यूववेल जडानमा सहयोग पु¥याउन रकम व्यवस्था गरेको उल्लेख छ ।  

हलिया, कमलहरी, मुक्तकमैया तथा अन्य अव्यवस्थित बसोवासको समस्या समाधान गर्न एकिकृत वस्ती विकासको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट व्यवस्था गरेको मूख्यमन्त्रीले उल्लेख गरे । 
 
प्रदेशस्तरमा पर्यटनका विभिन्न क्षेत्रको संभाव्यता अध्ययन, रामग्राम देखि तिलौराकोटसम्म मोनोरेल संभाव्यता अध्ययन, लुम्बिनी क्षेत्रमा पर्यटकको बसाई अवधि बढाउनका लागि संभाव्यता अध्ययन समेतका लागि साथै जगदिशपुर ताल लगायतका संरक्षण कार्यक्रमका लागि समेत जम्मा २२ लाख विनियोजन गरेको मूख्यमन्त्रीले उल्लेख गरे ।  

त्यसैगरी वनस्पति उद्यान तथा प्राणी उद्यान निर्माणको संभाव्यता अध्ययन र हिल स्टेशनहरुको पहिचान र संभाव्यता अध्ययनका लागि बजेट व्यवस्था गरिएको छ ।

रोल्पा जिल्लाको थवाङ्गमा जनयुद्ध स्मारक तथा संग्रहालय, गुल्मी हरेवामा जीवराज आश्रित संग्रहालय र दाङको धर्नामा नेत्रलाल स्मृति पार्क निर्माणको तयारीको लागि रकम विनियोजन गरिएको बजेटमा उल्लेख छ । 

वजेटमा उद्योगको विकास गर्न औद्योगिक क्षेत्र स्थापनाका लागि स्थान पहिचान गरी सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरिएको छ  भने महामारीका अवस्था सिर्जना भएमा रोकथामका लागि आवश्यक औषधी उपलव्ध गराउन रकमको व्यवस्था गरिएको छ । थारु समुदायमा देखापर्ने सिकलसेल एनिमिया रोग रोकथामको लागि परीक्षण तथा जनचेतना जागृत गर्न रकम विनियोजन गरिएको छ भने प्रदेशस्तरको अस्पताल निर्माण र औषधी उत्पादनको सम्भाव्यता अध्ययनका लागि १० लाख विनियोजन गरेको उल्लेख छ । 

त्यसैगरी प्रदेशलाई एक वर्ष भित्र पूर्ण साक्षर बनाउन बाँकी रहेका दुई जिल्ला कपिलवस्तु र बाँके जिल्ला लक्षित साक्षरता अभियान संचालन गर्न आवश्यक रकम व्यवस्था गरेको वजेटमा उल्लेख छ ।
 
त्यसैगरी प्राकृतिक विपद् न्यूनीकरणको सम्बन्धमा केही प्रारम्भिक कार्य गर्न र विपद् आइहालेको अवस्थामा तत्काल राहत र्पुयाउन विपद् व्यवस्थापन कोषको लागि १ करोड विनियोजन गरिएको छ भने प्रादेशिक सूचना प्रविधि केन्द्र स्थापनाको लागि अध्ययन गर्न २० लाख बजेट व्यवस्था गरिएको छ । प्रदेशसभाको अर्को बैठक बैशाख २ गते बस्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x